गलकोट । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो वर्ष बागलुङका ११९ विद्यालय छनोटमा परेका छन् ।
सो कार्यक्रमअन्तर्गग यो वर्ष मुलुकका चार हजार १५७ विद्यालय छनोटमा परेका हुन् । तीमध्ये बागलुङका ११९ विद्यालय छन् । छनोटमा परेका बागलुङका ती विद्यालयका लागि रु २४ करोड सात लाख ५० हजार बजेट स्वीकृत भएको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुस्मराज उपाध्यायले जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार उक्त कार्यक्रमका लागि विद्यालय छनोट गरिएको थियो । छनोटमा परेका बागलुङका १० पालिकाअन्तर्गतका ११९ विद्यालयमध्ये गलकोट नगरपालिकाका १२, बागलुङ नगरपालिकाका १५, काठेखोला गाउँपालिकाका आठ, जैमिनी नगरपालिकाका १४, बरेङ गाउँपालिकाका ६, ढोरपाटन नगरपालिकाका १६, निसीखोला गाउँपालिकाका १४, ताराखोला गाउँपालिकाका नौ, तमानखोला गाउँपालिकाका आठ र बडिगाड गाउँपालिकाका १७ विद्यालय रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
बागलुङका ११९ विद्यालयमध्ये ३८ विद्यालयमा चारकोठे विद्यालय भवन निर्माणका लागि रु ३६ लाखका दरले रु १३ करोड ६८ लाख, ४४ विद्यालयमा दुईकोठे भवन निर्माणका लागि रु १८ लाखका दरले रु सात करोड ९२ लाख, ३५ विद्यालयमा आइसिटी कार्यक्रमका लागि रु ६ लाख ५० हजारका दरले रु दुई करोड २७ लाख ५० हजार र ल्याबका लागि दुई विद्यालय त्रिभुवन मावि बडिगाड गाउँपालिका र गलकोट मावि गलकोटका लागि रु १० लाखका दरले रु २० लाख बजेट स्वीकृत भएको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
शिक्षा मन्त्रालयका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत मुलुकभर छनोटमा परेका विद्यालयमध्ये ९७६ वटामा चारकोठे भवन, ९६६ मा दुईकोठे भवन निर्माण गरिनेछ । यस्तै, दुई हजार १०६ विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन, ८८ मा प्राविधिक ल्याब र २१ नयाँ प्राविधिक शिक्षालय निर्माण गरिनेछ । चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि प्रतिविद्यालय रु ६ लाख ५० हजारका दरले रकम उपलब्ध गराइनेछ ।
नयाँ प्राविधिक शिक्षालयका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान स्वरुप २१ विद्यालयलाई कुल रु ७० करोड ५९ लाख ६ हजार, प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरन्नोतिका लागि ८८ विद्यालयलाई रु ८८ करोड रकम छुट्याइएको छ । यसका साथै, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुटेका १४ विद्यालयका लागि रु ३३ करोड ६० लाख रकम उपलब्ध गराइने शिक्षा मन्त्री देवेन्द्र पौडेलका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।
राष्ट्रपति शैक्षिक सुधारका लागि रु सात अर्ब ८५ करोड ५१ लाख बजेट छुट्याइएको छ । सो कार्यक्रममा सहभागी हुन देशभरका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए । तीमध्ये सात हजार ९८६ विद्यालयले भवन निर्माण, चार हजार २३५ विद्यालयले आइसिटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए । गत वर्ष जस्तै यस वर्ष पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयन गरिनेछ ।
भवन डिजाइन र बजेट सङ्घीय सरकारले दिने भए पनि बजेट कार्यान्वयन र अनुगमन भने स्थानीय तहले गर्ने शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख उपाध्यायले जानकारी दिए । बागलुङ जिल्लामा जम्मा ५१४ विद्यालय छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: