Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा दर्ता

खबरडबली संवाददाता

काठमाडौँ । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रलाई कारवाही सिफारिस गरिएको छ। पार्टीका बहुमत सदस्यहरुले कारवाही गरेर निर्वाचन आयोगमा बुझाएका थिए । कारवाही सिफारिस गरिएका मिश्रले विचारभन्दा माथि देश भन्ने दस्ताबेज ल्याएदेखिनै पार्टीमा विवाद उत्पन्न भएको हो । 

मंगसिर २४ गते विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण गरेर विवेकशील साझा पार्टी बनेको थियो। पार्टी अध्यक्ष रवीन्द्र मिश्र थिए भने संयोजक मिलन पाण्डे थिए । अध्यक्ष र संयोजक मिलेर पार्टी संचालन गर्ने भनेर एकीकरण भएको थियो। गत साउन ११ गते रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भनेर दस्ताबेज ल्याए । उक्त दस्ताबेजमा मिलन पाण्डे, रन्जु दर्शना, केशव दाहाल, रमेश पौड्याल लगायत नेताहरुले विरोध गरे । 

तर रवीन्द्र मिश्र भने बहुमतको आधरमा पाण्डे पक्षलाई पेल्दै अघि बढ्यो । मिलन पाण्डे र रन्जु दर्शनालाई कारवाही गरियो। पाण्डे पक्षका करिव २ दर्जन नेताहरुले राजिनामा दिए । 

अहिले रवीन्द्र मिश्र पक्षकै मार्ग परिवर्तन भन्ने दस्ताबेज मान्ने नेताहरु विच पनि विवाद भएको छ। यो विवादले मिलन पाण्डे पक्ष सहि थियो र दस्ताबेजले ल्याएको तरंग क्षणिक थियो भन्ने देखिएको छ। 

अहिले भिम आचार्यको नेतृत्वमा एउटा पक्ष निर्वाचन आयोग पुगेको छ । ६८ जनाको हस्ताक्षर सहित उक्त पक्षले निर्वाचन आयोगमा रवीन्द्र मिश्रलाई अध्यक्षबाट हटाएको पत्र पनि दिएको छ । 

अहिले ६८ जना रवीन्द्र मिश्रको पक्षमा, त्यस्तै ६८ जना उनको विरोधमा र यो दस्ताबेज आएबेला देखिनै विद्रोह गर्दै आएको पाण्डे समुहमा करिव २५ जना नेताहरु छन् । पाण्डे समुहमा धेरैले राजिनामा दिएर पार्टी परित्याग गरिसकेका छन् । 

अहिले निर्वाचन आयोगमा १६३ जना केन्द्रीय सदस्य अध्यावधिक छन् भने अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेनै कायम छन् । 

अब मिलन पाण्डे पक्ष जहाँ उभिन्छ पार्टी आधिकारिक रुपमा त्यहि रहन्छ। पार्टीमा विचार पनि मिलन पाण्डे समुहकै स्वीकार हुँदै गएको र आधिकारिकताका निम्ति पनि मिलन पाण्डे समुहनै निर्णायक हुने देखिएको छ। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: