Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

युक्रेन-रुस युद्ध : के पुटिनले युुक्रेनविरुद्ध परमाणुअस्त्र चलाउलान् ?

शान्तिवार्ताबीच लडाइँ तीव्र, असफल भएपछि आ-आफ्नो राजधानी फर्केर आवश्यक परामर्शमा

खबरडबली संवाददाता

काठमाडौं : एउटा स्वीकारोक्तिबाट सुरु गरौँ। धेरै पटक मैले सोचेको थिएँ। पुटिनले यस्तो कहिल्यै गर्दैनन्। तर उनले त्यसै गरे।

उनले कहिल्यै क्राइमियालाई गाभ्दैनन्। उनले गाभे। उनले कहिल्यै डोन्बासमा युद्ध सुरु गर्दैनन्। उनले गरे। उनले कहिल्यै युक्रेनभरि आक्रमण गर्दैनन्। उनले गरेका छन्।

त्यसैले मैले निष्कर्ष निकालेँ 'सायद कहिल्यै गर्दैनन्' भन्ने शब्दावली भ्लादिमिर पुटिनका लागि लागु हुँदैन।

उनले कहिल्यै परमाणुअस्त्र पहिले चलाउँदैनन्। चलाउलान् त?

यो सैद्धान्तिक प्रश्न हो। रुसका राष्ट्रपतिले नेटो नेताहरूको युक्रेनबारे आक्रामक अभिव्यक्ति दिएको भन्दै आफ्नो सेनाको परमाणुअस्त्र एकाइलाई उच्च सतर्कतामा राखेका छन्।

पुटिनका अभिव्यक्तिहरूलाई ध्यान दिएर सुन्नुहोस्। गत बिहीवार उनले टीभीमा युक्रेनमाथि विशेष सैन्य कारबाही (वास्तवमा पूर्ण आक्रमण) घोषणा गर्दा उनले एउटा डरलाग्दो चेतावनी दिएका थिए।

'यसलाई बाहिरी हस्तक्षेप ठान्ने जोकोहीलाई यदि त्यस्तो ठानेमा त्यसको परिणाम इतिहासमा अहिलेसम्म देखिएको परिणामभन्दा ठूलो हुनेछ।'

"पुटिनको शब्द परमाणुयुद्धको धम्कीजस्तो सुनिन्छ," नोबेल शान्ति पुरस्कार विजेता तथा नोभाया गजेटा पत्रिकाका प्रधानसम्पादक दिमित्री मुरातोभ भन्छन्।

"त्यो टीभी सम्बोधनमा पुटिन क्रेम्लिनको सञ्चालक नभएर पूरै पृथ्वीको सञ्चालकले जसरी बोले। जसरी विलासी कारका मालिकले कारको साँचो औँलामा घुमाएर देखाउँछन्, पुटिनले परमाणुअस्त्रको साँचो घुमाएर देखाए। उनले धेरै पटक भने: यदि रुस रहँदैन भने पृथ्वी किन चाहियो? कसैले ध्यान दिएन।"

"तर त्यो एउटा धम्की थियो कि रुसलाई उनले चाहे जस्तो तरिकाले व्यवहार गरिएन भने सबै कुरा समाप्त हुनेछ।"

सन् २०१८ को एउटा वृत्तचित्रमा राष्ट्रपति पुटिनले भनेका थिएः "…कसैले रुसलाई नष्ट गर्ने सोचेमा हामीसँग प्रतिकार गर्ने कानुनी अधिकार छ। हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ। तर म रुसको नागरिक हुँ र यसको प्रमुख हुँ। हामीलाई रुसबिनाको विश्व किन चाहियो?"

अब सन् २०२२ मा आउनुहोस्।

खार्किभ

पुटिनले युक्रेनसँग युद्ध सुरु गरेका छन् तर युक्रेनी सेनाले बलियो प्रतिकार गरेको छ। पश्चिमा राष्ट्रहरूले क्रेम्लिन चकित पर्नेगरी एकताबद्ध भई मस्कोविरुद्ध आर्थिक नाकाबन्दी गरेका छन्। यसबाट पुटिन नेतृत्वको प्रणालीको अस्तित्वबारे नै शङ्का उत्पन्न भएको हुनसक्छ।

"पुटिन कुनामा पुगेका छन्," मस्कोस्थित रक्षाविज्ञ पाभेल फेल्गेन्हर भन्छन्।

"उनीसँग धेरै विकल्प छैनन्। एक पटक पश्चिमा विश्वले रुसी केन्द्रीय ब्याङ्कको सम्पत्ति रोक्का गरेपछि र रुसको आर्थिक अवस्था झरेपछि उनको प्रणालीले काम गर्दैन।"

"एउटा विकल्प युरोप पछाडि हट्ने आशामा ग्यास निर्यात बन्द गर्ने हुन्छ। अर्को विकल्प ब्रिटेन र डेन्मार्कबीच रहेको समुद्रमा परमाणुअस्त्र पड्काउने र के हुन्छ हेर्ने हुन्छ।"

यदि पुटिनले परमाणुअस्त्र प्रयोग गर्ने विकल्प रोजे भने के उनलाई निकटस्थ कुनै व्यक्तिले रोक्न प्रयास गर्न सक्छ?

"रुसको राजनीतिक वृत्त कहिल्यै नागरिकसँग छैन," मुरातोभ भन्छन्। "उनीहरुले जहिल्यै शासकको पक्ष लिन्छन्।"

अनि पुटिनको रुसमा शासक सबैभन्दा शक्तिशाली छन्। यो देशमा जबाफदेही विरलै देखिन्छ। त्यहाँ क्रेम्लिनले जे भन्यो त्यही हुन्छ।

"कोही पुटिनविरुद्ध उभिन तयार छैन," फेल्गेन्हर भन्छन्। "हामी खतरनाक स्थानमा छौँ।" युक्रेन युद्ध पुटिनको युद्ध हो।

यदि उनी आफ्नो अभिलाषामा सफल भए भने स्वतन्त्र राज्यको रूपमा युक्रेनको भविष्य सङ्कटमा पर्छ। यदि उनी असफल हुँदै गए र ठूलो क्षति बेहोर्ने अवस्थामा पुगे भने क्रेम्लिनले हताश उपाय अपनाउने अवस्था बन्छ।

विशेषगरी जब 'सायद यस्तो गर्दैनन्' भन्ने मान्यता लागु हुँदैन।

शान्तिवार्ताबीच लडाइँ 

युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्।

किएभ

अर्कोतर्फ राजधानी किएभमा खतराको जनाउ दिने साइरन फेरि बजेका छन्। उत्तरी शहर चर्निभमा भीषण गोलाबारी भइरहेका विवरणमा आएका छन्।

रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ। तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। तीनवटै शहर युक्रेनको नियन्त्रणमा छन्।

युद्ध मैदानबाट परको कुरा गर्नुपर्दा आर्थिक र कूटनीतिक कदमहरूले निरन्तरता पाएका छन्। रुसले युक्रेनमा किन 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा प्रतिबन्धहरूका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसीहरूलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन्।

संयुक्त राष्ट्रसङ्घीय महासभाको एउटा विरल आपत्कालीन सत्रले तत्काल लडाइँ रोक्नुपर्ने महासचिवको माग सुनेको छ।

अनि वार्ता 

यसैबीच, युक्रेन बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको छ।

वार्ताले कुनै ठूलो नतिजा निकाल्ने खासै अपेक्षा गरिएको थिएन। तर, एक युक्रेनी अधिकारीले दुवै पक्ष आआफ्नो राजधानी फर्केर आवश्यक परामर्श गरी दोस्रो चरणको वार्ता गर्ने बताए।

रुसका अनुसार दुवै पक्ष वार्ता जारी राख्न सहमत भएका छन् र आगामी केही दिनभित्र फेरि वार्तामा बस्ने सहमति भएको छ।

रुसले अन्धाधुन्ध आवासीय क्षेत्रहरूमा गोलाबारी गरिरहेको आरोप लगाउँदै त्यो मानवता विरुद्धको अपराध हुनसक्ने मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ।

तर आवासीय क्षेत्रलाई निशाना बनाइरहेको कुरा रुसले अस्वीकार गर्दै आएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: