Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

होली पर्व : हराउँदै मौलिक संस्कृति

खबरडबली संवाददाता

रामपुर ।  होली पर्वलाई खुसीयाली र पारस्परिक मित्रता बढाउने उत्सवका रुपमा मनाउने गरिन्छ । पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउन मनाइने भएतापनि अहिले भने होली पर्वको नाममा परम्रागत मौलिकपन, संस्कृति हराउँदै आधुनिकताको नाममा देखासिकी र वनावटीपन  बढेको गुनासो गरिएको छ । समय अनुसार होलीको महत्व बढेकोले आधुनिकतासँगै यसको मौलिकतालाई ख्याल गर्नुपर्ने आवाज पनि उठेको छ । 
 
यो पर्व कतिपय अवस्थामा मित्रताको ठाउँमा झै झगडाको कारण बनेको छ भने सामाजिक एकताको ठाउँमा अहङ्कारपन देखिएको छ । यसले होली पर्व मनाउने नाममा सामाजिक सद्भावमा पनि नराम्रो असर सिर्जना हुन थालेको छ । गाउँघरमा बढ्दो पश्चिमी आधुनिकताको प्रभावले फागुपूर्णिमा पर्वको परम्परागत महत्व, रौनकता हराउँदै जान थालेको गुनासो बढेको छ । 
   
रङ्ग दलेर साथीभाइ, आफन्त, घरपरिवारसँग रमाइलो गरी अहिले भित्रिएका आधुनिक प्रविधिको सही सदुपयोग गर्दै मनाउनुपर्ने युवा दीपेन्द्र भट्टराईको भनाइ छ । पहिलेका होलीमा गाउँघरमा खैजडीँ, मादल बजाएर गीत गाएर नाच्ने चलन थियो । अहिले ठूला–ठूला साउण्ड सिस्टम, युट्युब, मेमोरीकार्डको माध्यमबाट नाच्ने चलन छ । यसले गर्दा पनि परम्परागत शैलीमा गाउँने र नाच्ने चलन गाउँघरमा हिजोआज देख्न पाइदैन । 

होली आउनु एक दुई दिन अगाडि नै खँैजडी, मादल, झ्यालीलगायतका विभिन्न परम्परागत बाद्यबादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो । अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ । रेकर्ड गरिएका क्यासेट गीत, मेमोरी, पेनडाईभलगायत विभिन्न प्रविधिको प्रयोग गरी रङग रमाइलोका लागि मात्र नाच्ने गरिन्छ ।

यस पर्वलाई विशेष गरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङग खेलेर धुमधामका साथ मनाइन्छ । परम्परागत संस्कृतिको महत्व, महिमाको प्रचारप्रसार नहुँदा पनि मौलिक संस्कृति धरापमा परेका छन् । होलीको दिन समूहमा वनभोज जाने चलन बढ्दै गएको छ । खानपान पनि खर्चिलो गरेर होली मनाउने देखासिकी उत्तिकै बढेको पाइन्छ । कतिपय ठाउँमा होली मनाउने क्रममा मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने भेटिन्छन् । 
      
लोक संस्कृितको क्षेत्रमा रम्ने र रमाउनेलाई सम्बन्धित निकायले हौसला, उत्प्रेरणा दिने, कला सीपको प्रवद्र्धन गरेको खण्डमा मौलिक संस्कृतिको जगेर्ना गर्न सकिन्छ । नयाँ पुस्तालाई पनि मौलिक संस्कृतिको बारेमा खोज अनुसन्धानमा लाग्ने वातावरण सम्बन्धित स्थानीय तहले गर्न सक्यो भने मौलिक संस्कृतिको जगेर्ना गर्न सकिन्छ । 
              
यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गको चाड हो । होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

 साना–साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवती गीत गाउँदै–नाच्दै होली खेल्छन् । होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुपूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका बालबालिका, युवायुवती तथा प्रौढहरुका समूह हातमा रङ र रङगीन झोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र हो–हल्ला गर्दै आपसी रिसइबीलाई विर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रुपमा लिइन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सदनमा बोल्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले संसदमा बोल्नका लागि समेत आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरे...

बोल्ने समय नपाएको भन्दै श्रम संस्कृति पार्टीद्वारा संसद्को वेल घेराउ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...

बोल्न नपाएको भन्दै श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...

प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद् चल्न सक्दैन: एमाले

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...

राष्ट्रियताका सवालमा नेपालीहरू अहिलेसम्म कहिल्यै विभाजित भएका थिएनन्: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...

केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलिदेखि सञ्चालन हुने

काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...

सांसद आङ्देम्बेको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...

प्रधानमन्त्री संसदमा आउनुस् वा नआउनुस्, अब हामीलाई सरोकार भएन: कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...

रवीलाई कांग्रेसको प्रश्न: दिल्लीमा हुँदा सीमाको ‘स’ र कालापानीको ‘क’ उच्चारण नगरी किन फर्किनुभयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...

प्रधानमन्त्रीको विवादित अभिव्यक्ति दशगजा अतिक्रमणसँग सम्बन्धित भएको परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending