Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कांग्रेस तनहुँका निवर्तमान सचिवसहित पाँच जनाले दिए राजीनामा

खबरडबली संवाददाता

तनहुँ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका निवर्तमान सचिव विश्व बाँस्तोलासहित पाँच जनाले मङ्गलबार पार्टीबाट राजीनामा दिएका छन् । पार्टीबाट रुष्ट भएकाले पत्रकार सम्मेलनपश्चात पार्टी सभापति जीतप्रकाश आलेसमक्ष उनीहरुले राजीनामा दिएका हुन् । 

पत्रकार सम्मेलनमा कांग्रेस निवर्तमान सचिव बाँस्तोलाले पार्टीभन्दा पनि नेताको प्रवृत्तिले कार्यकर्ताहरु रुष्ट बनेपछि राजीनामा दिएको बताए । दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसक्नुभएका बाँस्तोलाले पार्टीभित्र दास प्रवृत्ति मौलाउँदै गएपछि पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिएको हो । 

“पार्टीभित्र देखिएका कमीकमजोरी औँल्याउँदा उल्टै दुश्मनको व्यवहार सहनुपरेकाले राजीनामा दिने योजना बनाएका हौँ”, उनले भने, “पुनः पार्टीमा फर्किने भन्ने योजना भने रहेको छैन ।” पार्टीभित्र गुट उपगुट मौलाउँदै गएको अवस्थामा त्यसलाई चिर्दै अघि बढ्नुपर्छ भनेर सक्रिय भूमिका खेल्दै आए पनि पार्टीभित्र त्यो सह्य नभएको उनले बताए। 

कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराईले पार्टीलाई कमजोर बनाउँदै गएकाले टुलुटुलु हेरेर बस्नुभन्दा स्वतन्त्र जीवन बिताउन चाहेकाले राजीनामा दिएको बताए। उनले शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेद्वारी दिएको पनि सो अवसरमा बताए। 

कांग्रेस व्यासनगर समितिका निवर्तमान सचिव चूडामणि दाहालले बिपीको सिद्धान्तअनुरूप पार्टी नचलेको र आफ्ना केही आसेपासेलाई मात्रै काखी च्याप्ने प्रवृत्ति बढेकाले स्वतन्त्र भएर बस्ने इच्छाअनुरूप राजीनामा दिइएको बताए । व्यास नगरपालिका–३ का पूर्ववडासभापति बाबुराम बगालेले आफूले पार्टीबाट राजीनामा नदिए पनि रुष्ट रहेको बताए । पार्टीभित्र धेरै पटक सुझाव राखे पनि बेवास्ता गरिएकाले असन्तुष्ट भएको उनले बताए।

शुक्लागण्डकी नगरपालिकाका नगरसचिव दीपेन्द्र पौडेलले पार्टीमा कुसंस्कारबाट घुसेकोले सहन नसकी स्वतन्त्र उम्मेदवारका रूपमा शुक्ला–१ बाट उम्मेदवारी दिएको बताए। सो अवसरमा दीर्घबहादुर थापाले पनि राजीनामा दिएर व्यासनगर–२ बाट वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरिसकेका छन्

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending