Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

मिडिया एलाइन्समा आबद्ध पत्रकारलाई औषधिमा छुट

खबरडबली संवाददाता

काठमाडौं । मिडिया एलाइन्समा आबद्ध पत्रकार, कर्मचारी तथा परिवारका सदस्यलाई औषधि खरिदमा छुट दिइने भएको छ । हाम्रो फर्मा फार्मेसी प्याथल्याबको सेवा लिने प्रयोजनले मिडिया एलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र हाम्रो फर्मा फार्मेसीका तर्फबाट साधना हेल्थ प्रालिका अध्यक्ष दिरेकलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतानुसार हाम्रो फर्माले मिडिया एलायन्सका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ र भारतीय औषधिमा १२ प्रतिशत छुट दिनेछ ।  

काठमाडौँ उपत्यकाभित्र हाम्रो फर्माले बिहान १० बजेसम्म औषधिको अर्डर पायो भने सोही दिन घरसम्म आपूर्ति गरिदिनेछ । हाम्रो फर्माले मासिकरूपमा डिजिटल माध्यमबाट नियमित औषधि सेवन गर्ने ग्राहकलाई ‘औषधि सकिन लाग्यो कि’ भन्ने व्यहोराको ‘रिमाइन्डर नोटिस’ पनि पठाउनेछ । यसले निमोनिया र फ्लु खोपका लागि विशेष छुट दिने सहमति जनाएको छ भने घरमै प्रयोगशाला परीक्षणको सेवा पनि उपलब्ध गराउने भएको छ । 

यसका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि छ । यसले सेवाग्राहीको घरमै गएर मधुमेहको फास्टिङ टेस्ट गर्ने र पीपी टेस्टका लागि सेवाग्राहीको कार्यालमै पुगेर परीक्षण गर्ने सहमति पनि भएको छ । यसबाट परीक्षणको रिपोर्ट सेवाग्राहीको चाहनानुसार इमेल, ह्वाट्सएप वा भाइबरबाट पठाउने प्रतिबद्धता जनाएको छ ।

मिडिया एलायन्स नेपालका सदस्यले ९८०१००९९७९ मा फोन गरेर, ह्वाट्सएप, भाइबर, मेसेन्जर वा वेबसाइट www.hamropharma.com मा भिजिट गरेर औषधि वा सेवाका लागि अर्डर दिन सक्ने जनाइएको छ । तर माथि भनिएका छुटका प्रावधानहरु पहिला नै छुटसहित घोषणा गरिएका विशेष प्याकेजमा भने लागू नहुने व्यवस्था छ ।

सम्झौताका हस्ताक्षरकर्ता राजकर्णिकार र श्रेष्ठले कोरोना महामारीका बेला घर–घरमै औषधि आपूर्ति गर्ने हाम्रो फर्माको व्यवस्थाले सेवाग्राही र बिरामीले जोखिम मोलेर बजारसम्म निस्कनु पर्ने बाध्यताको अन्त्य भएको बताएका छन्।

नेपालका मूलधारका सञ्चारमाध्यमको छाता सङ्गठन मिडिया एलायन्समा  सदस्य मिडिया संस्था र त्यसभित्र कार्यरत स्टाफका परिवारका सदस्य गरी करिब २० हजार लाभान्वित हुने मिडिया एलाइन्सले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

गोकर्णेश्वरका तीन वडामा बर्डफ्लु संक्रमण पुष्टि, नियन्त्रणका लागि विशेष अभियान

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...

चार दिनदेखि हराएकी महिलाको शव फेला

उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...

कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...

भेरी अस्पताल ‘हाइ अलर्ट’मा, हिटस्ट्रोक जोखिम बढ्यो

नेपालगन्ज। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हा...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती। बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ ।  प्रदेशसभाको आज साँझ ५:०० ब...

एक करोड जरिवाना तोकिएका फरार व्यक्ति पक्राउ

खजुरा। इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेले अदालतबाट एक करोड रुपियाँभन्दा बढी जरिवाना तोकिएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न मु...

जनकपुरधाममा सुत्केरी मृत्यु प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन हुने

जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत सुत्केरी महिलाको मृत्युपछि आइतबार उच्चस्तरीय छानबिन ...

धानको समर्थन मूल्य तोकियो, यस्तो छ मन्त्रिपरिषद्को बैठकका चारवटा महत्त्वपूर्ण निर्णय

काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending