काठमाडौँ । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रलाई कारवाही सिफारिस गरिएको छ। पार्टीका बहुमत सदस्यहरुले कारवाही गरेर निर्वाचन आयोगमा बुझाएका थिए । कारवाही सिफारिस गरिएका मिश्रले विचारभन्दा माथि देश भन्ने दस्ताबेज ल्याएदेखिनै पार्टीमा विवाद उत्पन्न भएको हो ।
मंगसिर २४ गते विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण गरेर विवेकशील साझा पार्टी बनेको थियो। पार्टी अध्यक्ष रवीन्द्र मिश्र थिए भने संयोजक मिलन पाण्डे थिए । अध्यक्ष र संयोजक मिलेर पार्टी संचालन गर्ने भनेर एकीकरण भएको थियो। गत साउन ११ गते रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भनेर दस्ताबेज ल्याए । उक्त दस्ताबेजमा मिलन पाण्डे, रन्जु दर्शना, केशव दाहाल, रमेश पौड्याल लगायत नेताहरुले विरोध गरे ।
तर रवीन्द्र मिश्र भने बहुमतको आधरमा पाण्डे पक्षलाई पेल्दै अघि बढ्यो । मिलन पाण्डे र रन्जु दर्शनालाई कारवाही गरियो। पाण्डे पक्षका करिव २ दर्जन नेताहरुले राजिनामा दिए ।
अहिले रवीन्द्र मिश्र पक्षकै मार्ग परिवर्तन भन्ने दस्ताबेज मान्ने नेताहरु विच पनि विवाद भएको छ। यो विवादले मिलन पाण्डे पक्ष सहि थियो र दस्ताबेजले ल्याएको तरंग क्षणिक थियो भन्ने देखिएको छ।
अहिले भिम आचार्यको नेतृत्वमा एउटा पक्ष निर्वाचन आयोग पुगेको छ । ६८ जनाको हस्ताक्षर सहित उक्त पक्षले निर्वाचन आयोगमा रवीन्द्र मिश्रलाई अध्यक्षबाट हटाएको पत्र पनि दिएको छ ।
अहिले ६८ जना रवीन्द्र मिश्रको पक्षमा, त्यस्तै ६८ जना उनको विरोधमा र यो दस्ताबेज आएबेला देखिनै विद्रोह गर्दै आएको पाण्डे समुहमा करिव २५ जना नेताहरु छन् । पाण्डे समुहमा धेरैले राजिनामा दिएर पार्टी परित्याग गरिसकेका छन् ।
अहिले निर्वाचन आयोगमा १६३ जना केन्द्रीय सदस्य अध्यावधिक छन् भने अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेनै कायम छन् ।
अब मिलन पाण्डे पक्ष जहाँ उभिन्छ पार्टी आधिकारिक रुपमा त्यहि रहन्छ। पार्टीमा विचार पनि मिलन पाण्डे समुहकै स्वीकार हुँदै गएको र आधिकारिकताका निम्ति पनि मिलन पाण्डे समुहनै निर्णायक हुने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: