त्रिशूली । नुवाकोट र रसुवाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप दिन लागिएको हो ।
खोप कार्यक्रमका लागि दुवै जिल्लाको पालिका तहमा खोप लगाउने प्राविधिक छनोट गरेर अभिमुखीकरणपश्चात् खोपसहितको आवश्यक सहायता सामग्री उपलब्ध गराइसकेको विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा सुलोचना श्रेष्ठले जानकारी दिए ।
नुवाकोटका लागि दुई लाख २० हजार डोज र रसुवाका लागि २९ हजार डोज खोपसहित प्राविधिकलाई कार्य क्षेत्र तोकेर पठाइएको छ । सप्ताहव्यापी अभियानलाई स्थानीय तहले आफ्नै कार्यक्रमका रुपमा सफल बनाउनका लागि सहयोग पु¥याउन अनुरोध गरिएको छ ।
पिपिआर भेडाबाख्रामा लाग्ने घातक सङ्क्रामक रोग हो । यसबाट सुरक्षित बनाउन निःशुल्क उपलब्ध गराइएको खोप कार्यक्रममा आफ्ना भेडाबाख्रालाई टोल तथा गाउँगाउँमा तोकिएको खोप केन्द्रसम्म लगेर लाभ लिन विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले आग्रह गरे।
भेडाबाख्रामा हैजाको रुपमा परिचित पिपिआर रोग नेपालका सबै जिल्ला र बस्तीसम्म फैलिसकेको छ । यसको न्यूनीकरण गर्न खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
“रोगबाट बचाउन सबैभन्दा बढी सुरक्षित खोप लगाउनुमा उत्तम छ”, पाण्डेले भने, “जन्मेदेखि तीन महिना पूरा नभएका पाठापाठी, गर्भाधानको समयको सुरुको एक महिना र अन्तिमको दुई महिना बाँकी रहेकाबाहेक सबै भेडाबाख्रालाई खोप लगाउन सकिने छ ।”
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सप्ताहव्यापी रुपमा प्रदेशभित्रको सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बागमती प्रदेशमा ९३ हजार ६३९ भेडा र २३ लाख ५१ हजार बाख्रा रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: