Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न

खबरडबली संवाददाता

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सिएएमसीइले हस्तान्तरण गर्ने भएको छ ।

चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको विमानस्थल आयोजना प्रमख विनेश मुनंकर्मीले जानकारी दिए ।

उनका अनुसार आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चीनका परराष्ट्रमन्त्री वाङ यीले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नेछन् । सोही समयमा पोखरा आयोजनास्थलमा पनि चिनियाँ निर्माण कम्पनीलाई पर्यटनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नुहुने कार्यक्रम रहेको आयोजनाले जनाएको छ । मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सम्पन्न भएकाले विमानस्थल हस्तान्तरण गर्न लागिएको हो । 

विमानस्थलको धावनमार्ग, टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल९एटिसी० भवनलगायत विभिन्न १४ भवन, ट्याक्सी वेलगायत मुख्य काम सकिएका छन् ।

विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले विमानस्थलका मुख्य काम सबै सकिएको र सामान्य केही काम मात्र बाँकी रहेको बताए । सरकारले यसै वर्षभित्रमा विमानस्थल सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

उनले भने, “रनवे, टर्मिनल भवन, यान्त्रिक उपकरण जडान, लाइटलगायत मुख्य काम सबै सकिएको छ । फेन्सिङ, प्यासेन्जर बडी बिल्ड र नालाको केही सामान्य काम मात्र बाँकी छ । यसका लागि अब धेरै समय लाग्दैन ।” निर्माण कम्पनीसँगको सम्झौताअनुसारका आयोजनाका मुख्य काम सकिएपनि विमानस्थल सञ्चालनका लागि पूर्णरुपमा तयार हुन अझै काम बाँकी नै छन् । आयोजनाका अनुसार नेपाली पक्षले गर्नुपर्ने ‘ल्याण्डफिल साइट’ व्यवस्थापन, विमानस्थलको पूर्वपट्टीको रिठेपानी डाँडा कटान र ‘फ्युल स्टेशन’को काम अझै सुरु हुन सकेको छैन । बाँकी कामका लागि कागजी प्रक्रिया अघि बढे पनि स्वीकृत हुन बाँकी छ ।

डाँडा कटानका लागि मन्त्रीपरिषद्ले पूरक प्रतिवेदन पेश गर्ने र वनसँग सम्झौता गर्ने गरी दुई पूर्व शर्तसहित यसअघिनै वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको थियो । पूरक प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश भइसकेको र स्वीकृतिको चरणमा रहेको अधिकृत फुयाँलले बताए । विमान उडान र अवतरणको सुरक्षाका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन ९आइकाओ०का मापदण्डअनुसार सो डाँडा ४० प्रतिशत कटान गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ ।

पर्यटकीय सहरका रुपमा स्थापित पोखरालाई हवाई सम्पर्कका माध्यमबाट विश्वका अन्य सहरसँग सिधा सम्पर्क कायम गर्न चार दशकअघिनै विमानस्थल बनाउने योजना अघि सारिएको थियो । लामो समयअघिको योजना विसं २०७४ मा आएर मात्र काम सुरु भएको हो । 

सन् २०२१ जुलाई १० भित्रमा काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता रहे पनि कोरोना सङ्क्रमणका कारण विमानस्थलको काम रोकिएकाले गत वर्ष थप एक वर्ष म्याद थपिएको थियो ।

निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम सुरु गरेको थियो । यसका लागि सन् २०१४ मे २२ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच व्यापारिक सम्झौता भएको थियो ।

त्यसपछि सन् २०१६ मार्च २१ मा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएकामा सोही वर्षको जुन ५ मा सरकार र नागरिक उड्डयन प्राधिकरण९क्यान०बीच सहुलियत ऋण सम्झौता भएको थियो ।

चीनको एक्जिम बैंकले सन् २०१७ को मे ३१ मा ऋण स्वीकृत गरेकामा सन् २०१८ फेब्रुअरी २५ मा नेपाल सरकार, नागरिक उड्डयन प्राधिकरण र चिनियाँ एक्जिम बैंकबीच विमानस्थल निर्माणका लागि आर्थिक स्रोतको सुनिश्चिता भएपछि निर्माण कार्य अघि बढाइएको थियो ।

इपिसि (इन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्जनाइजेशन (आइकाओ) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गरिएको हो । यस विमानस्थलमा बोइङ ७५७ र एयरबस २१९ मोडलका ‘न्यारोबडी’ विमान उडान तथा अवतरण गर्न सकिने छ ।

साविक छिनेडाँडा हाल पोखरा महानगरपालिका–१४ मा विसं २०३२ मा पहिलोपटक विमानस्थलका लागि तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । त्यसपछि विसं ०७१/०७२ मा थप ५२१ मध्येमा ५१५ रोपनी जमिन तथा ३५ घर टहरा अधिग्रहण गरिएको थियो । पछिल्लो पटक ‘आउटर पेरिफेरी रोड’का लागि भनेर पुन: ५९ रोपनी जमिन तथा ३४ घरटहरा अधिग्रहण गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिवि क्रिकेट मैदान खाली गराउने कुरा होइन, भाडा सम्झौता रिन्यू गर्ने हो: मन्त्री पोखरेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीचको भाडा सम्झौता पुन: नवीकरण हुने सरकारले स्पष्ट पारेको छ। प...

महेश बस्नेतकि श्रीमति पक्राउ, शोभा पाठक अस्पताल भर्ना

काठमाडौं । माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उनलाई उपचारका लागि अस्पताल पठाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई...

सशस्त्र प्रहरीको १३औँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको १३औँ महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मह...

सुकुमबासीबारे अध्ययननै नगरी राज्यले जे गरे पनि हुन्छ जस्तो गरी अघि बढ्यो: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सुकुम्वासी बस्तीमा सरकारले हतारमा डोजर चलाएको भन्दै असन्तुष्टि जनाएका छन्। महामन्त्री पौडेलले स...

माइतीघरमा महेश बस्नेतकि श्रीमति र शोभा पाठकबीच भुतालाभुताल

काठमाडौं । माइतिघर मण्डलामा सोमबार दिउँसो दुई समूहबीच झडप भएको छ। झडपमा एमाले नेता महेश बस्नेतकी पत्नी  अम्बिका बस्नेत र अभियन्ता सोभा पाठक प्रत्यक्ष ...

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गरेको छन्। नेपाली साहित्यका आदिकव...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बे लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। बैठकले उनलाई सर्वसम्...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा पार्टी संंस...

अव्यवस्थित बस्ती हटाइएका स्थान संरक्षण गर्न कार्यवाहक प्रमुख डङ्गोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमवासी बस्ती हटाइएपछि खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थ...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो। जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending