म्याग्दी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी (जसपा)को बेनीमा बसेको संयुक्त बैठकले जिल्लाका ६ वटै स्थानीय तहमा साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, एकीकृत समाजवादीका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष छवि विश्वकर्मा र जनता समाजवादीका अध्यक्ष देवेन्द्रबहादुर विश्वकर्मा सहभागी थिए । यसअघिको बैठकले गर्बुजाको संयोजकत्वमा गठन भएको पाँच दलीय संयन्त्रले वडा तहबाट सबै दलको शक्ति आंकलन र अनुमानित मत विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो ।
सबै दलले वडा र पालिकाबाट सङ्कलन गरेको विवरणको विष्लेषण गरेर केन्द्रीय संयन्त्रले बनाउने विधिका आधारमा कहाँ कसको उम्मेदवार बनाउने सम्बन्धि निर्णय गर्ने बैठकमा गरिएको छ । सबै दलको सबै वडाबाट आएको रिपोर्टका आधारमा उम्मेदवारी छनोट गरिने बताइएको छ । चुनावी तालमेल गर्न जिल्ला र पालिकास्तरीय संयन्त्र विस्तार गरिएको छ
विसं २०७४ को निर्वाचनमा कांग्रेसले बेनी नगरपालिकामा प्रमुख र तीन गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र १५ वडामा अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले सात वडामा, एमालेले दुई गाउँपालिकामा अध्यक्ष, तीन गाउँपालिकामा उपाध्यक्ष र २३ वडाध्यक्ष जितेको थियो । बेनी नगरको उपप्रमुखमा राप्रपा विजयी भएको थियो ।
बेनी नगरपालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । रघुगङ्गामा एमाले र माओवादी, बेनीमा एमाले र राप्रपाले तालमेल गरेका थिए भने मालिका र अन्नपूर्ण गाउँपालिकामा तालमेल भएको थिएन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन
आषाढ़ ३० गते, २०८३ - १५:११
काठमाडौं । सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वार प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। मंगलबार सर्वोच्च अदालतका न्या...
आषाढ़ ३० गते, २०८३ - १४:२५
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर बसेर बाह...
आषाढ़ ३० गते, २०८३ - १४:११
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रम...
आषाढ़ ३० गते, २०८३ - १४:०३
सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: