Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पुटिनले आफूले जितेको देखाउन कस्तो बाटो खोज्लान् ?

युक्रेनी आक्रोश दशकौँसम्म रहला तर, दुवै पक्ष शान्ति चाहन्छ

खबरडबली संवाददाता

काठमाडौं । सबैभन्दा खराब युद्ध पनि सकिन्छ। जस्तो कि सन् १९४५ मा मृत्युसम्म लड्नु नै एकमात्र युद्धको नतिजा जस्तो देखिएको थियो।

धेरैजसो अवस्थामा युद्ध कुनै यस्तो सहमतिमा सकिन्छ जसले कसैलाई पनि पूर्ण सन्तुष्ट बनाउँदैन तर कम्तीमा हिंसा रोकिन्छ। धेरैजसो खराब र तीतो द्वन्द्वपछि पनि दुई पक्ष विस्तारै पुरानो र कम रिसरागपूर्ण सम्बन्धमा फर्कन्छन्।

यदि हामी भाग्यमानी रहेछौँ भने युक्रेन र रुसबीच यो प्रक्रिया सुरु भएको देखिरहेका छौँ। युक्रेनी पक्षमा आक्रोश दशकौँसम्म बाँकी रहला तर दुवै पक्षलाई शान्ति चाहिन्छ।

युक्रेनका सहर र गाउँहरूले भोगेको क्षतिका कारण शान्ति चाहन्छ र रुसले पनि 'चेच्न्यामाका दुई हिंसात्मक युद्धमा भोगेकोभन्दा धेरै क्षति भोगेको' कारण शान्ति चाहन्छ। यद्यपि रुसको क्षतिको विवरण युक्रेनी दाबी हो र यसलाई पुष्टि गर्न असम्भव छ।

तर शान्तिको मूल्य आफ्नो अधोगति तिरेर कोही सम्झौतामा हस्ताक्षर गर्न चाहँदैन।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि इज्जत जोगाउने बाटो खोजी हुँदैछ भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कूटनीतिमा राम्रो सीप देखाइसकेका छन् र उनी रुसलाई आफ्नो देशबाट बाहिर राख्न आफ्नो र आफ्ना नागरिकका लागि स्वीकार्य हुने जस्तोसुकै कदम चाल्न पनि तयार रहेको देखिएको छ।

उनको एउटै मुख्य उदेश्य छ: युद्धबाट युक्रेन रुसको एउटा प्रान्तका रूपमा होइन, एउटा एकताबद्ध र स्वतन्त्र राज्यको रूपमा बाहिर निस्कियोस्।

राष्ट्रपति पुटिनका लागि सबैभन्दा ठूलो कुरा विजयको घोषणा हुनेछ। उनको प्रशासनका सबैलाई यो अनावश्यक आक्रमणले आफ्नै नाक रगताम्मे भएको बुझेको भए पनि वा विश्वमा के भइरहेको छ भनेर बुझ्ने लगभग २० प्रतिशत रुसी नागरिकले पुटिनले जुवा खेलेर हारेको बुझे पनि त्यसले खास अर्थ राख्दैन।

किनभने उनको सङ्घर्ष भनेको सरकारी टीभीमा भनिएका कुरालाई विश्वास गर्ने बाँकी बहुसङ्ख्यक जनसङ्ख्याको समर्थन प्राप्त गर्नु हो। त्यो जनसङ्ख्यालाई टीभीमा युद्धको विरोध गर्ने मारिना ओभसाआनिकोभाजस्ता एक-दुई घटनाले असर पार्दैन।

त्यसो भए के कुराले रुसको बहुमत नागरिकका अगाडि यो युद्धपछि पनि राष्ट्रपति पुटिनको शान कायम राख्न सहयोग गर्छ त?

पहिलो त संविधानमा लेखेर वा अन्य कुनै तरिकाले युक्रेनले भविष्यमा नेटोमा सहभागी नहुने सुनिश्चिता। राष्ट्रपति जेलेन्स्की त्यसका लागि मार्गचित्र कोरिरहेका देखिन्छन्: उनले पहिले त नेटोलाई युक्रेनमाथि नो-फ्लाई जोन कायम गर्ने जस्ता सहमत हुनै नसक्ने कार्यका लागि अनुरोध गरे त्यसपछि नेटोले आफूलाई सहयोग नगरेकोमा आलोचना गरे। अनि अन्तत: नेटोको यस्तो व्यवहार देखाउने भए त्यसको सदस्य हुनुको अर्थ नरहने कुरा बडबडाए।

राजनीतिक रूपमा यति चतुर स्थानमा राख्नु योभन्दा राम्रो हुनै सक्दैन। यसले युक्रेनले चाहे अनुसार गर्ने स्वतन्त्रता पाउने र युद्धका लागि नेटोलाई दोष दिने अवस्था बनाउँछ।

तर यो सहज कुरो हो। युक्रेन र जेलेन्स्कीको युरोपेली युनियनमा सदस्य हुने रहरलाई व्यवस्थापन गर्न अलि गाह्रो छ। यो विषयमा पनि रुस उत्तिकै विपक्षमा छ।

सबैभन्दा गाह्रो कुरा चाहिँ युक्रेनलाई रुसका कारण गुमाउनु परेको भूभागको कुरा पचाउनु हुनुपर्छ। सन् २०१४ मा क्राइमिया रुसमा गाभिएको कुरालाई युक्रेनले मान्नुपर्ने हुनसक्छ र रुसले पूर्वी युक्रेनका भूभागमाथि नियन्त्रण राखिरहने व्यवहार देखाएको छ। 

सन् १९३९ मा जोसेफ स्टालिनले कुनै बेला रुसको अंश रहेको फिनल्यान्डमाथि आक्रमण गरे। अहिले पुटिनले सोचेजस्तै स्टालिनले आफ्नो फौजले तुरुन्तै कब्जा जमाउने सोचेका थिए। स्टालिनसँग त्रसित उनका जनरलहरूले छिटै विजय हुने कुरामा सहमति दिए।

तर त्यस्तो भएन। त्यो युद्ध सन् १९४० सम्म लम्बियो, सोभियत सेनाले लज्जित हुनुपर्यो र फिनल्यान्डले शक्तिशाली राष्ट्रलाई प्रतिकार गरेर इज्जत कमायो। स्टालिनको नाक जोगाउनका लागि केही भूभाग गुमाए पनि फिनल्यान्डले सबैभन्दा महत्त्वपूर्ण कुरा जोगायो: आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता।

रुसका धेरै आक्रमणको प्रतिकार गरेर पुटिनको फौजलाई अप्रभावकारी देखाएको युक्रेनले आजको दिनमा त्यति कुरा जोगाउन सक्ने देखिएको छ।

पुटिनको सेनाले किएभ र युक्रेनको अधिकांश भूभाग कब्जा गर्न नसकेसम्म युक्रेन सन् १९४० को फिनल्यान्ड झैँ उभिन सक्छ। क्राइमिया र पूर्वी भूभाग गुमाउनु तीक्ततापूर्ण, गैरकानुनी र अन्यायपूर्ण रहिरहने छ। तर पुटिनले आफू माथि पर्नका लागि अझ खतरनाक अस्त्रहरू प्रयोग गर्न सक्छन्।

युद्धको तेस्रो हप्ताको अहिलेसम्मको अवस्थामा यो युद्धमा को विजयी हुन्छ भन्ने कुरामा दुईमत राख्न सक्ने अवस्था छैन।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending