Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

राहदानी विभागमा सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ

सरोज ढकाल

काठमाडौं ।  काठमाडौँ महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका १ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष २९ को अमृत थापा, रोल्पा माडी गाउँपालका ४ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष २४ को प्रज्वल खड्का, बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका ८ घर भई हाल सामाखुशी बस्ने वर्ष ३० को रञ्जित कार्की, म्याग्दीको बेनि नगरपालिका ५ घर भई हाल मनमैजु बालाजु बस्ने वर्ष ३३ को रामजी परियार,  ललितपुरको महांकाल ३ घर भई हाल गोंगबु नयाँ बसपार्क बस्ने वर्ष ३६ की गोमा बजगाई, पाल्पाको पूर्ब खोला गाउँपालिका ५ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष ३३ को जिवन कुमार श्रेष्ठ, रामेछापको गागल गाउँपालिका ८ घर भई हाल गौशाला बस्ने वर्ष ३७ को मिठे मगर, ललितपुर महाकाल गाउँपालिका २ घर भई हाल मानिखेल बस्ने वर्ष रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका ४ घर भई हाल माछापोखरी बस्ने वर्ष २५ सन्दिप मैनाली,
सिन्धुलीको दुधौली नगरपालिका ६ घर भई हाल धुम्बाराही पिपलबोट बस्ने वर्ष २१ को अभिषेक मगर, दैलेखको आठबीस नगरपालिका ३ घर भई हाल सिनामङ्गल बस्ने वर्ष २२ को निरञ्‍जन तिवारी र धादिङ थाक्रे गाउापालिका ४ घर भई हाल कलंकी बस्ने वर्ष २४ को मदन तामाङ रहेका छन् ।

त्यस्तै बिभिन्न सरकारी कागजपत्रहरूको किर्ते गरिएका पनि भेटिएको छ । पुलिस क्लियरेन्स सर्टिफिकेट तीन थान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ खोपको सर्टिफिकेट एक थान, इ–पासपोर्टको एप्लिकेसन फारम पाँच थान बरामद बरामद भएको छ।

प्रहरीले बिभिन्न सरकारी कागजपत्रहरूको छाप समेत बरामद गरेको छ । मोबाइल फोन १४ थान, बिभिन्न सरकारी कागजपत्रहरूको छाप १० थान, कन्शुल विभागको छाप १ थान, राष्ट्रिय परीक्षा बोर्डको छाप १ थान, परीक्षा नियन्त्रण कार्यालयको छाप १ थान, तारानाथ एशोसिएट रजिष्ट्रर अडिटर कम्पनीको एक थान छाप बरामद भएको छ  ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको छाप १ थान, वार्ड चेयरपर्सनको छाप एक थान, कृष्णप्रसाद शर्माको सहि छापको छाप १ थान, किमराज बरालको सहिछापको छाप १ थान, होटल माउण्टेन प्रालिको छाप १ थान, देवल माध्यमिक बिद्यालय, डडेलधुराको छाप १ थान बरामद  गरिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending