Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

हरसिद्धिको १२ वर्षे नाच शुक्रबारदेखि पशुपति क्षेत्रमा

खबरडबली संवाददाता
कामाडौं । राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा सञ्चालन गरिएकोे छ । हरसिद्धि (जलद्यो:) नाच मूल समितिको सक्रियतामा जयवागेश्वरी डबलीमा भइरहेको नाच शुक्रबारदेखि सुरु गरिएको हो । यो जात्रा प्रत्येक १२ वर्षमा ललितपुर महानगरपालिका वडा नं २८ बाट पशुपति क्षेत्रमा ल्याइने गरिन्छ । जात्रा हेर्नका लागि स्थानीयवासी एवं विभिन्न भागबाट आएका दर्शकको भीड लागेको छ । 
  
जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १००जना देवगण पशुपति क्षेत्रमा आएको मूल समिति संयोजक दिलीप वैद्यले जानकारी दिनुभयो । देवगणलाई चाबहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने र खाने व्यवस्थासहित राखिएको छ । हरसिद्धिलगायत विभिन्न स्थानबाट जात्रा लिएर आउनेलाई बस्न र  खानका लागि  बनाइएको जयवागेश्वरीका विभिन्न सत्तल २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएपछि  पुन:निर्माणका क्रममा रहेकाले देवगणलाई पार्टी प्यालेसमा राख्नुपरेको समितिले जनाएको छ । 
 
पार्टी प्यालेसमा राखे पनि जात्राका लागि गरिनुपर्ने शुद्धतामा कमी आउन नदिएको संयोजक वैद्यले बताउनुभयो । राजा विक्रमादित्यका पालामा सुरु भएको जात्रा उनकै पालामा रोकिएको थियो । विसं ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको विभिन्न भाषा वंशावलीमा पाइने संस्कृतिविद् मुकुन्दराज वैद्यले बताउनुभयो । अमर मल्लले सुरु गरे पनि बीचमा यो नाच रोकिएकाले  राजा प्रताप मल्लले फेरि सुरु गर्नुभएको थियो । विसं २०६६ अघि पनि करिब आधाशताब्दी जात्रा लोप भएको थियो । करिब ५० वर्षसम्म हरसिद्धिबाट पशुपति क्षेत्रमा नाच ल्याइएन ।हरसिद्धिवासी धर्मगोविन्द महर्जनले पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका बासिन्दा बीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउनुभयो। तीनै पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्वको नाचसहितको यो जात्रा फेरि सुरु गरिएको हो । अब भने स्थानीय सरकारलगायतको सहयोग लिएर पनि जात्रालाई निरन्तरता दिने प्रतिबद्धता समितिले गरेको छ ।
 
इतिहासमा उल्लेख भएअनुसार जात्रा सुरु भएको करिब दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटकको परम्परा रहेको पनि संस्कृतिविद् वैद्यले पुष्टि गर्नुभयो । जात्रा चैत २५ गते शुक्रबार पशुपति आएकामा नाचका सबै विधि पूरा गरी आजै बेलुकी सकिने जनाइएको छ । जात्राका लागि रु २० लाख बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीयवासी र सहयोगीबाट जुटाइएको थियो ।
 
ललितपुरको प्राचीन जतल गाउँभित्र हरसिद्धि भवानीलाई विराजमान गराएपछि त्यस स्थानको नाम नै हरसिद्धि रहन गएको हो । विक्रमसेन राजाले नेपालको राज्य पाएपछि गुह्येश्वरीबाट खड्ग र वर लिइ उज्जैनमा पुगेर त्यहाँका सत्रु हराएको र  कुल देवता आह्वान गरेर  कलशमा राखी हरसिद्धि ल्याएको देवमाला वंशावलीमा उल्लेख छ ।नाचमा विक्रमादित्यका केही प्रसङ्ग पनि नाटकका रुपमा देखाइन्छ । विक्रमादित्यले आराध्य देवीका रुपमा पूजा आराधना गर्ने हरसिद्धि माताकै कृपाले शासन चलाएको विश्वास गरिन्छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending