Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

श्रीलंकामा आर्थिक संकट : साना दलका ४० सांसद राष्ट्रपतिको गठबन्धन छोड्ने घोषणा

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काका ४० भन्दा बढी सांसदले राष्ट्रपति गोटाबाय राजापक्षको मिलीजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । 

गोटाबायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलहरूका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएपछि वर्तमान् सरकार थप सङ्कटमा परेको छ ।

आर्थिक र विदेशी मुद्राको कमीका कारण ऊर्जा सङ्कट भोगिरहेको श्रीलङ्कामा राजापक्षको राजीनामा माग्दै ठूला प्रदर्शन भइरहेका समय ती साना दलहरूको निर्णय आएको हो । सांसदहरूको निर्णयले राजापक्षलाई पार्ने असरका बारेमा स्पष्ट छैन । ती दलले आफूलाई सरकारबाट टाढा राखे पनि प्रतिपक्षी दललाई समर्थन गरेका छैनन् ।

यो निर्णयपछि संसद्मा प्रधानमन्त्रीको अवस्थाका बारेमा प्रश्न उठाएको छ । राजापक्षको मन्त्रिमण्डलका सदस्यले राजीनामा गरिसकेका छन् तर राजापक्ष र उनका दाइ प्रधानमन्त्री महिन्दा राजापक्षले राजीनामा दिन अस्वीकार गर्दै आएका छन् । राष्ट्रपतिले प्रतिपक्षी दलहरूलाई राष्ट्रिय सरकारका लागि आह्वान गर्दै मन्त्रिपरिषद्मा आउन अनुरोध गरेका छन् ।

प्रतिपक्षी दलहरूले सो अनुरोधलाई अस्वीकार गर्दै उनको राजीनामा मागेका छन् । “जनताले चाहेको कुरा भनेको राष्ट्रपति र उनको सरकारले राजीनामा देओस् भन्ने हो,” प्रमुख प्रतिपक्षी दल सामागी जन बालावेगायाका सजिथ प्रेमादासाले भने। 

मङ्गलवार नवनियुक्त अर्थमन्त्रीले २४ घण्टा पनि नबित्दै राजीनामा दिने घोषणा गरेसँगै सरकारले आर्थिक सङ्कटलाई थेग्न नै नसकिने अवस्थामा पुगेको पुष्टि भएको छ ।

“मानिसहरू आफ्नो दैनिक दालचामल र आधारभूत आवश्यकताका वस्तुहरू पनि किन्न नसकने अवस्थामा रहेको काममा वा विद्यालय जान बस चढ्न समेत समस्या हुन थालेको एक प्रदर्शनकारीले बताए । 

ती प्रदर्शनकारीले भने, “योभन्दा कति खराब अवस्था हुन सक्छ? पेट्रोल छैन, डिजेल छैन, कागत नभएर बच्चाहरूले परीक्षा दिन पाएका छैनन् ।” 

गएका केही दिनयता प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग्न थालेका छन् । बिहीवार राति राष्ट्रपति भवन बाहिरको प्रदर्शन हिंसात्मक बनेपछि प्रदर्शन रोक्न शुक्रवारदेखि आइतवारसम्म लगाइएको कर्फ्यु पनि प्रदर्शनकारीले तोडेका थिए । 

यससँगै सन् २०१९ को निर्वाचनमा लोकप्रिय बहुमतले विजयी भएका राजापक्षको लोकप्रियतासमेत निकै कम भएको जोकोहीले अनुमान गर्नसक्छ । 

विदेशी मुद्राको सञ्चिती नभएका कारण श्रीलङ्काले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन । सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलङ्कामा देखिएको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो ।

श्रीलङ्का फ्रिडम पार्टीका नेता तथा पूर्वराष्ट्रपति सिरीसेनाले संसद्मा भने, “इन्धन र खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुहरूको अभाव छ । औषधि नभएरै अस्पतालहरू बन्द हुने अवस्थामा पुगेका छन् ।” 

यो अवस्थामा श्रीलङ्का फ्रिडम पार्टी प्रदर्शनकारी जनताको पक्षमा उभिने उनले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending