Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जनता अग्रगमनकारी शक्तिका पक्षमा छन्ः नेता खतिवडा

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा अग्रगमनकारी शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन् । 

समाजवादी प्रेस सङ्गठन नेपालको उपत्यकास्तरीय प्रचार भेलामा उनले भने, “मुलुकमा प्रतिगमन शक्तिले असंवैधानिक गतिविधि गरेकाले अग्रगमनकारी शक्तिलाई विजयी गराउन सक्नुपर्छ ।”  

नेता खतिवडाले समाजवादी र नवउदारवादीको एकता र सहकार्यबाट संविधानको रक्षा गर्दै प्रतिगमनविरुद्ध गठबन्धन बनाएकाले आसन्न निर्वाचनमा साझा उम्मेदवारले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

पार्टीको प्रचार विभाग प्रमुखसमेत रहनुभएका उपमहासचिव खतिवडाले देशमा समाजवादी आन्दोलन अगाडि बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए । 

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले प्रतिगमनविरुद्धको आन्दोलनबाट उक्त सङ्गठन उदय भएकाले यसले संविधानको रक्षाका लागि क्रियाशील भई पाँच दलीय गठबन्धनका नीति तथा कार्यक्रलाई जनतामाझ पु¥याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सङ्गठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले स्थानीय तहको निर्वाचनमा गठबन्धनका साँझा उम्मेदवारका विचारलाई मतदातासम्म लगेर अग्रगमनका पक्षमा जनमत बनाउनुपर्नेमा जोड दिए।

सङ्गठनका उपाध्यक्ष एवं उपत्यका प्रदेश इन्चार्ज सन्तराम बिँडारीले निर्धारित समयमा चुनाव सम्पन्न भएपछि प्रतिगमनहरु किनारा लाग्ने हुँदा अब सङ्गठनमा आबद्ध पत्रकारलाई त्यसतर्फ केन्द्रित हुन आग्रह गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: