Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

म्याग्दीका किसान व्यावसायिक खेतीतर्फ आकर्षित

खबरडबली संवाददाता

गलेश्वर । लाहुर जाने र पैसा कमाउने परम्परागत सोंचलाई परिवर्तन गरी अब म्याग्देली युवा गाउँ फर्केर उद्यम गर्ने कार्यमा जुट्न थालेका छन् । विदेश गएर फर्केका युवा फलफूल र पशुपालनमा लागेपछि यहाँको ग्रामीण जीवनशैलीमा समेत परिवर्तन आउन थालेपछि विदेशमा रहेका युवासमेत धमाधम गाउँ फर्केर उद्यममूलक कार्य गरिरहेका छन् । तीमध्ये धेरै युवाको रोजाइमा व्यावसायिक कृषि तथा पशुपालन परेको छ ।

जिल्लाका छवटै स्थानीय तहमा फलफूलखेती र पशुपालनतर्फ युवाको आकर्षण बढ्दै गएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । बानियाँका अनुसार अहिले विदेशबाट फर्केर कृषिमा लागेका युवाको सङ्ख्या जिल्लामा उल्लेख्य रहेको छ । उनीहरु पशुपालन, तरकारी र फलफूलखेती, साना तथा घरेलु उद्योग तथा अन्य व्यापार तथा व्यवसायमा लागेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेर अनुदान र सहयोग गर्न थालेपछि यस क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको हो । एक दशक लामो कोरियाको बसाईंलाई बिट मारेर स्वदेश फर्केका बेनी नगरपालिकाका कृष्ण खत्री, मलेशियाबाट १३ वर्षपछि गाउँ फर्किएका एकन थापा, भारतको मुम्बईमा पाँचतारे होटलमा १६ वर्ष काम गरेर गाउँ फिरेका गणेश घिमिरेलगायत जिल्लाका २०० भन्दाबढी युवाले व्यावसायिकरुपमा गरेको कृषि तथा पशुपालन अहिले जिल्लामा उदाहरणीय बन्दै गएको छ । उनीहरुले आफूले विदेशमा देखेको र सिकेको सीपलाई आफ्नै गाउँको पाखापखेरा र खेतबारीमा प्रयोग गरिरहेका बेनी नगरपालिका–२ का अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए ।

विदेशबाट फर्केका युवाले कुखुरापालन, बाख्रापालन, फलफूलखेती, तरकारीखेती र पर्यटनका क्षेत्रमा रहर लाग्दो प्रगति गरिरहेका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

व्यावसायिक कृषिका अलवा यहाँका युवा जडीबुटीखेती र होटलका क्षेत्रमा पनि आकर्षित भएका छन् । जिल्लाको अन्नपूर्ण, मालिका र धवलागिरि क्षेत्रका युवा जडीबुटीखेतीतर्फ पनि आकर्षित भएका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

विगत पाँच वर्षको अन्तरालमा म्याग्दीमा फलफूल र पशुपालन व्यवसायले निकै फड्को मारेकाले फलफूल, तरकारी, दुग्धजन्य र मासुजन्य चीजबाट जिल्लामा वार्षिक करोडौँ रुपैयाँ आम्दानी हुन थालेको सरोकारवालाको भनाइ छ । अहिले जिल्लाका २०० भन्दाबढी युवा व्यावसायिक कृषि तथा पशुपालनमा लागेको स्थानीय तहको तथ्याङ्क छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending