Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अस्पतालको समस्याप्रति दलको चासो

खबरडबली संवाददाता

विराटनगर । ‘हामीबाट सुरु भएको समस्या हामी जहाँ–जहाँ जन्छौँ त्यही जान्छ, पहिला हामी सुध्रिएपछि मात्र संस्था सुध्रिन्छ’ भन्नेमा राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन् ।

विराटनगरको कोसी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउँदै प्रदेश नं १ कै नमूना अस्पताल बनाउन मोरङका राजनीतिक दलका नेताले सो प्रतिबद्धता जनाएका हुन् । कोसी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समूह प्रदेश नं १ द्वारा मङ्गलबार आयोजित संवादमा अस्पतालको सेवा सुधारमा दलहरु लाग्ने प्रतिबद्धता आएको हो । 

विशेषज्ञ चिकित्सक नबस्ने, सूचना प्रणाली व्यवस्थित नहुँदा बिरामीलाई समस्या भएको र पहुँचवालाले मात्रै सेवा पाएको गुनासो आएपछि दलहरूसँग संवाद आयोजना गरिएको हो । संवादमा दलहरूले कोसी अस्पताललाई नमूना अस्पतालका रूपमा स्थापित गर्न एक हुने प्रतिबद्धता जनाएका हुन् । आगामी आर्थिक वर्षको बजेटमा अस्पताललाई प्राथमिकतामा राख्नका लागि  अस्पताल विकास समिति र अस्पताल प्रशासनको नेतृत्वमा सबै दलहरूले साझा पहल गर्ने, अस्पतालको क्षमता विस्तार गरी ५०० शय्याको बनाउन भएको ओएनएमस सर्भे पारित गराउन भूमिका खेल्ने सहभागीको भनाइ थियो । अस्पतालले ओएनएमएस सर्भे पठाइसकेकाले यो पारित भए अस्पतालमा देखिएको कर्मचारी र चिकित्सक समस्या समाधान हुने अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बताए ।

संवादमा अस्पतालको सही व्यवस्थापनका लागि दलहरुको तर्फबाट बेला–बेला अनुगमन र निरीक्षण गरी समस्या समाधानमा  सकारात्मक पहल गर्ने नेताहरुले बताएका छन् । प्रदेश नं १ का पूर्वसामाजिक विकासमन्त्री तथा प्रदेशसभा सदस्य जीवन घिमिरेले कोसी अस्पतालको बिग्रिएको शाख जोगाउनुपर्ने अहिलेको चुनौती रहेको बताए ।
 
नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले नागरिकलाई दिने सेवा प्रवाहका बारेमा सूचना प्रणाली व्यवस्थित नभएको र सूचना अभावका कारण सेवाग्राही अलमलमा पर्ने अस्पतालको अवस्था छ भने । नेकपा (एमाले) का सचिव रुपेश खतिवडाले अस्पतालको जनशक्तिलाई सही व्यवस्थापन गर्ने हो भने धेरै समस्या समाधान हुने धारणा राखे । 

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य महेश रेग्मीले  नागरिकप्रति जवाफदेही नहुने चिकित्सकलाई कारबाही गर्ने हो भने सबै समस्या हल हुन्छ भने । जसपाका नेता राजकुमार यादवले अस्पतालले बिनाविभेद बिरामीको उपचारमा ध्यान दिनुुपर्ने धारणा राखे । लोसपाका नेता मोहम्मद कादिरले ग्रामीण क्षेत्रबाट आउने  सर्वसाधारणलाई अस्पतालमा धेरै दु:ख हुने गरेको गुनासो बारम्बार सुनिने गरेको बताए । राप्रपाका नेता माधवराज आचार्य  र टङ्क गुरागाईँले अर्थावस्था कमजोर भएका व्यक्ति उपचारका लागि जाने गरेकाले यस्तो अवस्थामा नागरिकका गुनासा सुन्न हेल्प डेस्क राख्नुुपर्नेमा जोड दिए  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending