Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

विकास निर्माणका लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर : गृहमन्त्री खाँण

खबरडबली संवाददाता

पाल्पा । गृहमन्त्री बालकृष्ण खाँणले आउँदो स्थानीय निर्वाचन विकास निर्माणका लागि महत्वपूर्ण अवसर भएको बताएका छन्। 

शनिबार रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्व र विकास निर्माणको लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर भएकोमा जोड दिए। 

उनले यहाँको खानेपानी समस्या समाधान, पर्यटन विकासलगायतका क्षेत्रमा सङ्घीय सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाए। 

मुस्कानसहितको प्रहरी, सम्मानसहितको प्रहरी सरकारको अभियान रहेको बताउनुहँुदै मन्त्री खाँणले राष्ट्रसेवक सबै कर्मचारीले बफादार भएर आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिए। इलाका प्रहरी कार्यालयको स्तरवृद्धि गरी क्षमता पनि विस्तार गरिने सो अवसरमा मन्त्री खाँणले बताए। 

नगरप्रमुख रमणबहादुर थापाले रामपुर नगरपालिकासहित कालीगण्डकी बेँसीका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, धार्मिक  तथा पर्यटन क्षेत्रका विषयमा समेटिएको मागपत्र गृहमन्त्री खाँणलाई हस्तान्तरण गरे । 

कूल रु पाँच करोड ८७ लाख ३७ हजार ४९५ को लागतमा सो चारतले भवन निर्माण भएको हो । यस नगरपालिकाबाट आफ्नै आन्तरिक स्रोतको रकम विनियोजन गरी प्रशासनिक भवन निर्माण गरिएको छ ।

भवन निर्माण सम्पन्न भएपछि हाल यसै भवनबाट सेवा प्रवाह भइरहेको छ । आयुर्वेद शाखा र पशु शाखाको आफ्नै भवन भएकाले सोबाहेक सबै शाखा यहीँ भवनबाट सञ्चालन भएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...

असी करोड आठ लाख राजस्व सङ्कलन

बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...

झापामा अज्ञात व्यक्तिद्वारा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...

खानेतेल र चामलमा देखिएको अस्वाभाविक मूल्यवृद्धि पछाडिका सम्भाव्य कारण

काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...

चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...

बैतडी दुर्घटना अपडेट- मृत्यु हुनेको संख्या १३ पुग्यो

बैतडी ।  बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...

प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...

फोहर फाल्नेलाई महानगर प्रहरीले कारबाही गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...

म्याग्दीमा दलहरुलाई उछिनेर महावीर पुनले मार्लान् बाजी ?

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...

आइतबारदेखि कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप लगाइने

काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE