Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

यसरी बने मुख्यसचिव सुवेदी

\"somlal_subedi\"काठमाडौं । सरकारले स्थानीय विकास सचिव सोमलाल सुवेदीलाई मुख्यसचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बुधबार बिहान सिंहरदरबारमा बसेको बैठकले ज्येष्ठ ब्याचका दोस्रो वरियताका सचिव सुवेदीलाई प्रशासनको सर्वोच्च पदमा बढुवा गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ -हालका मुख्य सचिव लीलामणि पौडेल शुक्रबारदेखि सेवा निवृत्त हुन लागेकाले सोही मितिबाट लागू हुने गरी सुवेदीलाई बढुवा गरिएको जानकारी सरकारका प्रवक्ता एव सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले दिए । सुवेदीले शुक्रबारदेखि नै ७८ हजार निजामती कर्मचारीको मुख्य जिम्मेवारी सम्हाल्नेछन् । मन्त्रिपरिषदले तीन जना दाबेदारमध्ये ३४ वर्षे जागिर जीवनमा विवादमा नतानिएका र कांग्रेस-एमाले दुवैका साझा उम्मेदवार सुवेदीलाई पहिलो रोजाइमा पारेको हो । मुख्यसचिवको पदावधि तीन वर्ष हुन्छ । ५३ वर्षीय सुवेदी मुख्यसचिवको पूरै कार्यकाल सेवामा रहन पाउनेछन् । मुख्यसचिवका लागि सुवेदीसहित ज्येष्ठ ब्याचका पहिलो वरियतामा रहेका सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतम र तेस्रो वरियतामा उद्योग सचिव जयमुकुन्द खनाल दाबेदार थिए । वरिष्ठ सचिव गौतमलाई मुख्य सचिव बन्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाधक बनेको थियो । गौतमले नेपाल ट्रष्टको सचिव हुँदा जंगलसहितको गोकर्ण रिसोर्ट लिजमा दिंदा भएको सम्झौताविपरीत स्वामित्व हस्तान्तरण गरेको भन्दै अख्तियारले उनलाई कुनै पनि जिम्मेवारी नदिन सरकारलाई लिखित निर्देशन दिएको छ । त्यही निर्देशनका कारण सरकारले वरियता नमिचीकन दोस्रो नम्बरका सुवेदीलाई मुख्यसचिव बनाएको हो । मुख्यसचिवका लागि एमालेले खनाल र कांग्रेसको ठूलै समूहले शिक्षा सचिव विश्वप्रकाश पण्डितलाई अघि सारेका थिए । पण्डित भने दोस्रो ब्याचका सचिव हुन् । वरियता नमिचिने र भागबण्डा जस्तो पनि नदेखिने भन्दै सत्तारूढ कांग्रेस र एमालेले साझा उम्मेदवारका रूपमा सुवेदीलाई स्वीकारेका हुन् । निजामती सेवा ऐनमा बहालवाला सचिवहरूमध्येबाट सरकारले ज्येष्ठता र कार्यदक्षताका आधारमा मुख्यसचिव बढुवा गर्ने व्यवस्था छ । २०१९ पुस २३ मा कास्कीको थुम्की-६ मा जन्मेका सुवेदी ३४ वर्षअघि खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । सुवेदी शाखा अधिकृतमा नाम निकाल्दा योग्यताक्रमका आधारमा अर्थ मन्त्रालयमा परेका थिए । उनी खुला प्रतिस्पर्धाबाटै उपसचिव र सहसचिव बढुवा भएका थिए । उनले यी दुवै पदमा हुँदा अधिकांश समय स्थानीय विकास मन्त्रालयमा बिताए । त्यही कारण उनी स्थानीय विकास मामिलाका जानाकार मानिन्छन् । सुवेदी २०६८ वैशाख १ मा सचिव बढुवा भएका हुन् । सुरुमा श्रम तथ रोजगार, शिक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा वातावरण र योजना आयोगमा सचिव भएका सुवेदी पछिल्लो समय संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा थिए । । \'वित्तीय विकेन्दि्रकरण\' विषयमा विद्यावारिधीसमेत गरेका सुवेदी आफूलाई लागेको कुरा प्रष्ट राख्न सक्ने हक्की स्वभावका प्रशासक मानिन्छन् । उनको स्वभावलाई हेरेर कतिपयले दम्भीसमेत भन्ने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending