काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनजन्य हिंसासम्बन्धी कानुनी विषयमा संसद्मा छलफल गर्न नपाउँदा समस्या समाधानमा अप्ठ्यारो भएको बताएकी छन् ।
लामो समयदेखि निरन्तर संसद् बैठक अवरुद्ध भएकाले कानुन निर्माण गर्न नसकी अध्यादेश ल्याउनुपर्ने अवस्था आएको उनको आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको कार्यक्रममा जानकारी गराएकी छन् । जनसङ्ख्याको ७५ प्रतिशतको प्रतिनिधित्व गर्ने मन्त्रालयमा बजेट धेरै न्यून रहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षमा मात्र रु एक अर्बभन्दा बढी पुर्याउन सफल भएको सुनाइन ।
“मन्त्रालयका लागि धेरै ठाउँमा लबिङ गरेर बजेट रु एक अर्ब ४५ करोड बनाइएको छ, आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल सुरु भएको छ, यौनजन्य हिंसासम्बन्धी कार्यक्रम समावेश गर्न सबैले पहल गरौँ, एउटा मात्र राम्रो कार्यक्रम समावेश गरेर कार्यान्वयन गर्न सकियो भने पनि धेरै उपलब्धि हुन्छ”, उनले भनिन् ।
राज्य सङ्घीय संरचनामा गएसँगै जिल्लामा रहेको महिला विकास शाखा खारेज भएसँगै सम्पर्क कार्यालय पनि नहुँदा काम गर्न समस्या भएको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कम्तीमा एउटा जिल्लामा चारजनामात्र कर्मचारी राखेर भए पनि सम्पर्क कार्यालय स्थापनाको तयारी गरिएको बताइन । यसका लागि अर्थ मन्त्रालयसँग पनि छलफल भइरहेको मन्त्री रेग्मीले जानकारी गराइन् ।
यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला महिला मन्त्रालय र आयोग स्थापना भएको सुनाउँदै उनले यसपटक पनि जिल्लामा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका समस्या सुन्नका लागि सम्पर्क कार्यालय स्थापना हुने विश्वास व्यक्त गरिन् ।
“महिला राष्ट्रपति भएकाले महिला दिवसको कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रण दिन समय माग गर्दा पनि महिला मन्त्रीले पाउन सकिनँ, पदमा पुगेपछि आग्रह पूर्वाग्रह राख्नु हुँदैन, मैले लामो समय अन्तरपाटी महिला सञ्जालको अध्यक्ष भएर काम गरेँ, पदमा पुगेपछि कहिल्यै पनि राजनीतिक आग्रह पूर्वाग्रहका भरमा काम गरेको छैन”, उनले भनिन् ।
यौन हिंसासम्बन्धी नीतिगत विषय सरकारको नीति तथा कार्यक्रममा के समावेश गर्नुपर्छ त्यस विषयमा लेखेर इमेल वा सचिवालयमा पठाउन मन्त्री रेग्मीले आह्वान गरिन् । पितृसत्ताको बाधा, व्यवधानविरुद्ध मन्त्रिपरिषद्मै लडेर पनि गाउँमा डोको बोक्ने महिलालाई सचेत बनाउने गरी महिलासम्बन्धी नीति तथा कार्यक्रम समावेश गरिने उनको प्रतिबद्धता थियो ।
राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले ‘लिभिङ टुगेदर’ का विषयमा स्पष्ट कानुन आवश्यक रहेको आवश्यकता औँल्याउँदै दाजुले बहिनी हजुरबाले नातिनी बलात्कार गर्ने क्रम बढेकाले यस्ता विषयलाई सम्बोधन गर्ने गरी कानुनी एवं नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिइन् ।
आयोगका सदस्य कृष्णाकुमारी पौडेल खतिवडाले १८ महिनाकी बालिका बलात्कार गर्नेले दुई वर्षअघि यस्तै मुद्दामा समातिएको उल्लेख गर्दै पटकपटक यस्तो घटना गर्नेलाई कडा कारबाही गरिनुपर्ने बताइन् । मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महिलाका विषयमा भएका कानुनी व्यवस्था एवं सर्वोच्च अदालतले गरेका आदेश कार्यान्वयन नहुँदा समस्या आएको सुनाइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: