काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले एक महिले चुनावी अभियानमा अमेरिकी सहयोग परियोजना एमसिसीमा जनतामा गएको भ्रम चिर्न दस्तावेज तयार पारेको छ।
कांग्रेसले तयार पारेको दस्तावेजमा कम्युनिष्ट पार्टीहरुको दोहोरो चरित्रले एमसिसी वास्तविकता भन्दा जटिल बन्न पुगेको उल्लेख गरिएको छ।
दस्तावेजनमा भनिएको छ, 'संसदमा दर्ता भएसँगै एमसीसीलाई लिएर राजनीतिक सँगै अनेक कोणबाट विवाद भए। यसले जनतामा बहस र ध्रुवीकरण पनि ल्यायो। अन्ततः केही साना दलबाहेक सबैजसो ठूला राजनीतिक दलहरु यो अनुमोदनको पक्षमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उभिएर ठीक ढंगले यसको पटाक्षेप भयो।'
कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि समर्थनमा व्याख्यात्मक घोषणासहित एमसीसी पास गरिए पनि अमेरिकी सेना आउने भन्दै अझै पनि कम्युनिष्टहरुले भ्रम छरिरहेको उल्लेख गरेको छ।
कांग्रेसले भनेको छ, 'एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा संलग्न विशेष गरी कम्युनिष्ट पार्टीहरूको दोहोरो प्रवृत्तिका कारण यो विषय गिजोलिएर वास्तविक भन्दा जटिल बन्न पुग्यो। जजसले यसलाई गिजोले, जनतामा भ्रम सिर्जना गरे, उत्तेजनाको राजनीति गरे, जुन दोहोरो चरित्र देखाए, यसको मूल्याङ्कन आमजनताले गर्ने नै छन्।'
एमसिसीमा अनुमोदन गर्ने बेलामा मौन रहेको एमाले चरित्रबारे पनि भण्डाफोर गर्ने उल्लेख गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको जोडमा माओवादी केन्द्र, एकीकृत समाजवादीको सहयोगमा चर्को विरोधका बीच व्याख्यात्मक घोषणासहित फागुन १५ गते संसदबाट अनुमोदन भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८१ - ०९:४२
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेका बेला कतिपय नेपाली कम्युनिस्ट नेताहरूले फेरि एक पटक 'वामपन्थी सहकार्य'को चर...
बैशाख १२ गते, २०८१ - ०९:३२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्। पाटन ...
बैशाख १२ गते, २०८१ - ०९:०८
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् । गाईखर्क सामुदायिक वनमा मङ्गलब...
बैशाख १२ गते, २०८१ - ०९:०४
काठमाडौं । कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहेमाकतारमा नै रहने अनुमति दिने बताएको छ । गाजामा जारी युद्ध अन्त्य ग...
बैशाख १२ गते, २०८१ - ०८:५५
सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६,...
बैशाख १२ गते, २०८१ - ०८:१९
तनहुँ । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजे...
बैशाख १२ गते, २०८१ - ०८:०२
काठमाडौं । नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ। केही दिनअघि आप्रवासी श्...
बैशाख १२ गते, २०८१ - ०७:४६
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पश्चिमबाट पूर...
बैशाख १२ गते, २०८१ - ०७:३७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्व...
बैशाख १२ गते, २०८१ - ०७:२५
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्र...
प्रतिकृया लेख्नुहोस्: