Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

हरसिद्धिको १२ वर्षे नाच शुक्रबारदेखि पशुपति क्षेत्रमा

खबरडबली संवाददाता
कामाडौं । राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा सञ्चालन गरिएकोे छ । हरसिद्धि (जलद्यो:) नाच मूल समितिको सक्रियतामा जयवागेश्वरी डबलीमा भइरहेको नाच शुक्रबारदेखि सुरु गरिएको हो । यो जात्रा प्रत्येक १२ वर्षमा ललितपुर महानगरपालिका वडा नं २८ बाट पशुपति क्षेत्रमा ल्याइने गरिन्छ । जात्रा हेर्नका लागि स्थानीयवासी एवं विभिन्न भागबाट आएका दर्शकको भीड लागेको छ । 
  
जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १००जना देवगण पशुपति क्षेत्रमा आएको मूल समिति संयोजक दिलीप वैद्यले जानकारी दिनुभयो । देवगणलाई चाबहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने र खाने व्यवस्थासहित राखिएको छ । हरसिद्धिलगायत विभिन्न स्थानबाट जात्रा लिएर आउनेलाई बस्न र  खानका लागि  बनाइएको जयवागेश्वरीका विभिन्न सत्तल २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएपछि  पुन:निर्माणका क्रममा रहेकाले देवगणलाई पार्टी प्यालेसमा राख्नुपरेको समितिले जनाएको छ । 
 
पार्टी प्यालेसमा राखे पनि जात्राका लागि गरिनुपर्ने शुद्धतामा कमी आउन नदिएको संयोजक वैद्यले बताउनुभयो । राजा विक्रमादित्यका पालामा सुरु भएको जात्रा उनकै पालामा रोकिएको थियो । विसं ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको विभिन्न भाषा वंशावलीमा पाइने संस्कृतिविद् मुकुन्दराज वैद्यले बताउनुभयो । अमर मल्लले सुरु गरे पनि बीचमा यो नाच रोकिएकाले  राजा प्रताप मल्लले फेरि सुरु गर्नुभएको थियो । विसं २०६६ अघि पनि करिब आधाशताब्दी जात्रा लोप भएको थियो । करिब ५० वर्षसम्म हरसिद्धिबाट पशुपति क्षेत्रमा नाच ल्याइएन ।हरसिद्धिवासी धर्मगोविन्द महर्जनले पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका बासिन्दा बीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउनुभयो। तीनै पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्वको नाचसहितको यो जात्रा फेरि सुरु गरिएको हो । अब भने स्थानीय सरकारलगायतको सहयोग लिएर पनि जात्रालाई निरन्तरता दिने प्रतिबद्धता समितिले गरेको छ ।
 
इतिहासमा उल्लेख भएअनुसार जात्रा सुरु भएको करिब दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटकको परम्परा रहेको पनि संस्कृतिविद् वैद्यले पुष्टि गर्नुभयो । जात्रा चैत २५ गते शुक्रबार पशुपति आएकामा नाचका सबै विधि पूरा गरी आजै बेलुकी सकिने जनाइएको छ । जात्राका लागि रु २० लाख बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीयवासी र सहयोगीबाट जुटाइएको थियो ।
 
ललितपुरको प्राचीन जतल गाउँभित्र हरसिद्धि भवानीलाई विराजमान गराएपछि त्यस स्थानको नाम नै हरसिद्धि रहन गएको हो । विक्रमसेन राजाले नेपालको राज्य पाएपछि गुह्येश्वरीबाट खड्ग र वर लिइ उज्जैनमा पुगेर त्यहाँका सत्रु हराएको र  कुल देवता आह्वान गरेर  कलशमा राखी हरसिद्धि ल्याएको देवमाला वंशावलीमा उल्लेख छ ।नाचमा विक्रमादित्यका केही प्रसङ्ग पनि नाटकका रुपमा देखाइन्छ । विक्रमादित्यले आराध्य देवीका रुपमा पूजा आराधना गर्ने हरसिद्धि माताकै कृपाले शासन चलाएको विश्वास गरिन्छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौंडा सिमेन्ट उद्योग बन्द हुनु दु:खद हो, यसलाई सरकारले चलाउँछ : उद्योगमन्त्री

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...

बागमती नदीमा बेपत्ता पाँचमध्ये दुईको शव फेला, तीन जना सकुशल

काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...

भारत भ्रमणका लागि नेपाल ए टोली घोषणा, को को खेल्दैछन् ?

नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...

बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न  नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...

सीमाविवादका कारण कर्णाली करिडोर बन्द

कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...

बागमती नदीमा बेपत्ता दुई युवक मृत फेला

सर्लाही । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् । बागमती नदीले बगाएर स...

नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति छ - प्रवक्ता पोखरेल

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमश: सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेको छन्...

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा: कप्तानमा दीपेन्द्र ऐरी

काठमाडौँ। एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान...

सरकारविरुद्ध संसदमा सशक्त प्रतिरोधमा उत्रिने विपक्षी दलहरूको सहमति

काठमाडौँ । प्रतिनिधि सभाका विपक्षी दलहरू सरकारले अपनाएको कार्यशैलीविरुद्ध थप सशक्त रूपमा प्रस्तुत हुने सहमतिमा पुगेका छन्। नेपाली कांग्रेस, नेकपा (...

सिड्नी विमानस्थलमा बेहोस भएर ढलेकी नेपाली महिलाको निधन, शव नेपाल पठाउने तयारी

सिड्नी। नेपालबाट छोरा भेट्न अस्ट्रेलिया पुगेकी ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ। काठमाडौंको सुकेधारा निवासी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending