नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेस गफ गर्ने नभई काम गर्ने पार्टी भएको बताएका छन्।
नुवाकोटको दुप्चेश्वरमा आयोजित दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रवक्ता महतले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरी काम गर्न नेता कार्यकर्तालाई आग्रह गरे।
“नुवाकोट जिल्ला मात्र नभई देशका सबै जिल्लामा विकासको मूल फुटाउने काम कांग्रेसले सुरु गरेको हो”, उनले भने, “हामी गफ गर्ने पाटी होइनौँ, अरु गफ गर्ने र हल्लाखल्ला बढी गर्छन् । कांग्रेस काम गर्नमा व्यस्त हुन्छ । चुनावमा गफ गर्नेलाई नभई काम गर्ने पार्टीलाई जनताले विश्वास गर्नुपर्छ ।”
उनले नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरलाई देशका प्रसिद्ध १० शक्तिपीठमध्येको एक बनाउने प्रतिबद्धता जनाए । उनले भने, “मन्दिरको संरक्षणको लागि गुरु योजना बनाएर पुरातात्विक मापदण्डअनुसार आवश्यक संरचना निर्माण गर्नुपर्दछ ।”
दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीमा लामो समयदेखि रहेको गोसाईंकुण्ड घ्याङगुठीको समस्या, नुवाकोटको सूर्यकुण्ड हुँदै गोसाईंकुण्ड जाने पदमार्गको व्यवस्थापन, जलविद्युत् आयोजना निर्माणले धार्मिक सम्पदामा पुग्ने असरप्रति सम्बन्धित पक्षलाई सजग गराउन सहयोग गर्ने प्रतिबद्धता सो अवसरमा उनले जनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - ०९:२९
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...
माघ २४ गते, २०८२ - ०९:२८
बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...
माघ २४ गते, २०८२ - ०९:२५
बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...
माघ २४ गते, २०८२ - ०९:१९
काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...
माघ २४ गते, २०८२ - ०८:०१
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...
माघ २४ गते, २०८२ - ०७:५४
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...
माघ २४ गते, २०८२ - ०७:४७
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...
माघ २४ गते, २०८२ - ०७:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...
माघ २४ गते, २०८२ - ०७:३०
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...
माघ २४ गते, २०८२ - ०७:१७
काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...



प्रतिकृया लेख्नुहोस्: