Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

सल्यान अस्पतालको बिजोग, फर्काइए बिरामी

खबरडबली संवाददाता

सल्यान । बेला गुणस्तरीय सेवा प्रदान गर्ने भनेर चर्चा कमाएको सल्यान अस्पताल आफैँ बिरामी परेर थला परेको छ । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नभएपछि बिरामी उपचार नहुने भन्दै अन्यत्र सिफारिस गर्न थालिएको छ ।

जिल्ला अस्पतालमा आठ चिकित्सकको दरबन्दीमा भए पनि एक जनामात्रै कार्यरत भएपछि अस्पतालमा आउने बिरामीलाई उपचार नगरी सिफारिस गर्न थालिएको हो । उपचार नहुने भएपछि बिरामी अस्पतालबाटै फर्कन बाध्य भएका छन् । प्रसूति हुने समयभन्दा एक हप्ता ढिलो भएपछि बागचौर नगरपालिका–१२ का सुशीलाकुमारी वलीलाई अस्पतालले अन्यत्र जान सल्लाह दिएको छ ।

सुत्केरी हुँदा शल्यक्रियासम्म गर्नुपर्ने अवस्था आउने र अस्पतालमा शल्यक्रिया सेवा प्रवाह गर्न नसकिने भएकाले उनहाँलाई समयमै आफ्नो व्यवस्था गर्न भनिएको अस्पतालले जनाएको छ । अस्पतालबाटै फर्काइदिएपछि वली समस्यामा परेका छन्। 

“घरबाट आउँदा सल्यान अस्पतालमा उपचार खर्च लाग्दैन भनेर थोरै पैसा लिएर आयौँ, अब यहाँ नहुने भएपछि कहाँ जाने फेरि समय पनि नाघेको छ”, सुशीलाले भनिन्। 

अस्पतालमा कार्यरत एक चिकित्सकको सरुवा भएको, दुई अध्ययन बिदाका लागि गएको तथा एक जना तालिममा गएपछि अस्पतालका सबै सेवा प्राभावित भएको अस्पतालले जनाएको छ । 

चिकित्सक नै नभएपछि अस्पतालले बिरामी भर्ना लिनसमेत छाडेको छ भने आकस्मिक कक्ष तथा वार्डमा बिरामी भर्ना नगरिएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख श्लोचना महर्जनले जानकारी दिए। 

अस्पतालको अवस्थाका बारेमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी गराइसकिएको भए पनि कुनै प्रतिक्रिया नआएको महर्जनले जानकारी दिए। “जनशक्तिकै कारण अहिले अस्पतालमा बिरामी भर्ना लिन सक्ने अवस्था छैन, एक जना चिकित्सकले कति ठाउँमा भ्याउनुहुन्छ, गएकाहरूको पनि आउने टुङ्गो नभएपछि झन् समस्या भएको छ”, महर्जनले भने। 

केही समय अगाडिसम्म अस्पतालमा शल्यक्रियासमेत हुँदै आएको तर अस्पतालमा चिकित्सक नै नभएपछि अस्पतालमा सेवा प्रभावित भएको छ । यसैबीच अस्पतालमा प्रसूति हुन आएकी १९ वर्षीय महिला र शिशुको समेत अस्पतालमा मृत्यु भएको छ । बेहोस भएर आएकी महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख महर्जनले जानकारी दिए। 

अस्पतालमा बिरामीको ओपिडी तथा वार्डमा एउटै चिकित्सकले धान्न नसक्ने भएकाले नयाँ भर्ना लिन नसकेको सल्यान अस्पताल सल्यानका डा अभिषेक सिंहले बताए।

“एउटा चिकित्सकले सबै ठाउँमा हेर्नसक्ने सम्भावना छैन, शल्यक्रिया गर्न कम्तीमा चार जना चिकित्सक चाहिन्छ, म एक्लैले के गर्नु त्यही भएर तत्काल यहाँ भर्ना गरेर उपचार गर्न सम्भव छैन, त्यसैले बिरामीलाई अन्यत्र सिफारिस गर्दैै आएका छौँ”, डा सिंहले भने। 

जनशक्तिको अभावकै कारण एकैदिन अस्पतालमा प्रसूति सेवा लिन आएका ५२ महिलालाई एकै दिन अन्यत्र सिफारिस गरेको छ ।

अस्पतालमा आएका बिरामी चिकित्सक नभएपछि अस्पताल परिसरमा घुमिरहेका थिए । स्वास्थ्य परीक्षणका लागि आएका सेवाग्राही चिकित्सक नभएपछि फर्किन बाध्य भएका छन् । अस्पतालमा बिरामी सिफारिस गर्न थालेपछि कर्मचारी पनि फुर्सदिला भएर घाम तापेर बसेको भेटिए । बिरामी नै नआएपछि अस्पताल परिसरसमेत सुनसान देखिन थालेको छ ।

अस्पतालमा हालसम्म दरबन्दीअनुसारका चिकित्सक नभएका कारण सेवा प्राभिवत भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सिपी ओलीले जानकारी दिए। “अस्पताल राम्रो र गुणस्तरीय बनाउनका लागि प्रयास गरिरहेका छौँ, तर सबै कुरा हाम्रो हातमा छैन”, अध्यक्ष ओलीले भने। 

राम्रो गर्न खोजेर पनि आफ्नो हातमा सबै नभएपछि केही गर्न नसकिएको उनको भनाइ छ । “हामीले अस्पतालमा अस्पतालको स्रोतबाट भर्ना गरिएका कर्मचारीहरूका सन्दर्भमा बाहेक अरु केही अधिकार छैन, अनि हामीले के गर्न सक्छौँ”, अध्यक्ष ओलीले भने । आफूले अस्पतालको सेवा सुधारका लागि प्रयास गरेको भए पनि एक्लै चाहेर पनि केही नहुने उनको भनाइ थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सल्यानले कार्यालय अनुगमनका क्रममा सबैभन्दा बढी सल्यान अस्पताला कार्यरत कर्मचारी अनुपस्थित भएको भेटिएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार अस्पतालमा ३६ कर्मचारी अनुपस्थित भएको भेटिएको र उनीहरूलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यावसायिक गाईपालनबाट आयआर्जन गर्दै वडाध्यक्ष तामाङ

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ जनताको सेवासँगै व्यावसायिक गाईपालनमा व्यस्त छन् । उनी जनप्रतिनिधिको जिम्मेवारीका...

बजारमा कृतिम अभाव- फागुनमा पछिल्लो ३ महिनाकै उच्च ग्यास आयात

काठमाडौं । फागुन महिनामा विगत तीन महिनायता कै सबैभन्दा धेरै एलपी ग्यास आयात भए पनि उपभोक्ताले बजारमा अभावको सामना गर्नुपरेको छ। बढ्दो माग र आपूर्ति अस...

होर्मुज स्ट्रेट खोल्न इरानलाई ४८ घण्टे अल्टिमेटम दिएका ट्रम्पको बेलायतका प्रधानमन्त्रीलाई फोन

काठमाडौं । डोनाल्ड ट्रम्पले ऊर्जा ढुवानीका लागि अत्यन्तै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। यसैबीच ...

के गर्दै छन् बालेन ?

काठमाडौं । पार्टीका नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरिएको परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रममा समेत अनुपस्थित भएपछि व्यापक रूपमा खोजी गरिएका राष्...

राष्ट्रपतिले किन ‘होल्ड’ गरे अर्यालको नाम ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा सिफारिस गृहमन्त्री ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलले एक सातादेखि ‘होल्ड’ मा राखेका छन् । प्रधानमन्त्...

७ अर्ब करछली मुद्दामा वर्ल्डलिंकलाई उन्मुक्ति दिने महान्यायाधिवक्ता भण्डारीको निर्णय

काठमाडौं । जिम्मेवारीबाट बिदा हुन एक साता पनि बाँकी नरहँदा चुनावी सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले सात अर्बभन्दा बढी करछलीसम्बन्धी मुद्दा नचला...

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय नेपालीहरुका लागि अब त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउट...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाखभन्दा बढीको कारोबार

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएक...

सुदूरपश्चिममा वन व्यवस्थापनको नीतिगत अन्योल : करोडौँको काठ जङ्गलमै कुहिँदै

कैलाली । विसं २०७७ सालमा 'वैज्ञानिक वन व्यवस्थापन' कार्यविधि खारेज भएपछि सुदूरपश्चिमका सयौँ सामुदायिक र साझेदारी वनहरू नीतिगत अन्योलको भुमरीमा...

सूर्यविनायक-धुलिखेल सडक विस्तारः तीन वर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: