Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

सुर्खेतमा चार लाख बराबरको खाद्य वस्तु नष्ट

खबरडबली संवाददाता

सुुर्खेत । सुुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब रु चार लाख मूल्य बराबरको गुणस्तरहीन विभिन्न खाद्य वस्तु जफत गरी नष्ट गरेको जनाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले त्यस अवधिमा खाद्य उद्योग, होटेल, पसल, दाना उद्योगलगायतमा ३६८ पटक अनुगमन गरेको जनाएको हो । 

कार्यालयका प्रमुख भेषबहादुर थापाले नियमित बजार अनुगमन तथा  खाद्यवस्तुको गुणस्तरबारे सचेतना र गुणस्तर मापनको काम भइरहेको बताए। कोरोना महामारीका बेला हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाइएको उनको भनाइ थियो । “गुणस्तर मापनका लागि पछिल्लो समय दैनिक उपभोग्य वस्तुका नमूना परीक्षणसमेत बढाइएको छ,” प्रमख थापाले भने, “दैनिक उपभोग्य वस्तुमा कैफियत भेटिन थालेपछि अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने गरेका छौँ, १२ वटा मुद्दा अदालतमा पुगेकामा केहीको फैसलासमेत भइसकेका र केही प्रक्रियामै छन् ।”

कार्यालयले चालु आर्थिक वर्षको हालसम्म खाद्य उद्योगहरूमा १३ पटक अनुगमन, अन्य ४५ उद्योगमा निरीक्षण र  खाद्य पसल, सुुपरमार्केट, रेस्टुुरेन्ट तथा मिठाई पसलमा गरी २६८ पटक अनुगमन, दाना उद्योगमा दुुईपटक अनुुगमन गरिएको जनाएको छ । 

त्यस्तै होटेल व्यवसायीलाई होटेल स्तरीकरणसम्बन्धी  सचेतना अभिमुखीकरण दिनाका साथै होटेल, रेस्टुरेन्टहरूलाई स्तरीकरण गरी लोगो वितरण गरिएको थियो । होटेलहरूलाई अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा वर्गीकरण गरिएको छ । कार्यालय प्रमुख थापाका अनुसार सुर्खेतमा १३ वटा होटेलमात्र वर्गीकरणमा परेका छन् । 

कार्यालयले भुसाल इन्टरप्राइजेज छिन्चुमा लेबल नभएको ५० बोरा चामल बिक्रीमा रोक, खाद्य व्यापार कम्पनीको एक हजार ९७५ क्विन्टल चामल रोक्का, आरपी जनरल स्टोर्स  ५४ पेटी भेनिगर तथा १५० पेटी सोया ससमा रोक्का गरिएको र पटक–पटकको निर्देशन पालना नगर्ने दुई उद्योगको कारोबार रोक्का गरिएको  जनाएको छ । उक्त कार्यालयले  कर्णाली र सुर्खेतका साथै दैलेख, जाजरकोट, रूकुुम पश्चिम, डोल्पा र हुुम्लामा खाद्य गुणस्तरसम्बन्धी अनुुगमन गर्दै आएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने

काठमाडौं। रास्वपाले विदेशमा रहेका आफ्ना प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरेको छ। रास्वपाका अनुसार विदेशस्थित नेपाली सम्पर्क वि...

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending