काठमाडौं । नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकालको बेल्जियम र स्पेनमा हुने खुल्ला तेक्वान्दो प्रतियोगिताको निर्णायकमा मनोनयन गरिएको छ ।
एशियन तेक्वान्दो यूनियनबाट ती दुवै प्रतियोगिताका लागि उनी निर्णायक मण्डलमा छनोट भएका हुन्।
बेल्जियम तेक्वान्दो फेडरेशनद्वारा आगामी शनिबार र आइतबार आयोजना हुने बेल्जियम खुला तेक्वान्दो प्रतियोगिताका लागि निर्णायक मण्डलमा रहन उनी आजै त्यसतर्फ प्रस्थान गर्दै छन्।
नेपाल तेक्वान्दो सङ्घले रेफ्री ढकाललाई बुधबार नै बिदाइ गरिसकेको छ । रोयल स्पेनिस तेक्वान्दो फेडरेशनद्वारा यही चैत १८ देखि २० गतेसम्म आयोजना हुने स्पेनिस इन्टरनेशनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२ का लागि पनि निर्णायमण्डलमा रहन ढकाललाई निमन्त्रणा प्राप्त भइसकेको छ ।
यसअघि ढकाल गत कात्तिकमा पाकिस्तानको इस्लामावाद र फ्रान्समा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि निर्णायक थिए।
चीनको उहानमा २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्मस्मा) समेत तेक्वान्दो विधामा निर्णायकमण्डलमा कुशलता प्रदर्शन गरेसँगै उनको लोकप्रियता बढेको हो ।
चीनकै उसि सहरबाट विसं २०७० मा अन्तर्राष्ट्रिय रेफ्री कोर्स प्राप्त गर्नुभएका ढकाल काभ्रे कुशादेवीका बासिन्दा हुन्। काठमाडौँमा भएको दक्षिण एशियाली खेलकुद (साग) र जर्मनीको ह्याम्बर्गमा भएको जर्मन ओपनमा विश्व वरियता खेलकुद जी टु प्रतियोगितामा पनि ढकाल रेफ्र्री थिए।
तेक्वान्दो विधामा छोटो समयको तीव्र प्रतिस्पर्धाका खेलाडीबीच सही निर्णय सुनाउन तटस्थता, निष्पक्ष, सहासिक र व्यावसायिक गुण अनिवार्य मानिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा दोस्रो श्रेणीको निर्णायक वरियता नजिक रहनुभएका ढकाल मुलुकका सुरक्षा निकायका एक्ला अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: