Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

रुस-युक्रेन युद्धको कथा : 'रुसी सैनिकहरूले मलाई बलात्कार गरे, मेरो श्रीमान्‌को हत्या गरे'

पुटिनलाई प्रश्न : हाम्रो भूमिमा कब्जा जमाएर किन मारिरहेका छौँ ?

खबरडबली संवाददाता

काठमाडौं । रुसी फौजहरू किएभ वरपरको क्षेत्रबाट फिर्ता भएका छन् तर उनीहरूले मानिसहरूलाई गहिरो चोट दिएका छन् जसको आघातबाट उनीहरू कहिल्यै पनि ठिक नहुन सक्छन्।

चेतावनी: यो रिपोर्टमा यौन हिंसाको वर्णन गरिएका विवरण समावेश छ।

बीबीसीले युक्रेनी पीडित स्वयंका बयानहरू सुनेको छ र महिलाहरूलाई अतिक्रमणकारी सैनिकहरूले बलात्कार गरेका प्रमाणहरू भेटाएको छ।

किएभबाट ७० किलोमिटर पश्चिमको शान्त ग्रामीण बस्तीमा हामीले ५० वर्षकी आनासँग कुरा गर्‍यौँ। उनको परिचय जोगाउन हामीले उनको नाम परिवर्तन गरेका छौँ।

आनाले हामीलाई बताए अनुसार मार्च ७ मा आफ्ना श्रीमान्‌सँग बसिरहेको बेला एकजना विदेशी सैनिक जबरजस्ती प्रवेश गर्‍यो।

'टाउकोमा बन्दुक तेर्साएर उसले मलाई नजिकैको घरमा लग्यो। उसले मलाई आदेश दियो: 'कपडा फुकाल् या म गोली हानेर मारिदिन्छु' भनेजस्तो नगरे मलाई मारिदिने उसले मलाई चेतावनी दियो। त्यसपछि उसले मलाई बलात्कार गर्न थाल्यो,' उनले भनिन्।

आनाले आफ्ना हमलाकारीलाई रुसलाई समर्थन गर्ने कलिलो, पातलो चेचन लडाकुका रूपमा वर्णन गरिन्।

'उसले मलाई बलात्कार गरिरहेका बेला थप चारजना सैनिकहरू प्रवेश गरे। मलाई लाग्यो अब म मारिनेछु। तर त्यसपछि उनीहरूले उसलाई लगे। मैले उसलाई फेरि देखिनँ,' उनले भनिन्। 

रुसी सैनिकहरूको अलग्गै युनिटले आफूलाई बचाएको उनलाई लाग्छ। आना घर फर्किँदा आफ्ना श्रीमान्‌को अवस्था दर्दनाक थियो। उनलाई पेटमा गोली लागेको थियो।

'मलाई बचाउन उनी मेरो पछि पछि दौडिएर आउने प्रयासमा थिए तर उनीमाथि धेरै गोली चलाइयो' उनले भनिन्। 

उनीहरू दुवैले छिमेकीको घरमा आश्रय लिए। लडाइँका कारण उनका श्रीमान्‌लाई अस्पताल लैजान सकिएन र दुई दिनपछि चोटका कारण उनको निधन भयो।

आनाको श्रीमान्को शव बगैँचामा गाडिएको छ

आनाको श्रीमान्‌को शव गाडिएको बगैँचा 

आफ्नो वेदना सुनाउँदा आना रोएको रोयै थिइन्। उनले हामीलाई उनी र उनका छिमेकीहरूले उनका श्रीमान्‌को शवलाई गाडेको घर पछाडिको ठाउँ पनि देखाइन्। गाडिएको ठाउँको मास्तिर अग्लो काठको क्रस ठडिएको छ। आनाले आफू स्थानीय अस्पतालसँग सम्पर्कमा रहेको र मनोवैज्ञानिक सहयोग लिइरहेको बताइन्।

'जब उनीहरूले छाडे, मैले लागुऔषध र भिआग्रा फेला पारे। उनीहरू नसामा हुन्थे र अधिकांश अवस्थामा मातेका हुन्थे। उनीहरूमध्ये अधिकांश हत्यारा, बलात्कारी र लुटेराहरू हुन्। उनीहरूमध्ये थोरै ठिक छन्।'

त्रासदीपूर्ण वेदना

आनाको घरभन्दा तल हामीले अर्को त्रासदीपूर्ण कथा सुन्यौँ। एकजना महिलालाई बलात्कार गरिएको र हत्या गरिएको आरोप लगाइएको छ। र छिमेकीहरू भन्छन् आनालाई बलात्कार गर्ने पुरुषले नै आनाको घर जानुअघि त्यसो गरेका हुन्।

ती महिला ४० वर्ष हाराहारीकी थिइन्। छिमेकीहरूका अनुसार उनलाई घरबाट बाहिर निकालियो र लडाइँ सुरु भएपछि खाली रहेको एउटा घरको सुत्ने कोठामा लगेर बन्धक बनाइयो।

ऐनामा लेखिएको सन्देश

राम्रो साजसज्जा गरिएको र रङ्गिन वाल पेपर सहितको उक्त कोठा अहिले अत्यासलाग्दो अपराध स्थल जस्तो देखिएको छ। त्यहाँ ओछ्यान र सिरानमा रगतका ठूला टाटाहरू छन्।

एउटा कुनामा ऐना छ जसमा लिपस्टिकले लेखिएको एउटा सन्देश छ। त्यसमा पीडितलाई कहाँ गाडिएको छ भनेर लेखेको जस्तो देखिन्छ।

ओस्कानाका छिमेकीहरूले हामीलाई रुसी सैनिकहरूले ती महिलाको शव फेला पारेको र त्यसलाई गाडेको बताए।

उनीहरूमध्ये एकले भने, 'उनीहरूले (रुसी सैनिकहरूले) मलाई भने कि उनको बलात्कार गरिएको थियो र उनको घाँटी चिरा पर्ने गरी काटिएको थियो वा धारिलो हतियारले प्रहार गरिएको थियो र त्यसपछि रगत बगेका कारण उनको मृत्यु भयो। उनीहरूले त्यहाँ एकदमै धेरै रगत रहेको बताए।'

ती महिलाको शवलाई उक्त घरको बगैँचामा गाडिएको थियो। हामीले उक्त क्षेत्रको भ्रमण गरेको भोलिपल्ट प्रहरीले घटनाको अनुसन्धानका लागि शव उत्खनन गर्‍यो। उक्त शवमा कुनै कपडा थिएन र घाँटीमा गहिरो र लामो गरी काटिएको थियो।

किएभ क्षेत्रका प्रहरी प्रमुख एन्ड्री नेभीटोभले हामीसँग किएभभन्दा ५० किलोमिटर पश्चिममा पर्ने गाउँमा अर्को घटनाको पनि आफूहरूले छानबिन गरिरहेको बताए।

तीस वर्ष वरपर उमेर रहेका एउटा जोडी र उनीहरूका एक सन्तान गाउँको कुनामा रहेको एउटा घरमा बस्थे।

नेभीटोभले भने, 'मार्च ९ मा रुसी सेनाका कैयौँ सदस्यहरू घरमा प्रवेश गरे। श्रीमान्‌ले श्रीमती र बच्चालाई जोगाउने प्रयास गरे। त्यही भएर उनीहरूले आँगनमा उनलाई गोली हानिदिए।'

'त्यसपछि दुई सैनिकहरूले बारम्बार श्रीमतीलाई बलात्कार गरिएको भनिएको छ। उनीहरू जान्थे र फेरि फर्किएर आउँथे। सैनिकहरू ती महिलालाई बलात्कार गर्न तीन पटक फर्किएर आए। प्रतिरोध गरेमा उनको सानो बच्चालाई नोक्सान पुर्‍याउने चेतावनी उनीहरूले दिए। आफ्नो सन्तानलाई जोगाउन उनले प्रतिरोध गरिनन्।'

सैनिकहरू जानेक्रममा उनीहरूले घर जलाइदिए र परिवारको कुकुरलाई मारिदिए। आफ्ना छोरासँग भागेकी ती महिलाले प्रहरीलाई सम्पर्क गरिन्। नेभीटोभले उनको समूहले ती महिलालाई भेटेको र उनको बयान लिएको बताए।

उनका श्रीमान्‌को शवलाई छिमेकीहरूले बगैँचामा गाडिदिए। प्रहरीले त्यो शव उत्खनन गरेको छ। उनीहरू उक्त घटनालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने योजनामा छन्।

परिवारको जलेको घर

परिवारको जलेको घर

मनोविमर्शको आवश्यकता

युक्रेनको मानवअधिकार हेर्ने स्वायत्त अधिकारी लुडमिला डेनिसोभाका अनुसार उनीहरूले कैयौँ त्यस्ता घटनाका विवरण सङ्कलन गरेका छन्।

उनी भन्छिन्, 'बुचाको एउटा घरको भूमिगत तला कब्जा गरेर १४ देखि २४ वर्षका करिब २५ जना बालिका र महिलाहरूलाई योजनाबद्ध किसिमले बलात्कार गरिएको थियो। त्यसमध्ये नौ जना गर्भवती छन्।'

उनले मद्दत माग गर्दै हेल्पलाइनमा कैयौँ कलहरू आएको र टेलिग्राम मेसेजिङ एपमार्फत् पनि सूचनाहरू आउने गरेको बताइन्।

'एकजना २५ वर्षकी महिलाले हामीलाई सम्पर्क गरेर आफ्नी १६ वर्षकी बहिनीलाई आफ्नो सामुन्ने चोकमा बलात्कार गरिएको बताइन्। उनीहरूले 'प्रत्येक नाजी यौनकर्मी' लाई यस्तै गरिनेछ भन्दै कराउँदै बलात्कार गरेका थिए।'

अहिले पीडितहरूलाई मनोपरामर्श चाहिएको भन्दै उनले बयानहरू सङ्कलन नगर्दासम्म कुन तहमा त्यस्ता यौन अपराध भयो भन्न नसकिने बताइन्।

आफूले बेहोरेका पीडाबारे कुरा गर्न सबैजना अझै तयार नभइसकेको उनको भनाइ छ।

बलात्कार सहितका युद्ध अपराधका आरोपबारे संयुक्त राष्ट्रसङ्घले एउटा विशेष ट्राइब्यूनल गठन गरेर भ्लादिमिर पुटिनमाथि व्यक्तिगत रूपमा नै कारबाही अघि बढाउनुपर्ने उनी ठान्छिन्।

आफू बलात्कृत भएको बताउने आना भन्छिन्, 'म पुटिनलाई सोध्न चाहन्छु किन यस्तो भइरहेको छ। मैले बुझ्न सकिरहेकी छैन। हामी ढुङ्गे युगमा बाँचिरहेका छैनौँ, हामी किन लेनदेन गर्न सक्दैनौँ? उनले किन हाम्रो भूमिमा कब्जा जमाइरहेका छन् र किन मारिरहेका छन्?' बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending