Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

बेँसीसहर–चामे सडक खण्ड थप १० दिन बन्द

खबरडबली संवाददाता

मनाङ । लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुन: १० दिन बन्द भएको छ । सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ । कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आजदेखि पुन: सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । 

पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ । “मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे–बेँसीसहर– चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कलभर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको डुम्रे–बेँसीसहर– चामे सडक योजना कार्यालयले जनाएको छ । 

“सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुन: काठेपुल राखेर यातायात सञ्चालन भएकामा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो । त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्लाब कल्भर्ट निर्माण गरिएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया। मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपो...

नवीकरण नगरेका ५ हजार ३०२ औषधि पसलको दर्ता प्रमाणपत्र रद्द

काठमाडौँ। औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३०२ औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ। विभागले मङ्गलबार जारी गरेको सूचनामा...

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट पुन: निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुन: निर्वाचित भएका छन्। निर्वाचनमा विष्टले ३५८ म...

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।  अख्तियार निकट स्रोतका अनुसार राहदानी ...

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...

सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...

रास्वपा कर्णाली अधिवेशनमा प्यानलगत मत मागिएको भन्दै विवाद

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...

‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending