Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

शान्ति सेनामा खटिँदा ज्यान गुमाएका सैनिकका परिवारले कस्तो राहत पाउँछन् ?

शान्ति सैनिकमाथिको आक्रमण युद्ध अपराध ठहर हुनसक्ने राष्ट्रसंघको चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । कङ्गोमा एक जना नेपाली शान्ति सैनिक मारिएपछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरशले शान्ति सैनिकमाथिको आक्रमण युद्ध अपराध ठहर हुनसक्ने चेतावनी दिएका छन्।

उनले कङ्गोका अधिकारीहरूलाई उक्त घटनाको अनुसन्धान गर्न र दोषीलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेका छन्।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेको राष्ट्रसङ्घीय मिसन मोनुस्कोमा खटिएका एक जना नेपाली सैनिकको विद्रोही समूहले गरेको आक्रमणमा मङ्गलवार निधन भएको थियो।

नेपाली सेनाले उक्त क्षेत्रमा खटिएका अरू शान्ति सैनिकहरू सुरक्षित रहेको भन्दै ज्यान गुमाएका शान्ति सैनिकको शव राष्ट्रसङ्घको समन्वयमा नेपाल ल्याइने जनाएको छ।

कसरी मारिए नेपाली सैनिक?

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार नेपाली शान्ति सैनिकले 'अप्रेसन बाली सञ्चालन' गरिरहेको बेला विद्रोहीहरूले लुकेर गोली चलाएका थिए। त्यसक्रममा नेपाली शान्ति सैनिक घाइते भएका थिए।

उनलाई हेलिकोप्टरबाट उद्धार गरेर उपचारका लागि बुनियास्थित राष्ट्रसङ्घीय अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनको निधन भएको थियो।

अप्रेसन बालीका दौरान खटिएका अन्य नेपाली शान्ति सैनिक सुरक्षित रहेको सैनिक प्रवक्ताको भनाइ छ।

नेपाली सेनाका प्रवक्ताले ती शान्ति सैनिक सिपाही सुर्खेतका अनिल गुरुङ भएको सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन्।

उनले लेखेका छन्, "शान्ति स्थापना जस्तो महान् कार्यमा ज्यान गुमाउने उनको उनको योगदान र सर्वोच्च बलिदानप्रति नेपाली सेना उच्च सम्मान गर्दछ।"

"दुखको यो घडीमा परिवारका सदस्यहरूलाई हार्दिक समवेदना प्रकट गर्दछौँ।"

आफ्ना सहप्रवक्तामार्फत जारी गरिएको विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका महासचिवले पनि मृतक शान्ति सैनिकका परिवार, नेपाल सरकार र नेपाली जनतालाई समवेदना प्रकट गरेका छन्।

मृतक सैनिकको शव संयुक्त राष्ट्रसङ्घको मुख्यालयसँगको समन्वयमा नेपाल ल्याइने सेनाका प्रवक्ताले बताए।

उनी भन्छन्, "यसरी शान्ति मिसनका क्रममा ज्यान गुमाउने सैनिकहरूको शव नेपालमा ल्याउने व्यवस्था विगतमा पनि मिलाउने गरिएको छ।"

"न्यूयोर्कस्थित हाम्रो राष्ट्रसङ्घीय मिसनसँग समेत समन्वय गरेर हामी ज्यान गुमाएका सैनिकको शव नेपाल ल्याउने व्यवस्था मिलाउँछौँ।"

सन् २०२२ को ज्यानुअरीसम्मको तथ्याङ्क अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गोस्थित राष्ट्रसङ्घीय मिसनमा करिब १,१०० नेपाली शान्ति सैनिक खटिएका छन्।

परिवारलाई राहत र सम्मान

नेपाली सेनाका प्रवक्ता सिलवालले संयुक्त राष्ट्रसङ्घ र नेपाली सेना दुवैले ज्यान गुमाउने शान्ति सैनिकका परिवारलाई राहत उपलब्ध गराउने बताए।

उनले भने, "मिसन क्षेत्रको जोखिम अनुसार तोकिएको राहत र क्षतिपूर्ति रकम संयुक्त राष्ट्रसङ्घले परिवारलाई उपलब्ध गराउँछ। अङ्गभङ्ग हुनेहरूलाई पनि क्षतिपूर्ति दिने गरिन्छ।"

"त्यसबाहेक राष्ट्रसङ्घबाट सम्मान र नेपाली सेनाबाट पनि सहयोग उपलब्ध गराउने गरिन्छ।"

उनी थप्छन्, "हाम्रोतर्फबाट परिवारले प्राप्त गर्ने सुविधा, सम्मान, राहत, पेन्सन र कल्याणकारीले दिने सहुलियत सबै उपलब्ध हुन्छ।"संयुक्त राष्ट्रसङ्घले मिसनमा खटिने क्रममा ज्यान गुमाएका शान्ति सैनिकलाई आफ्ना पूर्व महासचिवको नाममा स्थापित ड्याग ह्यामरशोल्ड मेडल समेत उपलब्ध गराउने गरेको छ।

राष्ट्रसङ्घको महासभाले सन् २०१० अनुमोदन गरेको एउटा प्रस्ताव अनुसार मृतक शान्ति सैनिकलाई ७०,००० अमेरिकी डलर राहत स्वरूप उपलब्ध गराउने गरिन्थ्यो।

तर सन् २०१८ मा अर्को प्रस्ताव पारित गर्दै महासभाले अङ्गभङ्ग भएका र ज्यान गुमाएकाहरूलाई दिइने क्षतिपूर्ति रकम १० प्रतिशतले बढाउने निर्णय गरेको थियो।

नेपाली सेनाको अनुसार हालसम्म ७२ जनाले शान्ति मिसनमा खटिँदा ज्यान गुमाएका छन् भने ६६ जनाको अङ्गभङ्ग भएको छन्।

सबैभन्दा पहिले २०३६ साल पुसमा नेपाली सेनाका सिपाही गंगाबहादुर दर्लामीले लेवनानमा ज्यान गुमाएका थिए।

बढी फौज पठाउने दोस्रो राष्ट्र नेपाल

सन् १९५८ मा पाँच जना सैनिक पर्यवेक्षकसहित राष्ट्रसङ्घीय शान्ति मिसनहरूमा खटिन थालेको नेपाली सेनाले हालसम्म एक लाख ४० हजारभन्दा बढी फौज राष्ट्रसङ्घीय मिसनहरूलाई उपलब्ध गराएको छ।

ज्यानुअरीसम्मको तथ्याङ्क अनुसार नेपालबाट ५,६०० भन्दा बढी सैनिक र प्रहरीहरू राष्ट्रसङ्घीय मिसनमा कार्यरत छन्।

उक्त आँकडाले नेपाललाई बाङ्गलादेशपछि सबैभन्दा बढी शान्ति सैनिक तथा प्रहरी उपलब्ध गराउने देशको सूचीमा पुर्‍याएको छ।

नेपालले संयुक्त राष्ट्रसङ्घले अनुरोध गरेमा एक पटकमा १०,००० सम्म शान्ति सैनिक खटाउनसक्ने जनाएको छ।

आकर्षक तलब र सुविधा हुने भएकाले शान्ति सेनामा सहभागिताप्रति नेपाली सेनामा उच्च आकर्षण रहेको पाइन्छ। प्रत्येक शान्ति सैनिकलाई मासिक १,४२८ डलर दिने निर्णय राष्ट्रसङ्घले गरेको छ।

मिसनबाट खटिँदा सैनिकहरूबाट सङ्कलित हुने रकमको निश्चित प्रतिशत सेनाले आफ्नो कोषमा जम्मा गर्ने गरेको छ। र त्यसबाट प्राप्त हुने ब्याजबाट नेपाली सेनाले आफ्नो कल्याणकारी कार्य सञ्चालन गर्दै आएको छ।

नेपाली शान्ति सैनिकको प्रशंसा

सन् २००८ मा नेपालको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि मुनले सन् २००५ को जुनमा कङ्गोको मिसनमा ज्यान गुमाएका एक जना नेपाली मेजरले प्रदर्शन गरेको बहादुरीको चर्चा गरेका थिए। सामुहिक बलात्कारको अनुसन्धान गरिरहेका मानवअधिकारकर्मीहरूको एउटा टोलीलाई सुरक्षा दिन मेजर कबिन्द्रजङ्ग थापा खटिएका थिए।

उक्त टोली फर्कन लाग्दा सयौँ सशस्त्र विद्रोहीले हेलिकोप्टरलाई घेरेर गोली चलाएको उल्लेख गर्दै बानले सबै जना सुरक्षित भएर हेलिकोप्टर चढ्ने कुरा उनले सुनिश्चित गरेको उल्लेख गरेका थिए।

थापाको सम्मानमा तत्कालीन राष्ट्रसङ्घीय महासचिवले भनेका थिए, "सबैभन्दा अन्तिममा चढ्नेमा उनी थिए। तर हेलिकोप्टरभित्र प्रवेश गरे लगत्तै उनलाई गोली लाग्यो र उनी मारिए।"

"मेजर थापाले आफ्ना सहकर्मीको सुरक्षा गर्दै ज्यान गुमाए। उनले शान्ति र मानवअधिकारको रक्षा गर्दा गर्दै ज्यान गुमाए। उनले राष्ट्रसङ्घको सुरक्षा गर्दै ज्यान गुमाए।"

नेपालले शान्ति मिसनमा योगदान पुर्‍याएको ५० वर्ष पुगेको अवसरमा राष्ट्रसङ्घका महासचिवले नेपालको सहभागीतालाई अनुपम उदाहरण भनेका थिए।

कङ्गो मिसनमै खटिएकी नेपाल प्रहरीकी नायब उपरीक्षक संज्ञा मल्ललाई राष्ट्रसङ्घको उत्कृष्ट महिला प्रहरीको सम्मान दिएको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...

असी करोड आठ लाख राजस्व सङ्कलन

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...

झापामा अज्ञात व्यक्तिद्वारा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...

खानेतेल र चामलमा देखिएको अस्वाभाविक मूल्यवृद्धि पछाडिका सम्भाव्य कारण

काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...

चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...

बैतडी दुर्घटना अपडेट- मृत्यु हुनेको संख्या १३ पुग्यो

बैतडी ।  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...

म्याग्दीमा दलहरुलाई उछिनेर महावीर पुनले मार्लान् बाजी ?

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...

आइतबारदेखि कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE