म्याग्दी । गत भदौ महिनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालन भएको छ ।
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित केन्द्रीय प्रसारण लाइनको विद्युत् र सडक यातायात नपुगेको लुलाङको दरखोलामा आएको बाढीले विद्युत्गृह, बाँध र नहर बगाएपछि ४३ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो ।
गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको रु २२ लाख सहयोगमा परियोजना मर्मत भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले जानकारी दिए । “गत पुस महिनादेखि सुरु भएको लघुजलविद्युत् परियोजना मर्मत गरेर आइतबार परीक्षण विद्युत् उत्पादन सफल भयो”, उनले, “केही दिनमै नियमित विद्युत् आपूर्ति हुन्छ ।”
परियोजना मर्मतका लागि प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा पूर्वाधार विकास कार्यक्रमको रु १२ लाख र धौलागिरि गाउँपालिकाले रु दश लाख विनियोजन गरेको वडाध्यक्ष गमप्रसाद विकले बताए ।
परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका उपकरण परिवर्तन भएको छ । मुहानमा २५ मिटर कुलो निर्माण र मर्मत गरिएको छ । विद्युत्गृहको नयाँ भवन निर्माण भएको छ । नहर र विद्युत्गृहको उचाइसँगै उत्पादन क्षमता घटेर ३५ किलोवाटमा झरेको छ ।
खोलाको किनारदेखि केही माथि सुरक्षित ठाउँमा विद्युत्गृह निर्माण भएको कारण परियोजनाको उत्पादनसमेत घटेर ३५ किलोवाटमा सीमित भएको समितिले जनाएको छ । सो परियोजनाबाट उत्पादित विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् ।
परियोजना बन्द हुँदा घरायसी काम, विद्यार्थीको पठनपाठन, मोबाइल चार्ज, रेडियो सुन्न र टेलिभिजन हेर्न समस्या भएको थियो । परियोजना सञ्चालन भएपछि कुटानीपिसानी गर्ने मिल, फर्निचर उद्योग र मासु पसललगायतका घरेलु उद्योगलाई सहज भएको स्थानीय भक्त सिंकीजाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष थमसरा पुनले परीक्षण उत्पादन सफल भएको र स्थानीय उपभोक्ताको बैठक बसेर नियमितरुपमा विद्युत् सेवा सञ्चालन गरिने बताए । “दुर्गम बस्ती विद्युत् सुविधाबाट वञ्चित हुँदा सास्ती भएको थियो”, उनले भन“विद्युत्को समस्यालाई गम्भीरताका साथ लिएर समाधानमा जुटेपछि स्थानीयवासीलाई अँध्यारोमै बसिरहनुपर्ने बाध्यता हटेको छ ।”
बाढीले बगाएर क्षतिग्रस्त बनेको परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका मेसिन उपकरण नयाँ फेरिएको छ भने मुहानमा २५ मिटर कुलो निर्माण र मर्मतको काम गरिएको छ । त्यसैगरी विद्युत्गृह भवन नयाँ निर्माण गरिएको छ ।
विसं २०७६ मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८५ लाख ९७ हजार, गाउँपालिकाको रु ५० लाख, रु ३३ लाख बराबरको श्रमदान र रु पाँच लाख तीन हजार चन्दा सहयोगमा परियोजना निर्माण भएको थियो । जुगेपानीको पहिरोले नहर र विद्युत्गृहमा क्षति पुगेपछि परियोजना स्थानान्तरण गरिएको वडाध्यक्ष विकले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: