Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

युक्रेन-रुस युद्ध : पुटिनका छोरीहरूलाई अमेरिकी प्रतिबन्ध

जेलेन्स्कीले गरे स्वागत, बाइडनले भन्छन् : ठूलो युद्ध अपराधभन्दा अरू केही होइन

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ।

उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख ब्याङ्कहरू पनि समावेश छन्।

युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो।

यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट भेटिएको थियो।

रुसले भने प्रमाणबिना किएभले त्यस्तो तस्बिर सार्वजनिक गरेको जनाएको छ।

भूउपग्रहबाट खिचिएका तस्बिरहरूले बुचा सहर रुसीहरूको नियन्त्रणमा हुँदा सर्वसाधारण मारिएका देखिए पनि बुधवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने घटनालाई "किएभको सत्ताले गरेको अशिष्ट अनि स्वार्थपूर्ण उत्तेजना" को संज्ञा दिएका छन्।

बुचामा भएको हत्याबारे आफ्नो धारणा राख्दै बुधवार अमेरिकी राष्ट्रपति जो बाइडनले ''ठूलो युद्ध अपराधभन्दा अरू केही नभएको'' टिप्पणी गरेका छन्।

उनले भने, ''जिम्मेवार राष्ट्रहरू अपराधीहरूलाई जबाफदेही बनाउन एकजुट हुनुपर्छ।''

अमेरिकाले पुटिनका छोरीहरू लक्षित पछिल्ला प्रतिबन्धहरू किन लागु गर्‍यो भन्ने प्रश्नमा बाइडन प्रशासनका एकजना वरिष्ठ अधिकारीले 'पुटिनको केही सम्पत्ति उनका छोरीहरूको नियन्त्रणमा रहेको हुनसक्ने' आफूहरूको बुझाइ रहेको बताए।

अमेरिका र ब्रिटेनले सार्वजनिक गरेका पछिल्ला प्रतिबन्ध प्रमुख रुसी ब्याङ्क अनि त्यहाँका धनाढ्यप्रति लक्षित रहेको बताइएको छ।

रुसको सबैभन्दा ठूलो वित्तीय संस्था स्वीएरब्याङ्कको अमेरिका र यूकेमा रहेको सम्पत्ति रोक्का गरिएको छ।

रुसमा थप ब्रिटिश अनि अमेरिकी लगानीमा पनि प्रतिबन्ध लागु छ।

प्रतिबन्धबारे युक्रेनको धारणा

युक्रेनका राष्ट्रपतिले रुस माथि लगाइएको थप प्रतिबन्धहरूको स्वागत गरेका छन्। तर त्यो अझै पर्याप्त भने नरहेको उनले टिप्पणी गरे।

आफ्नो पछिल्लो सम्बोधनका क्रममा भोलोदिमिर जेलेन्स्कीले रुसले उत्पादन गर्ने तेल बहिस्कार गर्न पश्चिमा मुलुकहरूलाई आग्रह गरे।

रुस विरुद्ध प्रतिबन्ध लगाउने विषयमा तत्काल सहमति नजुटेका कारण थप युक्रेनीहरूले ज्यान गुमाइरहेको उनले बताएका छन्।

जेलेन्स्कीले तेल निर्यातबाट राम्रो आर्जन गरिरहेका कारण रुसलाई शान्ति वार्ता गम्भीर रूपमा लिन आवश्यक नरहेको धारणा व्यक्त गरेका छन्।

उनले रुसी ब्याङ्कहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट पूर्ण रूपमा अलग्गै राख्नुपर्नेमा युक्रेनले जोड दिइरहने बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending