Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

कांग्रेसको दस्तावेज : एमसिसीमा कम्युनिष्ट पार्टीको दोहोरो चरित्रले जटिल बन्यो

मौन बसेको एमालेको भूमिकाप्रति पनि भण्डाफोर गर्ने

खबरडबली संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले एक महिले चुनावी अभियानमा अमेरिकी सहयोग परियोजना एमसिसीमा जनतामा गएको भ्रम चिर्न दस्तावेज तयार पारेको छ। 

कांग्रेसले तयार पारेको दस्तावेजमा कम्युनिष्ट पार्टीहरुको दोहोरो चरित्रले एमसिसी वास्तविकता भन्दा जटिल बन्न पुगेको उल्लेख गरिएको छ।

दस्तावेजनमा भनिएको छ, 'संसदमा दर्ता भएसँगै एमसीसीलाई लिएर राजनीतिक सँगै अनेक कोणबाट विवाद भए। यसले जनतामा बहस र ध्रुवीकरण पनि ल्यायो। अन्ततः केही साना दलबाहेक सबैजसो ठूला राजनीतिक दलहरु यो अनुमोदनको पक्षमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उभिएर ठीक ढंगले यसको पटाक्षेप भयो।'

कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि समर्थनमा व्याख्यात्मक घोषणासहित एमसीसी पास गरिए पनि अमेरिकी सेना आउने भन्दै अझै पनि कम्युनिष्टहरुले भ्रम छरिरहेको उल्लेख गरेको छ। 

कांग्रेसले भनेको छ, 'एक दशकभन्दा लामो सम्झौता प्रक्रियामा संलग्न विशेष गरी कम्युनिष्ट पार्टीहरूको दोहोरो प्रवृत्तिका कारण यो विषय गिजोलिएर वास्तविक भन्दा जटिल बन्न पुग्यो। जजसले यसलाई गिजोले, जनतामा भ्रम सिर्जना गरे, उत्तेजनाको राजनीति गरे, जुन दोहोरो चरित्र देखाए, यसको मूल्याङ्कन आमजनताले गर्ने नै छन्।'

एमसिसीमा अनुमोदन गर्ने बेलामा मौन रहेको एमाले चरित्रबारे पनि भण्डाफोर गर्ने उल्लेख गरेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाको जोडमा माओवादी केन्द्र, एकीकृत समाजवादीको सहयोगमा चर्को विरोधका बीच व्याख्यात्मक घोषणासहित फागुन १५ गते संसदबाट अनुमोदन भएको थियो। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending