काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोफले मस्कोले परमाणुअस्त्र प्रयोग गर्नसक्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन्।
सीएनएन टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा पपेस्कोफलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो।
उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे त्यसो हुनसक्ने बताएका हुन्।
त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको उनले उल्लेख गरे।
'विशेष कारबाही'
युक्रेनमा भइरहेको युद्धलाई प्रवक्ता पेस्कोफले विशेष सैनिक कारबाहीको सङ्ज्ञा दिए। त्यसको उद्देश्य रुसको छेउछाउबाट रुस विरोधीहरूलाई निमिट्यान्न पार्ने रहेको टिप्पणी समेत उनले गरे।
पेस्कोफका टिप्पणीलाई अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले खतरनाक भन्दै एक जिम्मेवार परमाणु शक्तिले गर्ने व्यवहार त्यस्तो हुन नहुने बताए।
युक्रेनमा अतिक्रमण भएको तीन दिनपछि रुसी राष्ट्रपति पुटिनले आफ्ना परमाणु बललाई उच्च सतर्कतामा रहन आदेश दिएका थिए।
त्यो आदेशको शक्ति राष्ट्रका साथै संयुक्त राष्ट्रसङ्घले समेत चर्को निन्दा गरेको थियो।
त्यतिबेला विश्लेषकहरूले पुटिनको आदेशलाई मस्कोले परमाणुअस्त्र प्रयोग गरिहाल्ला भन्दा पनि उनले सम्भवतः अरू देशलाई युक्रेनको मामिलामा संलग्न नहुन चेतावनी दिएको अर्थमा बुझ्नुपर्ने बताएका थिए।
त्यसैगरी पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको सङ्केतको रूपमा पनि त्यसलाई हेरिएको थियो।
विज्ञहरूले पुटिनका प्रवक्ताको पछिल्लो भनाइलाई रुसको पारमाणविक नीतिमा आएको परिवर्तनको रूपमा अर्थ्याउन नहुने बताएका छन्।
'परमाणुअस्त्र प्रयोगसम्बन्धी लामो समयदेखिको उनीहरूको नीतिबारे यो पुनर्अभिव्यक्ति हो, कुनै नयाँ कुरा होइन' आईसेक पार्टनर्स एन्ड एनजीसी सेक्यूरका पूर्वप्रमुख सुरक्षा सल्लाहकार म्याट टेटले ट्वीट गरेका छन्।
'मलाई गलत नठान्नुहोला, आफ्ना परमाणुअस्त्रलाई लिई अमेरिकाले चिन्ता गरेको देखेर उनीहरू आनन्द मान्छन्। तर पेस्कोफको अभिव्यक्ति उनीहरूको नीतिमा परिवर्तन आएको सङ्केत होइन' उनले थपेका छन्।
सन् २०१८ को एउटा वृत्तचित्रमा पुटिनले भनेका थिएः '…कसैले रुसलाई नष्ट गर्ने सोचेमा प्रतिकार गर्ने हामीसँग कानुनी अधिकार छ। हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ।'
'तर, म रुसको नागरिक हुँ र यसको प्रमुख हुँ। हामीलाई रुसविनाको विश्व किन चाहियो?'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: