Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

अघिल्लो निर्वाचनमा गठबन्धन : कतै सफल, कतै असफल

'गठबन्धन बनाएर अगाडि बढ्दा मुलुकमा स्थिरता र स्थायित्व हुन्छ'

खबरडबली संवाददाता

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा सीमित स्थानमा मात्रै गठबन्धन सफल भएको नजिरबीच आगामी स्थानीय निर्वाचनमा गठबन्धन गर्नेबारे सत्ताधारी गठबन्धनमा सहभागी दलहरू तयारीमा जुटेका छन्।

गठबन्धनको ढाँचाबारे नेपाली कांग्रेसमा लामो बहस र मतभेद भएका विवरणहरू आएका छन्।

यसअघिको स्थानीय निर्वाचनमा गठबन्धन निर्माणमा सहभागी नेता र गठबन्धनका उम्मेदवार नजिकको प्रतिस्पर्धा भएका निश्चित स्थानमा मात्रै गठबन्धनले सफलता पाउन सक्ने बताउँछन्।

विसं २०७४ सालमा भएको अघिल्लो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच एक दर्जनभन्दा बढी स्थानीय तहमा गठबन्धन भएको थियो। ती मध्येको एक थियो गुल्मीको सत्यवती गाउँपालिका।

यो गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा पारिश्वर ढकाल र माओवादीबाट उपाध्यक्षमा टोपला राहाडीले उम्मेदवारी दिए। तर कांग्रेसका अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षमा उम्मेदवारी दिएकी राहाडी पराजित भइन्।

"मत गणना गर्दा खेरी कांग्रेसबाट मलाई जुन मत आउनुपर्थ्यो त्यो आएन। घात गरेको हो जस्तो लाग्छ मलाई," आफू पराजित हुनुको कारण उनले बीबीसी न्यूज नेपालीलाई सोमवार टेलिफोनमा सुनाइन्।

उनी सहभागी राजनीतिक दलले गठबन्धनमा पहल गरिरहँदा माओवादी गाउँ कमिटी उपाध्यक्ष रहेकी राहाडी चुनावी तालमेलबारे उत्साहित देखिइनन्।

"गठबन्धन पनि त्यस्तै रहेछ। आफ्नो आफ्नो आत्मबल लिएर आफ्नो आफ्नो विचार लिएर अघि बढ्नुपर्छ जस्तो मलाई लाग्छ," उनी भन्छिन्।

अघिल्लो निर्वाचनमा के भएको थियो?

गुल्मीका धेरै स्थानीय तहमा तत्कालीन सत्ताधारी कांग्रेस र माओवादीले तालमेल गरे पनि एउटा धुर्कोट गाउँपालिकामा मात्रै गठबन्धनले प्रमुख र उपप्रमुख दुवैमा सफलता हात पार्‍यो।

कांग्रेस-माओवादीले तालमेल गरेको सत्यवती र कालिगण्डकी गाउँपालिकाका प्रमुखमा कांग्रेस उम्मेदवार निर्वाचित भए पनि उपप्रमुखमा माओवादी उम्मेदवार पराजित भए।

गठबन्धन भए पनि रुरु र छत्रकोट गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा एमाले उम्मेदवारहरू निर्वाचित भए।

अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका बाहेकका धेरै स्थानमा गठबन्धनको प्रभावकारिता कमै मात्र देखिएको जानकारहरू बताउँछन्।

भरतपुर महानगरमा कमजोर मानिएको नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँग गठबन्धन गरेर मेयरमा आफ्नी उम्मेदवार रेणु दाहाललाई विजयी गराउन सफल भएको थियो। यो महानगरमा उपमेयरमा पनि गठबन्धनबाटै कांग्रेसकी पार्वती शाह ठकुरी निर्वाचित भइन्।

गठबन्धनविरुद्ध एक्लै जित

नयाँ संविधान जारी भएपछि बनेका स्थानीय सरकारको पहिलो निर्वाचन हुँदा पनि अहिलेजस्तै कांग्रेस र माओवादीको गठबन्धन सरकार थियो। त्यस कारण पनि धेरै गठबन्धनहरू सरकारमा सँगै रहेका दलहरूबीच नै भयो।

तर माओवादीले तनहुँमा भने प्रतिपक्षी एमालेसँग गठबन्धन गरेको थियो। तनहुँको व्यास नगरपालिकामा एमाले र माओवादीबीच तालमेल भएको थियो। तर यो नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस एक्लैले जित हासिल गर्‍यो।

कांग्रेस-माओवादी, एमाले-राप्रपा तथा अन्य दलहरू सहितको गठबन्धनबीच पनि धेरै स्थानमा एकल प्रतिस्पर्धा गरेका दलका उम्मेदवार निर्वाचित भए।

भिन्न दुई गठबन्धनको चुनौतीबीच पनि कांग्रेसले विराटनगर महानगरपालिकामा एक्लै जित हात पार्‍यो।

यो महानगरमा कांग्रेस बाहेकका प्रमुख शक्तिहरू नेकपा एमाले, तत्कालीन सङ्घीघ समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहित नेकपा माओवादी केन्द्रले फरक दुई गठबन्धन बनाएका थिए।

विसं २०५४ सालमा विराटनगर नगरपालिकाको चुनाव जितेको एमालेले महानगरमा प्रभावशाली शक्तिको रूपमा हेरिएको फोरम लोकतान्त्रिकसँग गठबन्धन गरेको थियो।

माओवादीले भने फोरम नेपाल र नयाँ शक्तिसँग गठबन्धन गरेर साझा उम्मेदवार अघि सारेको थियो।

अन्य दलका गठबन्धन उम्मेदवारलाई पछि पार्दै यो महानगरको प्रमुखमा भीम पराजुली र उपप्रमुखमा इन्दिरा कार्की दुवै कांग्रेसबाट निर्वाचित भए।

यस्तै नतिजा बुटवल उपमहानगरपालिकामा पनि देखियो। एमालेको किल्ला मानिने बुटवलमा अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरे।

तर गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एक्लै निर्वाचनमा होमिएको एमालेका शिवराज सुवेदी प्रमुखमा र गुमादेवी आचार्य उपप्रमुख विजयी भए।

गठबन्धन: कतै सफल कतै असफल

अघिल्लो स्थानीय तह निर्वाचन अघि गठबन्धनबारे छलफलमा कांग्रेसबाट सहभागी नेता रामशरण महत स्थानीय तहको आवश्यकताका आधारमा गठबन्धन गर्दा मात्रै सफलता हात लाग्ने अनुभव अघिल्लो निर्वाचनले दिएको बताउँछन्।

'स्थानीय तहकै सिफारिसका आधारमा हामीले आवश्यक भएका ठाउँमा अनुमति दिएका थियौँ' उनले भने, 'धेरै ठाउँमा राम्रै भयो, कहीँ कहीँ राम्रो भएन।'

पोखरा महानगरपालिकामा कांग्रेस-माओवादी तालमेल भए पनि प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार निर्वाचित भए। दर्ता गरिसकेको उम्मेदवारी फिर्ता लिएर यहाँ प्रमुख र उपप्रमुख दुवैमा माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो।

ललितपुर महानगरमा एमाले राप्रपा तालमेलबीच प्रमुख र उपप्रमुख दुवैमा एक्लै प्रतिस्पर्धामा उत्रिएको कांग्रेस विजयी भयो।

काठमाण्डू महानगरपालिकामा पनि एमाले र राप्रपाबीच तालमेल भयो। तर प्रमुखमा एमाले उम्मेदवार निर्वाचित भए पनि उपप्रमुखमा राप्रपा उम्मेदवार पराजित भए।

भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा कांग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको तालमेल हुँदा पनि एमालेका धुर्वराज राई प्रमुखमा निर्वाचित भए।

गठबन्धन किन आवश्यक?

नेपाली कांग्रेसकी नेत्री डिला सङ्ग्रौला अघिल्लो निर्वाचनमा तालमेल हुँदा कतिपय स्थानका पार्टीलाई फाइदा भए पनि कतिपय स्थानमा अर्को पार्टीलाई जिताउने माध्यम मात्रै हुनुपरेको बताउँछिन्।

अघिल्लो निर्वाचनको अनुभवलाई मध्यनजर गरेर गठबन्धन कहाँ र कसरी गर्नेबारे ढाँचा बनाउनुपर्ने उनको भनाइ छ।

'विगतको तीतोको पनि हामीले समीक्षा गरेका छौँ। के फाइदा भयो भन्ने कुरा छलफल गरेर कहाँ कहाँ कसरी गर्ने भन्नेबारे हरेक कुराको समीक्षा हुनुपर्छ' उनले भनिन्।

तर गठबन्धन सरकारको अभ्यास गरिरहेका दलहरूबीच आगामी निर्वाचनहरूमा पनि गठबन्धन गरेर जाने पक्षमा आफ्नो दल रहेको उनले बताइन्।

'जुन उद्देश्यले हामीले गठबन्धन बनायौँ त्यही उद्देश्य राखेर अगाडि बढ्दा मुलुकमा स्थिरता र स्थायित्व पनि हुन्छ।' बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...

असी करोड आठ लाख राजस्व सङ्कलन

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...

झापामा अज्ञात व्यक्तिद्वारा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...

खानेतेल र चामलमा देखिएको अस्वाभाविक मूल्यवृद्धि पछाडिका सम्भाव्य कारण

काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...

चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...

बैतडी दुर्घटना अपडेट- मृत्यु हुनेको संख्या १३ पुग्यो

बैतडी ।  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...

म्याग्दीमा दलहरुलाई उछिनेर महावीर पुनले मार्लान् बाजी ?

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...

आइतबारदेखि कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE