Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मलङ्गवामा भारतीय बसको ठक्करबाट एक साइकलयात्री र साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

मलङ्गवा नगरपालिका–१२ चमेलिमाई मन्दिर नजिकै आज भारतीय बसको ठक्करबाट साइकलयात्री कविलासी नगरपालिका–९, का ५८ वर्षीय शङ्कर रायको मृत्यु भएको प्रहरीले जनाएको छ । 

हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कँदै गरेको बिआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले साइकल यात्री रायलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । 

घाइते भएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवामा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । दुर्घटनापछि बसका चालक फरार भएका छन् भने बस प्रहरीको नियन्त्रणमा रहेको छ । 

त्यस्तै साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१० जिविसचोक निवासी राममोहन पण्डितको छोरा १४ वर्षीय जितकुमार पण्डितले चलाएको साइकलको ठक्करबाट कविलासी नगरपालिका–५ निवासी ६८ वर्षीय अच्छेलालराय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मलङ्गवा–१० स्थित बाटो क्रस गर्ने क्रममा पैदलयात्री रायलाई पण्डितले चलाएको साइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते अच्छेलाललाई तत्काल उपचारका लागि ओम अस्पताल मलङ्गवा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ठक्कर दिने साइकल र साइकल चालक पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...

असी करोड आठ लाख राजस्व सङ्कलन

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...

झापामा अज्ञात व्यक्तिद्वारा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...

खानेतेल र चामलमा देखिएको अस्वाभाविक मूल्यवृद्धि पछाडिका सम्भाव्य कारण

काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...

चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...

बैतडी दुर्घटना अपडेट- मृत्यु हुनेको संख्या १३ पुग्यो

बैतडी ।  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...

म्याग्दीमा दलहरुलाई उछिनेर महावीर पुनले मार्लान् बाजी ?

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...

आइतबारदेखि कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE