Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

झापामा तोरीखेतीको आशलाग्दो विस्तार

खबरडबली संवाददाता

झापा । तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लाका १५ पालिकामै तोरीखेती विस्तार भएको केन्द्रले जानकारी दिएको छ । यसमा हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, दमक र गौरादहका किसान तोरीखेतीप्रति बढी आकर्षित भएका छन् । 

हावापानीका दृष्टिले तोरीखेतीका लागि झापालाई उर्वरभूमि मानिन्छ । जिल्लामा चार वर्षअघिसम्म चार हजार हेक्टर क्षेत्रमा मात्र किसानले तोरीखेती गर्दै आएका थिए । तर पछिल्लो समय स्वस्थ र शुद्ध खानेतेलका लागि तोरीको प्रयोग बढेसँगै व्यावसायिकरूपमा तोरीखेती फस्टाएको हो । मेचीनगर–१४ का गोपाल तिसिम्नाले दुई वर्षदेखि आफ्नै चार बिघा जमिनमा व्यावसायिकरूपमा तोरीखेती गर्न थालेका छन् ।  त्यसअघि उनी पनि बजारबाट तेल किनेर भान्सामा प्रयोग गर्थे । अहिले आफैँले खेती गर्न थालेपछि शुद्ध तेल खान पाएको र मनग्य आम्दानीसमेत हुन थालेको उनले बताए ।

गत वर्ष तीन बिघामा तोरीखेती गरेका  उनले यस वर्ष चार बिघा जमिनमा खेती विस्तार गरेका छन्  । यसपालि १० क्विन्टल तोरी उत्पादन हुने उनको  अनुमान छ । उनले उत्पादन गरेको तोरीप्रति क्विन्टल रु १२ हजार ५०० का दरले बिक्री हुने गरेको बताए । कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा छ हजार हेक्टर क्षेत्रमा तोरीखेती हुँदै आएको बताए । उनले  विगत चार वर्षदेखि जिल्लामा तोरीखेतीमा किसानको आकर्षण बढ्न थालेको बताए ।

“थोरै लगानीमा धेरै आम्दानी हुन्छ”, उनले भने, “तोरी छरेपछि फुल्नु अघि एकपटक साग छाट्नुपर्छ, अरु केही नै गर्नुपर्दैन । थोरै लगानी, कम परिश्रम हुँदा किसान तोरीखेतीप्रति आकर्षित हुन थालेका हुन् ।” उनले बजारको समेत समस्या नभएको बताए । उनका अनुसार जिल्लामा पछिल्लो समय सहकारी संस्थाहरूले समेत तोरीखेती व्यावसायिकरूपमा गर्न थालेका छन् । उनीहरुलाई प्रोत्साहन गर्नका लागि कृषि ज्ञान केन्द्र झापाले तोरी ब्लक क्षेत्र नै घोषणा गरेको जनाएको छ । 

हल्दिबारी गाउँपालिकामा रहेको सहकारीलाई दुई वर्षसम्म रु २५ लाखको दरले अनुदानसमेत प्रदान गरेको केन्द्रले जनाएको छ । आव २०७५/७६ मा चार हजार हेक्टरमा हुँदै आएको तोरीखेती विस्तार भएर आव २०७६/७७ मा पाँच हजार हेक्टर पुगेको थियो । आव २०७७/७८ मा झन् बढेर पाँच हजार ३० हेक्टर र हाल छ हजार हेक्टरमा तोरीखेती भइरहेको कृषि अर्थविज्ञ भट्टराईको भनाइ छ । उनले तोरीमा झापालाई आत्मनिर्भर बनाउन सरकारले थप प्रोत्साहनका कार्यक्रम ल्याएर किसानलाई आकर्षित गर्न अझै आवश्यक रहेको बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending