Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पार्टीका नीति तथा कार्यक्रम वडासम्म पुर्याइँदै

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातालाई पार्टीका नीति तथा कार्यक्रम प्रभावकारीरुपमा अगाडि बढाउन पार्टीको स्थानीय सङ्गठनलाई जिम्मेवारी दिएको छ । 

निर्वाचनमा नगर, वडा, गाउँलगायत विभिन्न पदमा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले आफ्ना पक्षका उम्मेदवारलाई विजय गराउन मतदातालाई आवश्यक सूचना शिक्षा तथा घोषणापत्रसम्बन्धी सन्देशलाई उपलब्ध गराउन सङ्गठनले भूमिका निर्वाह गर्ने प्रचार विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए  । मतपत्र लामो हुने हुँदा मतदाताबाट हुन सक्ने सम्भाावित त्रुटि न्यूनीकरण गर्न प्रयास गरिएको छ ।

सत्ता साझेदार दलबीच गठबन्धन बनाएर चुनावमा जाने हालै भएको समझदारी पछि साझा उम्मेदवार तय गर्ने जिम्मेवारी पनि पार्टीको स्थानीय तहलाई दिइने छ । स्थानीय तहमा लोकप्रिय भई पार्टी सङ्गठनको हितमा कार्य गरेका नेता तथा कार्यकर्तालाई उम्मेदवार बनाउने, गठबन्धनको भावनालाई आत्मसात् गर्दै साझा व्यक्तिका रुपमा कार्यसम्पादन गर्न सक्षम व्यक्तित्वको कार्यशैलीलाई हेरेर उम्मेदवार बनाउने विषयमा सम्बनिधत दलसंग परामर्श भइरहेको छ । सङ्गठनद्वारा स्थानीय विकास निर्माणका साथै समस्या समाधानमा क्रियाशील व्यक्तिलाई जनताले स्थानीय तहका जनप्रतिनिधि छनोट गर्ने विश्वास गरिएको छ । 

यसैगरी निर्वाचनको प्रचारका लागि भिडियो, टिकटक, पर्चा पम्प्लेट, समाजिक सञ्जाल लगायतबाट प्रसारण गरी सन्देश सार्वजनिक गरिने जनाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: