Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

मातृभाषा लोप भए नेपालको मौलिक पहिचान मेटिन्छ: उपराष्ट्रपति पुन

खबरडबली संवाददाता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विविध सांस्कृतिक पहिचानका रूपमा रहेका विभिन्न जातजातिका मातृभाषा लोप भए नेपालको मौलिक सांस्कृतिक पहिचान मेटिने भएकाले संरक्षणमा जोड दिएका छन्।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको मातृभाषा राष्ट्रि«य कविता महोत्सव २०७८ उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उनले भावी सन्ततिका लागि भाषा र संस्कृति संरक्षण एवं संवद्र्धन गर्नुपर्ने बताए । 

“विद्यालय तहमा मातृभाषामा पठनपाठन गराउन स्थानीय सरकारले काम गर्नुपर्छ, नेपालमा बोलिने मातृभाषामध्ये झन्डै ४० प्रतिशत लोपोन्मुख अवस्थामा पुग्नु दु:खदायी हो, एक दशकअघि मातृभाषामा संवाद गर्ने गरेकामा अहिले अङ्ग्रेजी प्राथमिकतामा पर्दा लोप हुन लागेको छ, अङ्ग्रेजीमै शिक्षा र ज्ञान राम्रो हुन्छ भन्ने भानले पनि मातृभाषा संरक्षणमा अप्ठ्यारो भएको छ”, उपराष्ट्रपति पुनले भने । 
 
प्रतिष्ठानले कविता महोत्सव गरेजस्तै मातृभाषामा साहित्यका अन्य विधामा पनि गतिविधि अघि बढाउन उनले सुझाव दिए । मातृभाषालाई स्थानीय सरकारका कामकाजका भाषाका रुपमा पनि स्थापित गर्नुपर्ने भाषा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ नगर्न नहुनेमा उपराष्ट्रपति पुनको जोड थियो ।  समेत प्रस्तुत गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...

अर्घाखाँचीमा जंगली च्याउ खाँदा महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...

संसदमा हप्तामा दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न सांसदको माग

काठमाडौँ। सत्तारुढ राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...

कार्यक्रमहरूमा हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न उर्दी

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...

किसानलाई समयमा मल उपलब्ध गराउन रास्वपा सांसद सिंहको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

गोकर्णेश्वरका तीन वडामा बर्डफ्लु संक्रमण पुष्टि, नियन्त्रणका लागि विशेष अभियान

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...

चार दिनदेखि हराएकी महिलाको शव फेला

उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...

कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending