काठमाडौं । पाँच दलीय गठबन्धनले चुनावी तालमेलको मोडालिटी सार्वजनिक गर्ने भएको छ। सत्ता गठबन्धन आबद्ध दलहरुले आज तालमेलको मोडालिटी सार्वजनिक गर्न लागेका हुन्।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन परिचालन तथा अनुगमन समिति तय गरेको मोडालिटी सार्वजनिक गर्न बिहान ९ गठबन्धनका शीर्ष नेता र निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले भागवण्डाको मोडालिटी तय गरेर सार्वजनिक गर्ने तयारी गरेको हो।
बैठकमा देशभरका पालिकामा पार्टीहरूको शक्ति सन्तुलनको प्रारम्भिक रिपोर्टिङ लिए पछि आज शीर्ष नेताहरूसमेत सहभागी भएर छलफल गर्न लागिएको समितिका संयोजक रामचन्द्र पौडेलले जानकारी दिए।
हिजोको बैठकमा तालमेलको मोडालिटीबारे छलफल गरेर स्थानीय आवश्यकताअनुसार उम्मेदवार चयन गर्ने कुरामा सहमति भएको पौडेलले बताए।
केन्द्रमा बनाएको मोडालिटी नै सबै ठाउँमा जस्ताको तस्तै लागू गर्ने अवस्था नरहेकाले स्थानीय आवश्यकताअनुसार गर्न पनि हिजोको बैठकले निर्देशन दिएको छ।
यसअघि चैत २२ मा गठन बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलको नेतृत्वमा निर्वाचन परिचालन तथा अनुगमन समिति गठन गर्दै चैत २६ गते सबै प्रदेश, जिल्ला र स्थानीय तहबाट शक्ति सन्तुलनको अवस्थाबारे रिपोर्टिङ गर्न निर्देशन गरिएको थियो।
गठबन्धनका दलहरुबीच महानगरपालिकाका विषयमा सबैभन्दा धेरै असहमति देखिएको छ। कांग्रेसलाई तीन महानगरपालिका दिएर माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले एक(एक महानगर लिनेमा पनि सैद्धान्तिक सहमति भएको र महानगरका उम्मेदवार केन्द्रले टुंगो लगाउने बारेमा पनि हिजोको बैठकमा छलफल भएको थियो।
आजको बैठकपछि गठबन्धनमा आबद्ध दलहरुले संयुक्त अपिल पनि जारी गर्ने तयारी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: