काठमाडौं । पाँच दलीय गठबन्धनले चुनावी तालमेलको मोडालिटी सार्वजनिक गर्ने भएको छ। सत्ता गठबन्धन आबद्ध दलहरुले आज तालमेलको मोडालिटी सार्वजनिक गर्न लागेका हुन्।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन परिचालन तथा अनुगमन समिति तय गरेको मोडालिटी सार्वजनिक गर्न बिहान ९ गठबन्धनका शीर्ष नेता र निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले भागवण्डाको मोडालिटी तय गरेर सार्वजनिक गर्ने तयारी गरेको हो।
बैठकमा देशभरका पालिकामा पार्टीहरूको शक्ति सन्तुलनको प्रारम्भिक रिपोर्टिङ लिए पछि आज शीर्ष नेताहरूसमेत सहभागी भएर छलफल गर्न लागिएको समितिका संयोजक रामचन्द्र पौडेलले जानकारी दिए।
हिजोको बैठकमा तालमेलको मोडालिटीबारे छलफल गरेर स्थानीय आवश्यकताअनुसार उम्मेदवार चयन गर्ने कुरामा सहमति भएको पौडेलले बताए।
केन्द्रमा बनाएको मोडालिटी नै सबै ठाउँमा जस्ताको तस्तै लागू गर्ने अवस्था नरहेकाले स्थानीय आवश्यकताअनुसार गर्न पनि हिजोको बैठकले निर्देशन दिएको छ।
यसअघि चैत २२ मा गठन बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलको नेतृत्वमा निर्वाचन परिचालन तथा अनुगमन समिति गठन गर्दै चैत २६ गते सबै प्रदेश, जिल्ला र स्थानीय तहबाट शक्ति सन्तुलनको अवस्थाबारे रिपोर्टिङ गर्न निर्देशन गरिएको थियो।
गठबन्धनका दलहरुबीच महानगरपालिकाका विषयमा सबैभन्दा धेरै असहमति देखिएको छ। कांग्रेसलाई तीन महानगरपालिका दिएर माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले एक(एक महानगर लिनेमा पनि सैद्धान्तिक सहमति भएको र महानगरका उम्मेदवार केन्द्रले टुंगो लगाउने बारेमा पनि हिजोको बैठकमा छलफल भएको थियो।
आजको बैठकपछि गठबन्धनमा आबद्ध दलहरुले संयुक्त अपिल पनि जारी गर्ने तयारी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ०९:३६
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...
पौष ९ गते, २०८२ - ०८:५४
प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...
पौष ९ गते, २०८२ - ०८:१८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...
पौष ९ गते, २०८२ - ०८:१४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...
पौष ९ गते, २०८२ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...
पौष ९ गते, २०८२ - ०७:४९
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...
पौष ९ गते, २०८२ - ०७:३५
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...
पौष ९ गते, २०८२ - ०७:३१
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...
पौष ९ गते, २०८२ - ०७:२४
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...




प्रतिकृया लेख्नुहोस्: