काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको सकस परेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति गरेर शान्ति प्रक्रियामा आएको भएपनि सहमति पालना नभएपछि दबाव बढेको हो।
ओली सरकार बढेपछि पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्दा समेत विप्लव नेताहरुको बालुवाटार दौड रोकिएको छैन। मंगलबार पनि नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारी टोलीबीच भेटवार्ता भएको छ।
भेटमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, गृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सहभागिता रहेको थिए।
भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको भन्दै रोष प्रकट गरेका थिए। उनले नेकपाका नेता कार्यकर्ता रिहा नभएकोले एक हप्ताभित्र सबै बन्दीलाई रिहा गर्नुपर्ने र नेकपाका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा यथाशक्य छिटो खारेज गर्नु पर्ने बताएका थिए।
सरकारी टोलीले तीन बुँदे कार्यान्वयनमा सरकार इमान्दार भएको जवाफ दिएका थिए।
तर, नेकपा केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश वली सरकारले आश्वास दिएपनि सहमति पालनामा इमान्दार नभएको बताउँछन्।
उनी भन्छन्, 'उहाँहरुले सबैले तुरुन्तै हुन्छ। र, गछौँ भन्नुहुन्छ। देउवा स्वयमले हाम्रो महासचिव (विप्लव)सँगको पछिल्लो वार्तामा एकखाले मुद्दा लगाएकाहरुलाई एक हप्ताभित्रै छाडिदिन्छु भन्नुभएको थियो। त्यो पनि पुरा भएन। अरु मुद्धाको बिषयमा मन्त्रिपरिषद्को बैठक बसेर नभए अध्यादेश ल्याएरै भएपनि छाड् दिन्छौँ भन्नुभएको थियो।'
सरकारले वेवास्ताप्रति आफूहरुले गम्भिर रुपमा हेरिरहेको बताए।
'हामीले सरकारसँग तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आयौँ। त्यसबेलाका केपी शर्मा ओलीको कम्युनिष्ट सरकार थियो। जसले हामीलाई प्रतिबन्ध लगायो। हजारौँ नेता कार्यकर्तालाई झूटा मुद्धा लगायो' उनले भने, 'त्यो सन्दर्भमा झूटा मुद्धा खारेज गर्ने र बन्दीहरूलाई रिहा गर्ने प्रक्रिया थियो। त्यसमा कुनै लागू भएन।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: