Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

राहदानी विभागमा सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ

सरोज ढकाल

काठमाडौं ।  काठमाडौँ महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका १ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष २९ को अमृत थापा, रोल्पा माडी गाउँपालका ४ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष २४ को प्रज्वल खड्का, बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका ८ घर भई हाल सामाखुशी बस्ने वर्ष ३० को रञ्जित कार्की, म्याग्दीको बेनि नगरपालिका ५ घर भई हाल मनमैजु बालाजु बस्ने वर्ष ३३ को रामजी परियार,  ललितपुरको महांकाल ३ घर भई हाल गोंगबु नयाँ बसपार्क बस्ने वर्ष ३६ की गोमा बजगाई, पाल्पाको पूर्ब खोला गाउँपालिका ५ घर भई हाल गोंगबु मिलन टोल बस्ने वर्ष ३३ को जिवन कुमार श्रेष्ठ, रामेछापको गागल गाउँपालिका ८ घर भई हाल गौशाला बस्ने वर्ष ३७ को मिठे मगर, ललितपुर महाकाल गाउँपालिका २ घर भई हाल मानिखेल बस्ने वर्ष रमेश बजगाई, काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका ४ घर भई हाल माछापोखरी बस्ने वर्ष २५ सन्दिप मैनाली,
सिन्धुलीको दुधौली नगरपालिका ६ घर भई हाल धुम्बाराही पिपलबोट बस्ने वर्ष २१ को अभिषेक मगर, दैलेखको आठबीस नगरपालिका ३ घर भई हाल सिनामङ्गल बस्ने वर्ष २२ को निरञ्‍जन तिवारी र धादिङ थाक्रे गाउापालिका ४ घर भई हाल कलंकी बस्ने वर्ष २४ को मदन तामाङ रहेका छन् ।

त्यस्तै बिभिन्न सरकारी कागजपत्रहरूको किर्ते गरिएका पनि भेटिएको छ । पुलिस क्लियरेन्स सर्टिफिकेट तीन थान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोभिड–१९ खोपको सर्टिफिकेट एक थान, इ–पासपोर्टको एप्लिकेसन फारम पाँच थान बरामद बरामद भएको छ।

प्रहरीले बिभिन्न सरकारी कागजपत्रहरूको छाप समेत बरामद गरेको छ । मोबाइल फोन १४ थान, बिभिन्न सरकारी कागजपत्रहरूको छाप १० थान, कन्शुल विभागको छाप १ थान, राष्ट्रिय परीक्षा बोर्डको छाप १ थान, परीक्षा नियन्त्रण कार्यालयको छाप १ थान, तारानाथ एशोसिएट रजिष्ट्रर अडिटर कम्पनीको एक थान छाप बरामद भएको छ  ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयको छाप १ थान, वार्ड चेयरपर्सनको छाप एक थान, कृष्णप्रसाद शर्माको सहि छापको छाप १ थान, किमराज बरालको सहिछापको छाप १ थान, होटल माउण्टेन प्रालिको छाप १ थान, देवल माध्यमिक बिद्यालय, डडेलधुराको छाप १ थान बरामद  गरिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending