Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न अनुदानमूलक कार्यक्रम

खबरडबली संवाददाता

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यावसायिक खेतीका लागि कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको छ । 

किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गराउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको नगरपालिकाले जनाएको छ । किसानलाई गाउँमै बसेर पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर आत्मननिर्भर बनाउन र उनीहरुको आयआर्जनमा सुधार ल्याउन सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । 

कार्यक्रमअन्तर्गत नगरपालिकाले कृषि औजार, प्लाष्टिकका टनेल निर्माण, सिँचाइ, बीउबिजनलाई समेटिएको छ । नगरपालिकाका ११ वटै वडाका किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी अनुदानमूलक कार्यक्रम सञ्चालन गरिएको  नगरपालिकाका कृषि शाखाप्रमुख लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार किसानलाई अनुदानमा कृषि औजार वितरणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले रु २७ लाख बजेट विनियोजन गरेको छ । “मागका आधारमा ५० प्रतिशत अनुदानमा कृषि औजार वितरणका लागि कार्यक्रम अगाडि बढाएका छौँ”, उनले भने, “व्यावसायिक खेतीमा संलग्नलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।” 

किसानले प्रति टनेलमा पनि ५० प्रतिशत अनुदान पाउने व्यवस्था गरिएको छ । टनेल निर्माणका लागि नगरपालिकाले प्लाष्टिक उपलब्ध गराउने उनले बताए । यस कार्यक्रमअन्तर्गत प्लाष्टिकको टनेलमा निर्माणका लागि रु तीन लाख तथा फलाम ट्रष्टसहित प्लाष्टिक टनेल निर्माणका लागि रु चार लाख ५० हजार वजेट विनियोजन गरिएको उनले बताए  ।

त्यस्तै तरकारी, केरा लगायतको खेतीलाई अगाडि बढाउँदै आएका किसानलाई ५० प्रतिशत अनुदानमा नगरपालिकाको कृषि शाखाले सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटर वितरण गर्नका लागि रु १२ लाख वजेट विनियोजन गरिएको शाखाप्रमुख धामीको भनाइ छ । किसानलाई सुपरग्रिन ब्यागसमेत अनुदानमा उपलब्ध गराइने उनले बताए  । “तीन लेयरको ब्यागमा राखेको अनाजमा घुन, पुत्ला तथा किरा नलाग्ने भएकाले अन्न सञ्चित राख्नका लागि प्रयोग हुने यस्ता ब्याग किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँछौं”, उनले भने, “यसका लागि रु तीन लाख वजेट विनियोजन भएको छ ।” 

शाखाप्रमुख धामीका अनुसार किसानलाई इलेक्ट्रिक स्प्रे ट्याङ्की अनुदानमा  उपलब्ध गराउनका लागि समेत रु तीन लाख वजेट विनियोजन गरिएको र अनुदानमा सो ट्याङ्की प्रदान गर्ने सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यसैगरी, पकेट क्षेत्र विस्तार गर्नका लागि ससर्त अनुदान कार्यक्रमअन्तर्गत रु १२ लाख विनियोजन गरिएको छ । केरा पकेट क्षेत्र विस्तारका लागि तीनवटा पकेटमा रु चार लाखका दरले र तीनवटा धान पटेक क्षेत्रका लागि रु चार लाखका दरले अनुदान रकम उपलब्ध गराइनेछ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending