Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

मौरीपालन व्यवसाय: महमा भन्दा घारमा नाफा

खबरडबली संवाददाता

गलकोट । बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन्  । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन्  ।

म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आएका खत्रीले विसं २०७२ बाट मौरीपालन गर्न थालेका छन् । सन् २००२ मा इलेक्ट्रोनिक्स कामका लागि दुबई गएका खत्री दुई वर्षमै नेपाल आए । पुनः मलेसिया जानुभएका खत्री सन् २००९ मा मलेसियाबाट फर्कीए । मलेसियाबाट फर्केपछि खत्रीको आफ्नै घरको पाखो बारीमा सुन्तला खेती गर्ने सोच पलायो । वैदेशिक रोजगारीमा राम्रो नभएपछि खत्री सुन्तला र पछि मौरीपालनमा आकर्षित भएको बताए । उनको   १० रोपनी जग्गामा रहेका २०० सुन्तलाका बोटले आम्दानी दिइराखेका छन् ।  

उहाँले यस वर्षमात्रै रु छ लाख सुन्तला बेचेरै भित्र्याका थिए  । सुन्तलामा मनग्य आम्दानी देखेका उनले  घर नजिकैको १० रोपनी बाँझो जग्गा भाडामा लिएर अहिले २०० सुन्तलाका नयाँ बिरुवा लगाएका छन् । खत्रीको घर बागलुङ नगरपालिका–४ रमेटारमा समेत छ । रमेटारमा मौरी र सुर्केमेलामा सुन्तला खेती विस्तारमा उनको ध्यान छ । 

स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका खत्रीले दुई वर्षदेखि मौरीपालनको क्षेत्र बागलुङलाई रोजेका छन् । उनले  मौरीको महभन्दा मौरीसँगैको घार बिक्रीबाट मनग्य आम्दानी गर्दै आउका छन् ।  खत्रीले गत वर्षमात्रै ११० मौरीसहितको घार बिक्री गरेर रु १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट रु एक लाख १३ हजार आम्दानी गरेको बताए ।

 “हाम्रो आम्दानी वार्षिक हुन्छ, यही वर्ष सुन्तला, मौरीको घार र मह बिक्री गरेर रु १७ लाखभन्दा बढी आम्दानी गरेको रहेछु”, खत्रीले भने, “मेरो लगानी रु २० लाख पुग्यो, २०० सुन्तलाका बिरुवाले उत्पादन दिनै बाँकी छ, नयाँ सोचका साथ कृषिमा आएको थिएँ, राम्रो आम्दानी भएको छ, म्याग्दीमा सुन्तलाका लागि राम्रो मानियो भने बागलुङको रमेटारमा मौरीपालन ।”

खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट लैजाने गरेको बताए । “महभन्दा मौरीसहितको घार बिक्रीमा फाइदा छ, मौरीसहितका घारलाई रु नौ हजार ५०० पर्छ, खाली घारलाई रु तीन हजार ५०० पर्छ । मह केजीको रु एक हजार ३०० पर्छ”, खत्रीले भने, “मैले आफँै घार निर्माण गरेर मौरी व्यवस्थापन गर्दै आएको छु, मौरीसहितका घार र सुन्तला बिक्री नै मेरो मुख्य लक्ष्य हो ।” 

खत्रीले १० रोपनी बाँझो पल्टिएको जग्गालाई १५ वर्षका लागि वार्षिक रु २० हजारका दरले भाडा तिरेर सुन्तला खेती गर्दै आएका छन् ।  मौरीको चरनका लागि तोरीखेती हुने क्षेत्र उपयुक्त हुने भएकाले रमेटारमा मौरीपालन व्यवसाय फष्टाएको उनको भनाइ छ । मौरीपालन र सुन्तला खेतीमा श्रीमती खिरादेवी खत्रीले सघाउँदै आएका छन्  । श्रीमती रमेटार मौरी व्यवस्थापनमा हुँदा डिलबहादुर सुर्केमेलामा सुन्तला व्यवस्थापन गर्ने कार्यमा जुट्छन् । सुन्तलाको फूल र तोरीको फूलका कारण मौरीपालन राम्रो हुँदै आएको छ । रमेटारमा भने उनले अर्कैको खेतमा मौरी व्यवस्थापन गर्दै आएका छन्  । घारलाई सजिलै स्थानान्तरण गर्न मिल्ने भएकाले चरनका लागि यताउता लैजान मिल्ने उनको भनाइ छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: