Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा छ: नेता पौडेल

खबरडबली संवाददाता

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताएका छन् ।नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज आयोजना गरेको अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले जनताको मन जित्न सके निर्वाचन जित्न सकिने धारणा व्यक्त गरे । 

कांग्रेस हरेक जनताको घरघरमा पुग्नुपर्ने बताउँदै जनतालाई कांग्रेसका बारेमा बुझाउनुपर्ने पौडेलको भनाइ थियो । “निर्वाचन नजिकिँदै छ, अब गाउँगाउँमा पुगेर कार्यक्रम गर्नुपर्‍यो, बजार केन्द्रित हुनुभएन”, उनले भने, “कार्यकर्तालाई मात्र होइन जनतालाई कुरा बुझाउन सक्नुपर्छ ।” पौडेलले जनताको मन जित्न अहिलेका मुद्दाहरूमा बहस गर्नुपर्ने बताए । जनतालाई कांग्रेसका पक्षमा आकर्षित गर्नुपर्नेमा पौडेलको जोड दिए।

वरिष्ठ नेता पौडेलले अहिलेको स्थितिमा गठबन्धन आवश्यक रहेको उल्लेख गरे। नेपालमा कांग्रेस ३० प्रतिशत र कम्युनिष्ट ७० प्रतिशत रहेको उल्लेख गर्दै कांग्रेसले जित्नका लागि गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो । “एक्लै जित्न सकिन्छ भने त किन चाहियो र गठबन्धन ? कांग्रेसको पक्षमा ५१ प्रतिशत मत छैन त्यही भएर गठबन्धन आवश्यक छ”, पौडेलले भने। कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा रहेको उनको भनाइ थियो । विदेशी शक्ति कम्युनिष्ट मिलाउन लागिपरेको पौडेलले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा जसपा नेपाल र प्रलोपाबीच चुनावी तालमेल

नेपालगन्ज। बाँकेमा जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेल तथा कार्यगत एकता गर्ने सहमति भएको छ ।...

पश्चिमी न्यूनचापीय रेखाको प्रभाव: आज हल्का वर्षाको हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...

डा. दिवाकर भट्ट उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त

काठमाडौं। सरकारले डा. दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नि...

उपचारका लागि सहयोग रोक्न साबित्रा भण्डारीको अपिल, एकैदिनमा उठ्यो डेढ करोडभन्दा बढी रकम

काठमाडौं । राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारमा सहयोगका लागि एक करोड ४५ लाख रुपैयाँ सहयोग जुटेको जानकारी गराएकी छन् । अब आजै...

नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ। आज ३२८ कम्पनीका ९३ लाख ६४ ह...

यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय, चुनावमा चीनको सहयोग स्वीकारदेखि जेनजी परिषद् गठनसम्म

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण सात निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा नि...

इटहरीबाट गगनलाई रविको व्यंग्य: २० वर्ष सांसद भएपछिमात्रै बाटो बनाउन कानुन फेर्ने ज्ञान आयो

निर्माण व्यवसायीलाई भने- 'डोरीले बाँध्ने भनेको होइन, कानुनले बाँध्ने हो’

इटहरीवासीलाई बालेनको प्रश्न: चिया र तरकारी कहाँको खानुभयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले देशभित्र सम्भावनाअनुसार उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बता...

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने सरकारको घोषणा

काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को ब...

फागुन २१ पछिको सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेछ: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE