काठमाडौँ । अस्पतालका कर्मचारी नै स्वाब बिनै नक्कली पिसिआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेको फेला परेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडाँैको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नकली धन्दामा लागेको पाइएको हो ।
उनीहरुले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमूनाबिनै रिपोर्ट बनाइदिने गरेका पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।
विशेष सूचनाको आधारमा मङ्गलबार नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी परिचयपत्र धारी धनुषा घर भई ललितपुरको ग्वार्को बस्ने रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पिसिआर परीक्षण रिपोर्टसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । प्रहरीले भक्तपुरको कौशलटारबाट उक्त अस्पताल पुग्दा सर्लाही घर भई सोही ठाउँ बस्ने ल्याब म्यानेजर प्रसन्नकुमार झालाई पनि नियन्त्रणमा लिइएको छ ।
यस्तै काठमाडौँ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी धनुषा घर भई काठमाडौँको गौशाला बस्ने नागेन्द्रकुमार यादवलाई पनि १७ थान नक्कली पिसिआर रिपोर्टसहित नियन्त्रणमा लिइएको र उनको बयानका आधारमा सोही ल्याबका कर्मचारी काभ्रेपलाञ्चोक घर भई सूर्यविनायक बस्ने माधव मैनालीलाई समेत पक्राउ गरिएको छ ।
प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट नक्कली पिसिआर बनाउन प्रयोग भएका कम्प्युटरलगायतका उपकरण र पिसिआर टेस्ट दर्ता रजिष्टरसमेत नियन्त्रणमा लिएको छ । फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकको खोजतलास कार्य भइरहेको महाशाखाले जनाइएको छ ।
दुबै अस्पतालका ल्याब सिल गरी अनुसन्धान भइरहेको छ । प्रहरीको अनुसन्धानमा उनीहरुले रिपोर्ट नै नेगेटिभ बनाउने गरेको र ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ ।
पिसिआर पोजेटिभ देखिएका स्याम्पलको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने र पिसिआर रिपोर्टको मितिसमेत तलमाथि गर्ने गरेको खुल्न आएको छ ।
ती अस्पतालले बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाइ सामूहिक स्वाब सङ्कलन गर्न प्रयोग गर्ने गरेको तथ्यसमेत खुलेको महाशाखाले जनाएको छ । सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाले आफैले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको समेत पाइएको छ ।
बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिएबापत रु १० हजारसम्म असुल गर्नै गरेको फेला परेको छ । उनीहरुले क्यूआर कोडबाट स्क्यान गरेर हेर्न मिल्ने गरी नै नक्कली रिपोर्ट बनाउने गरेको फेला परेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: