Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

चुनावी घोषणापत्र : भत्ता वृद्धिदेखि स्याहार केन्द्रसम्म

खबरडबली संवाददाता

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रको तयारीमा दलहरु जुटेका छन् । गत निर्वाचनमा गरिएका वाचा आफू निर्वाचित भएको पालिकाबाट के कति पूरा भए भनेर पनि अहिले समीक्षा हुन थालेका छन् ।

हरेक निर्वाचनमा सबैजसो दलको मुख्य कार्यसूची बन्ने गरेको सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकको सम्मानको सवाल यसपटक पनि प्राथमिकतामा पर्ने देखिएको छ । मनमोहन स्मृति प्रतिष्ठानले आज ज्येष्ठ नागरिकका सवाललाई आशन्न स्थानीय तहको निर्वाचनमा दलको प्रतिबद्धतापत्रमा प्राथमिकतामा पार्न पहल सुरु गरेको छ । विसं २०५२ मा नेकपा ९एमाले० का तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु भएको वृद्ध भत्तालाई वृद्धिसहित निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिन थालिएको छ । प्रतिष्ठानले आज आयोजना गरेको ज्येष्ठ नागरिक संवाद कार्यक्रममा ज्येष्ठ नागरिक र यससम्बन्धी काम गर्ने सामाजिक संस्था र विज्ञहरुले वृद्ध भत्ता वितरणको ढाँचामा भने पुनरावलोकन गर्न सुुझाव दिएका छन् ।

अर्थविद् डा चन्द्रमणि अधिकारीले धनी र गरिबबीचको वर्गीकरणका आधारमा गरिब भएका ज्येष्ठ नागरिकलाई मात्रै भत्ता दिने या ज्येष्ठ नागरिकको लिभिङ कष्ट व्यहोर्ने भन्ने नीतिमा सरकार स्पष्ट हुनुपर्ने बताए । डा अधिकारीले  सरदर आयुमा आउने भिन्नताबीच बीच ज्येष्ठ नागरिक भत्ता दिने उमेर ७० को मापदण्ड सबै भूगोलका लागि ठीक या बेठीक भन्ने बहस चलाउन आग्रह गरे ।

ज्येष्ठ नागरिक महिलाका सवालमा काम गर्दै आएको एजिङ नेपालका कार्यकारी निर्देशक प्रकाश गौतमले विपन्न र धनी दुवैलाई एकैसाथ उत्तिकै वृद्धभत्ता दिइरहनुको सान्दर्भिकता नहुने तर्क राख्दै वितरणको वैज्ञानिक मापदण्ड बनाउन माग गरे । अनुसन्धान र प्राध्यापनमा संलग्न डा पदम खतिवडाले कुनै ज्येष्ठ नागरिकले ८० वर्ष उमेरसम्म सियोमा धागो हाल्न सक्ने गरी आँखा देख्न सक्ने र कुनैले त्योभन्दा कम उमेरमा पनि त्यो काम गर्न नसक्ने भएकाले सबैलाई एउटै बास्केटमा राखेर हेर्न नहुने उल्लेख गर्दै पुस्तान्तरणको साटो अन्तरपुस्ताको आवधारणाबाट काम गर्न सुभाव दिए । 

ज्येष्ठ नागरिक दिव्येश्वर साहले गत निर्वाचनमा वाम गठबन्धनले मासिक रु पाँच हजार वृद्ध भत्ता दिने घोषणा गरेको र हाल रु चार हजार मात्र रहेको बारे ध्यानाकर्षण गराउँदै भत्ता बढाउन आग्रह गरे । ज्येष्ठ नागरिक फटिक थापाले समुदायमा आधारित दिवा स्याहार केन्द्र खोलिनुपर्ने बताए । ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत वसन्त कार्कीले सय वर्ष नाघेका नागरिकलाई विशिष्ट नागरिकको उपाधिसहित सम्बन्धित पालिकाले सम्पूर्ण पालनपोषणको जिम्मा लिनुपर्ने बताउनुभयो ।

अर्का ज्येष्ठ नागरिक राजाराम पन्तले यस क्षेत्रका संस्थाको क्षमता विकास र भ्रमणको अनुभव उपलब्ध गराउन आग्रह गरे। ज्येष्ठ नागरिक समाजका महासचिव सोमनाथ सापकोटाले अशक्त ज्येष्ठ नागरिकलाई घरघरमै गएर भत्ता र सेवा दिने गरी घोषणापत्र ल्याउन सुझाव दिए । उहाँले घर परिवारले हेर्न नसक्ने वा परिवार नभएका ज्येष्ठ नागरिकका लागि हरेक पालिकामा वृद्धाश्रम आवश्यक रहेको बताए । 

सुझाव श्रवणपछि प्रतिष्ठानका अध्यक्ष एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ज्येष्ठ नागरिकको कल्याणका लागि आफ्नो पार्टी सधँै तत्पर रहेको र आगामी निर्वाचनमा कस्ता मुद्दालाई ध्यान दिनुपर्ने भन्नेबारेमा प्राप्त सुझावलाई नीतिगत र व्यवहारिक तहमा कार्यान्वयनमा लगिने विश्वास दिलाउनुभयो । एमालेको घोषणापत्र तयारी समितिका संयोजक पूर्वउपप्रधानमन्त्री पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीबाट वैशाख ९ गते घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending