काठमाडौं । बिहिबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले भेटवार्ता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न खुमलटार पुगे।
नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरे।
प्रचण्ड निवास खुमलटारबाट फर्केपछि नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल। लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँगको भेट सुस्वास्थ्यको कामना।’
त्यसो त नेकपा नेताहरूसँगको भेटवार्ताबारे प्रचण्डले पनि सार्वजनिक रुपमा बोले। भेटवार्ताबारे माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई सम्बोधन विप्लव समुहका नेताहरुसँग एकताको वातावरण बन्दै गइरहेको संकेत गरे।
‘मलाई खुसी लागेको छ, आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु। मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ। सिंगै समूह नै एकताबद्ध होस् भन्ने हाम्रो कोशिस छ’ प्रचण्डको भनाइ थियो।
प्रचण्डले हिजो सँगै बसेको साथीहरू आफ्नै घरमा फर्किंदा असहज नठान्न आग्रह समेत गरे।
प्रचण्डले भने, ‘केही साथीहरू चाहिँ हिजो छिट्टै ठूलै ‘प्रचण्ड’ हुने सपना बोकेका साथीहरूलाई लाज भएको छ। तर, क्रान्तिकारी हुने साथीहरूलाई त के लाज हुन्छ र। क्रान्तिकारी सँग असहज ठान्ने। क्रान्ति विरोधीहरूसँग सहज ठान्नेहरू पनि नजिकबाट देखेको छु।’
विप्लव नेतृत्वको नेता कार्यकर्तालाई जेलबाट छुटाउन आफूले पहल गरिरहेको समेत उनले दाबी गरे। जनयुद्धको कमान्डरको हैसियतले सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।
‘अहिले केही साथीहरू जेलमा हुनुहुन्छ। मैले विप्लवजीसँग पनि छलफल गरेको हुँ। मैले भनेर नै महत्वपूर्ण नेताहरूलाई छोड्न लगाएको हो। त्यसपछि लगातार कुरा भइरहेको छ। उहाँहरूलाई छोड्नुपर्छ’ प्रचण्डले भने, ‘केही अदालती प्रक्रिया र केहीलाई सामान्य रूपमा छाड्न सकिन्छ। सबै साथीहरू छुट्नुहुन्छ। केही समय लाग्नसक्छ।’
बिहिबार मात्रै प्रचण्डले नेकपा परित्याग गराएर दर्जनौं नेता तथा कार्यकर्ताहरू पार्टीमा भित्र्याएका छन्। नेकपा छाड्नेहरुमा केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी कमाण्डरहरू, संविधानसभा सदस्य तथा प्रदेश र जिल्ला ब्यूरोका तीन दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता छन्।
त्यसो त आफ्नो नेता कार्यकर्ता रिहा र निर्वाचनमा भाग लिनेबारेमा बुधबार महासचिव विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।
नेकपाका नेताहरूले कार्यकर्ता रिहाइ र मुद्दा फिर्तालाई छिटो टुंगोमा पुर्याउन आग्रह गरेका थिए। नेकपासँग सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाले बताएका थिए।
नेकपाका तर्फबाट वार्तामा सहभागी नेताहरूले आफूहरू सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन भएमा निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका थिए। तर, प्रचण्डसँग भेटवार्ता गरेका सचिवालय सदस्यद्वय ओली र बास्तोला भने निर्वाचनको विपक्षमा छन्।
निर्वाचनमा जानेबारे विप्लव र प्रकाण्डको पनि फरक धारणा छ। विप्लव माओवादी केन्द्रसँग तालमेल गरेर निर्वाचनमा होमिन चाहन्छन् भने प्रकाण्ड एमालेसँग नजिक भएको आरोप लाग्ने गरेको छ। तर, त्यो कुरा स्वीकार्न उनी तयार छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: