Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

गठबन्धनका सन्दर्भमा प्रचण्ड भन्छन् – आफ्नै तरिकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन

खबरडबली संवाददाता
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गरे  । दलहरुको सहकार्यबाटै संविधान बनेको भन्दै उनले भने “सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्यो ? के संविधानसभा हुन्थ्यो ? के संविधान जारी हुन्थ्यो ?” गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रुपमा भन्ने गरेको स्मरण गर्दै उनले सो कुरालाई बिर्सन नहुने बताए ।
 
गठबन्धनका सन्दर्भमा अध्यक्ष दाहालले अहिले केही साथीहरु मिलेर जाने होइन आफ्नै आफ्नै ढङ्गले जानुपर्छ भन्ने गरेको बताए । उनले भने,  “आफ्नै तरिकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन । आफ्नै आफ्नै तरिकाले पनि जान सकिन्छ ।” 
 
कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख कार्यकारी अधिकृत रामवन्धु सुवेदीले महानगरले गरेका विकास निर्माणबारे जानकारी गराएका थिए  । सो अवसरमा बागमती प्रदेशसभा सदस्य विजय सुवेदी, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष कृष्ण न्यौपाने, जसपाका सङ्घीय परिषद् सदस्य मुस्तफा अली, उद्योग वाणिज्य सङ्घ–चितवनका अध्यक्ष चुननाराण श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
 
महानगरले रु ९४ करोड ३२ लाखको लागतमा भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । महानगर प्रमुख दाहालले सङ्घीय सरकारबाट रु ३५ करोड र बागमती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको जानकारी दिए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending