बनेपा । सिन्धुपाल्चोकका जुगल गाउँपालिका–२ गोल्चेका रामहरि सिलवालले आफ्ना बुवाआमालाई पनौती त्रिवेणीघाटस्थित बाह्रवर्षे मकर मेलामा स्नान गराए । बाह्र वर्षमा एकपटक लाग्ने मेलामा स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने जनविश्वास रहेकाले स्नान गर्न ल्याएको उनले बताए ।
सोही ठाउँका अर्का मानबहादुर सिलवालले धर्म गरेर केही मिल्छ कि भन्ने मनोकाङ्क्षासाथ मकर स्नान गर्न आएको बताए। “ दहमा डुबुल्की मारेर गरेको स्नानले पक्कै पनि केही मिल्नेछ”, उनले भने । कोरोना सङ्क्रमणको जोखिम भए पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरूपमा पालना गरेरै स्नान गर्न आएको उनको भनाइ छ । उनीहरुसँगै सोही ठाउँका अन्य १२ जनाले मकर स्नान गरेर फर्केका छन् ।
माघ १५ यतादेखि धार्मिक आस्थाको केन्द्र पनौती त्रिवेणीघाटस्थित बाह्र वर्षमा लाग्ने ऐतिहासिक बाह्रवर्षे मकर मेलामा स्नान गर्नेको घुइँचो बढ्न थालेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ र ७ को सङ्गमस्थल पनौती त्रिवेणीघाट क्षेत्रमा सञ्चालन भइरहेको मकर स्नानको समय तीन दिनमात्रै बाँकी रहँदा मकर स्नान गर्न आउने दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । सो क्षेत्रमा बाह्रवर्षे मकर स्नान अवधिभर दिवङ्गत आत्माको सम्झनामा श्राद्ध गर्नले आत्मा शान्ति मिल्ने जनविश्वासका साथ त्रिवेणी घाटको पूर्वपट्टि रहेको रोशीखोला किनारमा श्रद्धालुहरूको उत्तिकै भीड रहेको छ । करिब एक हप्तादेखि बढ्दै गएको घुइँचोका कारण पनौतीस्थित त्रिवेणीघाट क्षेत्र र गोरखनाथडाँडामा मानिसको चहलपहल निकै बढेको छ । कोरोना जोखिमका कारण सुरु सुरुमा न्यून सहभागिता रहेको मकर स्नानमा माघ १५ यता दैनिक हजारौँ भक्तजन पनौती आउने गरेका मकर मेला मूल आयोजक समितिले जनाएको छ ।
पनौती नगरपालिका–७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले पछिल्लो समयमा भक्तजनको सहभागितामा उल्लेख्य वृद्धि हुँदै गएको बताउनुभयो । कोरोना सङ्क्रमणदर घट्दै गएको कारण पनि भक्तजनको सहभागितामा वृद्धि हुँदै गएको बताउँदै उहाँले स्नानका लागि आवश्यक व्यवस्थापनमा आयोजकले देखाएको सक्रियताका कारण पनि दर्शनार्थीले सहज महसुस गरेर स्नान गर्न पाएको बताए। “केही दिन अगाडि पानी परेर खोलामा बाढी आएको कारण स्नान कुण्ड धमिलो भएर समस्या देखिए पनि त्यसलाई अहिले पूर्णरूपमा सफा गरेर स्नान गर्न सहज बनाइसकेका छौँ ।” उनले भने, “बाह्र वर्षमा लाग्ने मकर मेलाको स्नान गर्ने समय केही मात्रै बाँकी रहेकाले त्रिवेणीघाटमा आएर स्नान गरी पुण्य कमाउन हामी सम्पूर्ण भक्तजनमा आग्रह गर्दछौँ ।”
त्यस्तै वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले सुरुको दिनमा भन्दा १५ गतेयता दर्शनार्थीको सहभागिता अत्यधिक बढेसँगै स्वयंसेवक, प्रहरीको मात्रा बढाएको र सकेसम्म स्वास्थ्य मापदण्ड पालना गरी स्नानको व्यवस्था मिलाइएको बताए।
मेलामा भक्तजनको चाप बढ्दै गएपछि सुरक्षा सतर्कता पनि बढाइएको छ । नेपाल प्रहरी सशस्त्र, नगरपालिकाले स्वयंसेवकहरु पनि ठूलो मात्रामा खटाइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाका अनुसार मेला भर्न आउने भक्तजनलाई स्वास्थ्य मापदण्ड पालना गरी स्नान गर्न र सहभागी दर्शनार्थीहरुलाई आफ्नो सामानको सुरक्षामा ध्यान दिन माइकिङलगायतका काम गरिरहेको बताए ।
आयोजकका अनुसार बिदाको दिनमा एक लाख बढी भक्तजन आउने गरेका छन् । मेलाका लागि पनौती जानेको सङ¬्ख्यामा वृद्धि भएसँगै सो बनेपा–पनौती सडकखण्डमा सवारीसाधनको चाप बढ्दै गएको छ । मेला आगामी माघ २९ गतेसम्म चल्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १३:४६
काठमाडौँ। काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । ...
बैशाख १८ गते, २०८३ - १३:४३
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित तथा सुकुमवासी बस्ती हटाउने सरकारी अभियान दोस्रो चरणमा प्रवेश गरेको छ। यसअन्तर्गत आज शंखमूल ...
बैशाख १८ गते, २०८३ - १३:२३
सल्यान। पूर्वी रुकुमबाट रोल्पाको जलजला जाँदै गरेको जिप दुर्घटनामा परी सल्यानकी एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा सल्यानको वनगाड...
बैशाख १८ गते, २०८३ - १३:१६
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गरेको छन्। आज १३७...
बैशाख १८ गते, २०८३ - १२:५९
काठमाडौँ। पूर्वअर्थमन्त्री रामेश्वर खनालले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउनुपर्ने बताएको छन् ।...
बैशाख १८ गते, २०८३ - १२:०८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक...
बैशाख १८ गते, २०८३ - ११:५४
काठमाडौं । सुकुमवासी बस्ती हटाउने क्रममा सरकारले बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा पनि भत्काएको छ। शुक्रबार बिहान बस्तीमाझ रहेको उक्त गुम्बामा डोजर चल...
बैशाख १८ गते, २०८३ - ११:४४
काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाउने अभियानलाई तीव्र बनाएको छ। वडा नम्बर १६ को बालाजु...
बैशाख १८ गते, २०८३ - ११:३२
काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था सुरु गरेको छ। भूमि व्यवस्था सहका...
बैशाख १८ गते, २०८३ - ११:१२
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्तिका अग्रदूत बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरे...


प्रतिकृया लेख्नुहोस्: