Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

डाक्टरकी शिक्षिका श्रीमतीले आखिर कराँची विश्वविद्यालयमा आत्मघाती हमला किन गराइन् ?

पाकिस्तानमा महिला आत्मघाती हमलाकर्ताको इतिहास

खबरडबली संवाददाता

काठमाडौं । कराँची विश्विद्यालयको परिसरमा मंगलबार चिनियाँ भाषा सिकाउने सेन्टर नजिकै एउटा आत्मघाती हमलामा तीन चिनियाँ शिक्षकसहित कम्तीमा चारजनाको मृत्यु र अन्य चारजना घाइते भए । कराँचीको काउन्टर टेरोरिजम डिपार्टमेन्ट (सिटिडी) का इन्चार्ज राजा उमर खत्ताबले मंगलबार भएको बिस्फोट एक आत्मघाती हमला थियो र यसलाई एक महिलाले घटित गराएको जानकारी दिए ।

बलोच चरमपन्थी संगठन, बलोच लिबरेशन आर्मीको मजिद ब्रिगेठले हमलाको जिम्मेवारी लिएको छ । उक्त संस्थाले भनेको छ, ‘संगठनले कुनै महिलालाई आत्मघाती हमलाका लागि पहिलो पटक प्रयोग गरेको हो ।’

कराँची युनिभर्सिटी हमलामा समावेश महिला आत्मघाती हमलाकर्ता को थिइन् ?

प्रतिबन्धित बलोच लिबरेशन आर्मीको तर्फबाट जारी बयान अनुसार कराँची युनिभर्सिटीमा चिनियाँ नागरिकलाई निशाना बनाउने महिला आत्मघाती हमलाकर्ता शारी बलोच उर्फ बरमश थिइन् ।

महिला आत्मघाती हमलाकर्ताबारे उसका आफन्त र परिवारबाट बीबीसीले फोन संवादमार्फत् पाएको जानकारी अनुसार उनी बलूचिस्तानको तुर्बत जिल्लाको नजराबाद इलाकामा बस्थिन् । महिला आत्मघाती हमलाकर्ताले सन् २०१४ मा अल्लामा इकबाल ओपन युनिभर्सिटीबाट बी.एड र सन् २०१५ मा बलूचिस्तान युनिभर्सिटीबाट जुलोजीमा एमएससी गरेकी थिइन् ।

उनकी बलूचिस्तानको तुर्बत जिल्लामा नै एक सरकारी गर्ल्स मिडिल स्कूल कलातकमा शिक्षिकाको रुपमा कार्यरत थिइन् ।

प्रतिबन्धित बलूचिस्तान लिबरेशन आर्मीको तर्फबाट ई–मेमार्फत् बीबीसीलाई दिइएको जानकारी अनुसार महिला आत्मघाती हमलाकर्ताको नाम शारी बलोच उर्फ बरमश थियो र उनका श्रीमान् डाक्टर हेबतान बशिर बलोच एक डेन्टिस्ट हुन् । शारी बलोच दुई सन्तानकी आमा थिइन् । उनका दुई सन्तान करिब पाँच वर्ष पुगे ।

उनका एक आफन्तले बीबीसीसँगको कुराकानीमा शारी बलोचका चार बहिनी र तीन भाइ छन् र ती सबै शिक्षित छन् ।

प्रतिबन्धित बलोच स्टुडेन्ट अर्गनाइजेशन बिएसओका एक सदस्यले बीबीसीसँगको कुराकानीमा शारी बलोच संगठनको तर्फबाट आयोजना गरिने विरोध प्रदर्शनमा स्वयंसेवकको रुपमा भाग लिने गरेको जानकारी दिए । तर उनलाई संगठनले कुनै पद भने दिएको थिएन ।

बलूचिस्तान लिबरेशन आर्मीका अनुसार शारी बलोच पछिल्लो दुई वर्षदेखि उनीहरुको मजिद ब्रिगेडको हिस्सा थिइन् । बलूचिस्तान लिबरेशन आर्मीको दाबी अनुसार मिजद ब्रिगेडमा यतिबेला ठूलो संख्यामा बलोच महिला आत्मघाती समावेश छन् ।

शारी बलोचका आफन्तले दिएको जानकारी अनुसार शारीको परिवारमा कुनै पनि व्यक्ति हराएको वा सुरक्षाकर्मीको हातबाट मृत्यु भएको थिएन त्यसैले उनले कुनै व्यक्तिगत बदला लिनका लागि यस्तो गरेको भन्ने धारणा सही होइन ।

पत्रकार मोहम्मद जुबैरसँग कुरा गर्दै शारीका छिमेकीले भनेका छन्, ‘शारी बलोच निकै शान्त र सुखी जीवनयापन गरिरहेकी थिइन् । त्यसैले यी महिला एक आत्मघाती हमलाकर्ता थिइन् भन्ने कुरा विश्वास गर्न मुश्किल भइरहेको छ ।’

शारी बलोचका आफन्त र स्थानीयका अनुसार उनका परिवारका अन्य सदस्य विभिन्न सरकारी पदमा छन् । जसमा उनका पिता र भाइ पनि समावेश छन् ।

प्रतिबन्धित संगठन बिएलएका अनुसार शारी बलोच ६ महिनाअघि बलूचिस्तानको केच इलाकाबाट कराँची सरेकी थिइन् र डेढ महिनाअघि आफ्नी बहिनीको विवाहमा समावेश हुन केच गएकी थिइन् ।

 पारिवारिक स्रोतले पत्रकार मोहम्मद जुबैरलाई दिएको जानकारी अनुसार शारी बलोच कहिले प्रतिबन्धित संगठन बिएलएमा समावेश भइन् र उनले यस्तो कदम किन उठाइन् भन्ने आफूहरुलाई केही पनि जानकारी छैन । बीबीसीले शारी बलोचका श्रीमानसँग सम्पर्क गर्ने कोसिस गर्दा उनको फोन लगातार बन्द भएको जानकारी दिएको छ ।

स्मरण रहोस्, कराँची युनिभर्सिटीमा भएको आत्मघाती हमलामा आधिकारि रुपमा एक महिला हमलाकर्ताको पहिचान गरिएको छ । यद्यपि, सुरक्षा एजेन्सीको तर्फबाट अहिलेसम्म गरिएको अनुसन्धानमा शारी बलोचको नाम उल्लेख गरिएको छैन ।

 बीबीसीले सबै जानकारी प्रतिबन्धित संगठन बिएलए, शारी बलोचका आफन्त र स्थानीयसँगको कुराकानीपश्चात् बटुलेको हो । यी सबै जानकारीलाई अहिलेसम्म आधिकारिक रुपमा पुष्टि भएको छैन ।

 पाकिस्तानमा महिला आत्मघाती हमलाकर्ताको इतिहासः

यद्यपि, प्रतिबन्धित बलोच लिबरेशन आर्मीको दाबी अनुसार उनीहरुले आत्मघाती हमलाकर्ताको रुपमा पहिलो पटक कुनै महिलालाई प्रयोग गरेका हुन् । तर यस्तो गर्ने यो पहिलो चरमपन्थी संगठन भने होइन । चरमपन्थी समूहले पहिला पनि पाकिस्तानमा आतंकवादी घटना घटित गराउन महिला आत्मघाती हमलाकर्तालाई प्रयोग गरेका छन् ।

आजभन्दा करिब २२ वर्ष अघि सन् २००० मा नोभेम्बर ६ तारिखमा पाकिस्तानको प्रमुख उर्दू पत्रिकामध्ये एक नवा–ए–वक्तको कराँचीस्थित कार्यालयमा एक बम हमला भयो जसलाई कराँची र पाकिस्तानमा भएको पहिलो आत्मघाती हमला बताइन्छ । यो हमला एक महिलाले नै गराएकी थिइन् ।

यो हमलामा कथित हमलाकर्ता महिला र नवा–ए–वक्तका तीन कर्मचारीसहित चार जना मारिएका थिए र दुई कर्मचारीसहित ६ जना घाइते भएका थिए ।

यसैगरी अर्को घटना सन् २००५ मा भएको थियो जब सुरक्षा बलले एक अपरेशनको क्रममा दुई बहिनी, आरिफा बलोच र सबा बलोचलाई चरमपन्थी संगठन लश्कर–ए–झांगवीका लागि आत्घाती हमलाको तालिम लिएको आरोपमा पक्राउ गरेको थियो ।

डिसेम्बर सन् २०१० मा खैबर पख्तूनख्वाको कबायली जिल्ला बाजौड (पहिला बाजौड एजेन्सी) मा एक महिला आत्मघाती हमलाकर्ताले त्यतिबेला हमला गरे जब वर्ल्ड फूड प्रोग्रामअन्तर्गत त्यहाँका स्थानीयलाई खाना खुवाइँदै थियो । यो हमलामा ४३ जनाको मृत्यु भएको थियो र सयभन्दा बढी घाइते भएका थिए ।

सन् २०१० मा एक १२ वर्षीया अफगान शरणार्थी मिना गुलले तालिबानको तर्फबाट उनलाई आत्मघाती हमला गर्ने तालिम दिएको स्वीकार गरेकी थिइन् । उनले पाकिस्तानको कबायली इलाकामा किशोरीहरुलाई आत्मघाती हमलाको तालिम दिनका लागि यस्ता थुप्रै  सेल भएको जानकारी पनि दिएकी थिइन् ।

पाकिस्तानमा एक महिलाले सन् २०११ जून २५ तारिखमा आत्मघाती हमला गरेकी थिइन् ।

जमात–ए–इस्लामीका पूर्व प्रमुख काजी हुसैन अहमदमाथि सन् २०१२ मा मोमंद एजेन्सीमाथि एक आत्मघाती हमला गरेको थियो जसमा हमलाकर्ता एक महिला थिइन् । यो हमलामा काजी हुसैन अहमद बाँच्न सफल भएका थिए । यो हमलाको जिम्मेवारी तहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले लिएको थियो ।

जून २०१३ मा एक महिला हमलाकर्ताले क्वेटामा सरदार बहादुर खान युनिभर्सिटीको बसलाई निशाना बनाइन् जसमा महिलासहित २५ जनाको मृत्यु भएको थियो । चरमपन्थी संगठन लश्कर–ए–झांगवीले यो हमलाको जिम्मेवारी लिएको थियो ।

साउथ एशियन टेररिजम पोर्टलका अनुसार सन् २००२ देखि २०१७ का बीच पाकिस्तानमा ४६० आत्मघाती हमला भए जसमध्ये ६ वटा महिला हमलाकर्ताले गराए ।

यसबाहेक जब तथाकथित इस्लामिक स्टेट आतंकवादी समूहले सिरियामा एक इस्लामिक राज्यको स्थापनाको दाबी गर्यो तब पाकिस्तानबाट पनि केही महिला कथित रुपमा यसको हिस्सा बन्नका लागि सिरिया गएका थिए । बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: