काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ३० अङ्कले ओरालो लागेको छ । नयाँ वर्षको पहिलो कारोबार सकारात्मक हुने अनुमान विपरीत आज नेप्से परिसूचकमा गिरावट देखिएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.६० अङ्कले ओरालो लागेर दुई हजार ३८५.६४ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१२ अङ्कले ओरालो लागेर ४५०.९७ मा ओर्लेको छ ।
नेप्से परिसूचकको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ । कूल २३३ कम्पनीको ३४ लाख सात हजार २७२ कित्ता शेयर रु एक अर्ब ४४ करोड सात लाख २३ हजार १८२ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८४ अर्ब १२ करोड २८ लाख ६० हजारको हाराहारीमा सीमित भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.८९, व्यापार ६.३९, होटल तथा पर्यटन ६३.२४, विकास बैंक ६६, जलविद्युत् ४२.८८, निर्जीवन बीमा १२०.६५, उत्पादन ८८.८, अन्य ३४.०१, लघुवित्त ४४.७४, जीवन बीमा २००.८७, सामूहिक लगानी कोष ०.०४ र लगानी १.५ अङ्कले ओरालो लागे ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड ९९ लाख ४७ हजार ३८१ बराबरको कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावर रु चार करोड ८६ लाख २५ हजार ३०४, ग्लोबल आइएमई बैंकको ऋणपत्र रु चार करोड २५ लाख ३५ हजार, हिमालयन डिस्टिलरी रु चार करोड एक लाख ३९ हजार ७९४ र नबिल बैंक रु तीन करोड ४९ लाख १७ हजार २७५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार नेष्डो समृद्धि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । जाल्पा सामुदायिक लघुवित्त ४.०३, सामुदायिक लघुवित्त ३.९८, उन्नति सहकार्य लघुवित्त ३.३३ र एनआइसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए । नेप्सेका अनुसार आज २४ कम्पनीको शेयर मूल्य मात्रै उकालो लागेको थियो ।
त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो । इमर्जिङ नेपाल ७.५८, राष्ट्र उत्थान लघुवित्त ६.०७, समालिङ पावर कम्पनी ५.६९ र नयाँ सारथी लघुवित्तका लगानीकर्ताले ५.४१ प्रतिशतले गुमाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १० गते, २०८३ - १७:२३
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...
जेष्ठ १० गते, २०८३ - १७:११
काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...
जेष्ठ १० गते, २०८३ - १६:५३
नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...
जेष्ठ १० गते, २०८३ - १६:३०
काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...
जेष्ठ १० गते, २०८३ - १६:२६
कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...
जेष्ठ १० गते, २०८३ - १६:०९
सर्लाही । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् । बागमती नदीले बगाएर स...
जेष्ठ १० गते, २०८३ - १६:००
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमश: सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेको छन्...
जेष्ठ १० गते, २०८३ - १५:४२
काठमाडौँ। एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान...
जेष्ठ १० गते, २०८३ - १५:२३
काठमाडौँ । प्रतिनिधि सभाका विपक्षी दलहरू सरकारले अपनाएको कार्यशैलीविरुद्ध थप सशक्त रूपमा प्रस्तुत हुने सहमतिमा पुगेका छन्। नेपाली कांग्रेस, नेकपा (...
जेष्ठ १० गते, २०८३ - १४:५७
सिड्नी। नेपालबाट छोरा भेट्न अस्ट्रेलिया पुगेकी ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ। काठमाडौंको सुकेधारा निवासी...



प्रतिकृया लेख्नुहोस्: