Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

युक्रेन युद्ध : रुसको प्रमुख सैन्य पानीजहाजमा गम्भीर क्षति

अमेरिकाद्वारा युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा

खबरडबली संवाददाता

काठमाडौं । रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा आफ्नो सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट नराम्ररी क्षति भएको जनाएको छ।

उसले मस्क्भा अर्थात् मस्को नामक उक्त क्षेप्यास्त्र सहितको क्रुजरका चालकदलका सदस्यहरूलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताएको छ।

रुसी रक्षा मन्त्रालयले आगलागीको कारणबारे केही बताएको छैन। यसअघि एक युक्रेनी अधिकारीले उक्त सैनिक जहाजमा दुईवटा युक्रेनी क्षेप्यास्त्र लागेको बताएका थिए।

के भएको थियो ?

युक्रेनमा बनेको नेप्च्युन क्षेप्यास्त्र उक्त सैनिक जहाजमाथि प्रहार गरिएको बताइएको थियो।

युक्रेनी राष्ट्रपतिका एक सहयोगी ओलेक्सी एरिस्ट्रोभिचले रुसी उद्धारकर्ताहरू उक्त पानीजाहाजमा पुग्न नसकिरहेको भन्दै त्यहाँ ५१० जनासम्म रहेको हुनसक्ने बताएका थिए। तर त्यसको पुष्टि भएको थिएन।

यसअघि सीमामा रहेको एउटा टापुको प्रतिरक्षा गरिरहेका युक्रेनी सीमा रक्षकहरूसँग गरेको व्यवहारका कारण उक्त सैनिक पानीजहाजले बदनामी व्यहोरेको थिए।

स्नेक आइन्यान्डमा खटिएका ती युक्रेनी सैनिकले मस्कोले गरेको आत्मसम्पर्णको मागलाई अस्वीकार गरेपछि अन्ततः तिनलाई बन्धक बनाइएको थियो।

यसैबीच रुसी सेनाले आफ्नो भूमिमा आक्रमण भइरहे युक्रेनको राजधानीमा रहेका कमान्ड केन्द्रहरूमा हमला गर्ने चेतावनी दिएको छ।

अमेरिकी सहयोगको घोषणा

संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ।

पूर्वी युक्रेनमा रुसले ुव्यापक बनाउने ठानिएको आक्रमणसँगु जुझ्न उपलब्ध गराइने उक्त सहयोग अन्तर्गत नयाँ अस्त्रहरू पनि रहने राष्ट्रपति जो बाइडनले बताएका छन्।

राष्ट्रपति जेलेन्स्कीसँगको वार्तापछि बाइडनले संयुक्त राज्य अमेरिकाले युक्रेनलाई उसको प्रतिरक्षाका लागि निरन्तर सहयोग गरिरहने बताए।

पेन्टागनका अधिकारीहरूले उनीहरूले आफ्नो अस्त्र भण्डारमा नरहेका अरू हतियारहरू युक्रेनलाई उपलब्ध गराउन साझेदारहरूसँग काम गरिरहेको जनाएका छन्।

बाइडन प्रशासनले हालसम्म युक्रेनलाई ३ अर्ब डलर भन्दा बढीको हतियार उपलब्ध गराएको छ। रुसी आक्रमणसँग जुझ्न आफ्नो देशलाई तत्कालै ठूलो परिमाणमा अस्त्रहरू चाहिएको जेलेन्स्कीले बताएका छन्।

बुचा र मारिउपोलको तस्बिरले रुसको वास्तविक उद्देश्य देखाएको छ। त्यसलाई हतियारको बलले मात्रै नियन्त्रण गर्न सकिन्छ।

प्रतिबद्धता जनाइएको ८० करोड अमेरिकी डलर बराबरका अस्त्रमा गोलीगठ्ठा र रेडार प्रणाली पनि छन् जसमध्ये कतिपय सञ्चालनका लागि युक्रेनी फौजहरूलाई थप तालिमको आवश्यकता पर्नेछ।

पेन्टागनका प्रवक्ता जन किर्बी भन्छन्, सम्भवतः युक्रेनी फौजहरूले हाउइट्जर र काउन्टर अर्टिलरी रेडारका लागि थप तालिम लिनुपर्छ।

कस्ता हतियार आउँदैछन्?

उनले रेडार प्रणाली सञ्चालनका लागि अप्ठेरो नभए पनि त्यो हालसम्म युक्रेनी अस्त्र भण्डारमा नरहेको बताए।

हाउइट्जर छोटो ब्यारलको तोप जस्तै हो जसलाई विपक्षी घेरामा गोलाबारीका निम्ति प्रयोग गरिन्छ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार युक्रेनलाई दिने सैन्य सहयोगमा १८ वटा हाउइट्जर र ४० हजार राउन्ड गोलीहरू हुनेछन्।

त्यसबाहेक सैयौँ क्षेप्यास्त्र, निशानाहरूमा उडाउन सकिने विशेष प्रकारका ड्रोनहरू पनि हुनेछन्। अमेरिकाले ११ वटा हेलिकोप्टर, सैयौँ बख्तरबन्द गाडी, विभिन्न किसिमका सुरक्षाकवच र बारुदी धराप, रासायनिक, जैविक, रेडियोधर्मी र परमाणुबाट जोगिने उपकरणहरू पठाउँदैछ।

क्षतिग्रस्त रुसी क्रुजरबारे 

मस्कोभा क्षेप्यास्त्र क्रुजर तत्कालीन सोभियत सङ्घ रहेको बेला सन् १९८० को दशकको सुरुमा बनेको हो।

युक्रेनको दक्षिणी शहर मेकलोएभमा निर्माण गरिएको उक्त सैनिक पानीजहाज हालैका दिनमा गोलाबारीका निम्ति रुसी फौजहरूले प्रयोग गर्दै आएका थिए।

एक सय ८६ मिटर लामो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो। सुरुमा यसलाई स्लाभा भनिन्थ्यो र पछि मोस्कोभा नाम दिइएको थियो।

युद्धमा प्रयोग गरिने यो पानीजहाजमा जहाजप्रतिरोधी क्षेप्यास्त्रसहितका अस्त्रहरू छन्।

सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजावाहक बनेको उक्त क्रुजरले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: