भैरहवा । बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ ।
उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ । त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
त्यसपछि साताको तीन दिन ९सोमबार, बुधबार र शुक्रबार० नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढाइसकेको र आफ्नो ट्राभलले यताबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयले जानकारी दिए। पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले उडान भर्छन् ।
एउटा मात्र रनवेले कारण ट्राफिक जाम हुनेगरेकाले जाम व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए । उनका अनुसार जजिराको उडान हुने खबरले व्यवसायी उत्साहित देखिएका छन् ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सानाठूला गरी दैनिक पाँच अन्तर्राष्ट्रिय उडान एकैचोटी भर्नसक्ने तीन हजार ५०० मिटर लामो धावनमार्ग भएकाले उडान अवतरणमा सहज हुने अपेक्षा लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीपकुमार अधिकारीले बताए। उनले भने, “धावनमार्ग लामो र साना ठूला गरी दैनिक पाँच वटा अन्तर्राष्ट्रिय उडान भर्न सकिने भएकाले यहाँ सहज हुने छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि चाँडो पहल गर्न निर्देशन दिनु भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि नयाँ निर्माण गरिएको उक्त विमानस्थल विधिवत्रुपमा सञ्चालन गरेको थियो । उक्त विमानस्थलमा अब ठूला जहाजले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गरे यहाँ पर्यटक भित्रिन सक्ने भन्दै स्थानीयमा खुसियाली छाएको बताइएको छ ।
उक्त विमानस्थल सञ्चालन भएसँगै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक पनि घट्ने अनुमान गरिएको छ । उक्त विमानस्थल सञ्चालन भएसँगै अब अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: