काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको सकस परेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति गरेर शान्ति प्रक्रियामा आएको भएपनि सहमति पालना नभएपछि दबाव बढेको हो।
ओली सरकार बढेपछि पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्दा समेत विप्लव नेताहरुको बालुवाटार दौड रोकिएको छैन। मंगलबार पनि नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारी टोलीबीच भेटवार्ता भएको छ।
भेटमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, गृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सहभागिता रहेको थिए।
भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको भन्दै रोष प्रकट गरेका थिए। उनले नेकपाका नेता कार्यकर्ता रिहा नभएकोले एक हप्ताभित्र सबै बन्दीलाई रिहा गर्नुपर्ने र नेकपाका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा यथाशक्य छिटो खारेज गर्नु पर्ने बताएका थिए।
सरकारी टोलीले तीन बुँदे कार्यान्वयनमा सरकार इमान्दार भएको जवाफ दिएका थिए।
तर, नेकपा केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश वली सरकारले आश्वास दिएपनि सहमति पालनामा इमान्दार नभएको बताउँछन्।
उनी भन्छन्, 'उहाँहरुले सबैले तुरुन्तै हुन्छ। र, गछौँ भन्नुहुन्छ। देउवा स्वयमले हाम्रो महासचिव (विप्लव)सँगको पछिल्लो वार्तामा एकखाले मुद्दा लगाएकाहरुलाई एक हप्ताभित्रै छाडिदिन्छु भन्नुभएको थियो। त्यो पनि पुरा भएन। अरु मुद्धाको बिषयमा मन्त्रिपरिषद्को बैठक बसेर नभए अध्यादेश ल्याएरै भएपनि छाड् दिन्छौँ भन्नुभएको थियो।'
सरकारले वेवास्ताप्रति आफूहरुले गम्भिर रुपमा हेरिरहेको बताए।
'हामीले सरकारसँग तीन बुँदे सहमति गरेर शान्ति प्रक्रियामा आयौँ। त्यसबेलाका केपी शर्मा ओलीको कम्युनिष्ट सरकार थियो। जसले हामीलाई प्रतिबन्ध लगायो। हजारौँ नेता कार्यकर्तालाई झूटा मुद्धा लगायो' उनले भने, 'त्यो सन्दर्भमा झूटा मुद्धा खारेज गर्ने र बन्दीहरूलाई रिहा गर्ने प्रक्रिया थियो। त्यसमा कुनै लागू भएन।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: