NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

दलितमाथि यसरी गरियो निर्मम दमन (फोटोफिचर)

काठमाडौं । नयाँ संविधानमा दलितहरुको अधिकार समेटीनु पर्ने माग गर्दै एक घण्टे धर्ना दिन बिजुली बजार पुल पुगेका दलित अधिकारकर्मीहरुमाथि प्रहरीले निर्मम लाठी प्रहार गरेको छ । प्रहरीको लाठी चार्जमा एक जनाको खुट्टा भाँचिनुका साथै दर्जनौ दलित अधिकारकर्मी घाइते भएको दलित अधिकारकर्मी नेताहरुले बताएका छन् । संयुक्त दलित संघर्ष समितिको आयोजनामा बिजुली बजार पुल पुगेका उनीहरुमाथि प्रहरीले लाठी प्रहार गर्दा दलित नेता रणेन्द्र बराली, दलजित श्रपाली, मनबहादुर विक, गणेश विश्वकर्मा, कमला हिमचुली लगायतका नेताहरु घाइते भएका छन् । प्रहरीको लाठी चार्जबाट दिलीप हरिजन गम्भिर घाइते भएका छन, उनीको टाउकोमा चोट लागेकाले उनको सिभिल हस्पिटलमा उपचार भइरहेको छ । अन्य घाइतेहरुको समेत सिभिल हस्पीटलमा नै उपचार भइरहेको छ । दलित अधिकार सङ्घर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा बिजुलीबजारमा झडप भएको हो । जसमा कांग्रेस, एमाले र माओवादीका एक दर्जन सभाषद् पनि घाइते भए । सभासद्हरुमा मानबहादुर विश्वकर्मा, जितु गौतम, दलजित सुनार तथा दलित अधिकार सङ्घर्ष समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडी, अधिकारकर्मी कमला हेम्चुरी, सरु सुनार, गणेश विक, पद्म सुन्दासलगायत झडपमा परी घाइते भएका हुन् । गृहमन्त्रीलाई जवाफ दिन सभामुखको निर्देशन बिजुलीबजारमा  दलित सभाषद तथा अधिकारकर्मी भएको दमनका बारेमा जवाफ दिन सभामुख सूवास नेम्वाङले गृहमन्त्री वामदेब गौतमलाई निर्देशन दिएका छन् । सभासदहरुले धारणा राखिसकेपछि सभामुख सुवास नेम्वाङले बुधबारको बैठकको सुरुवातमै जवाफ दिन गृहमन्त्री बामदेव गौतमलाई निर्देशन दिए । उनले भने, ‘सिंगो व्यवस्थापिका संसदले चिन्ता र सरोकार व्यक्त गरेको छ । त्यसैले माननीय गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै भोलीको बैठकको सुरुवातमै कुरा राख्नका लागि र सभासदहरुले उठाउनु भएको सम्पूर्ण पक्षको जानकारी दिनका लागि निर्देश गर्दछु ।’ संविधानसभाको बैठकमा दलित अधिकारकर्मी तथा सभाषदमाथी गरिएको दमनका विरुद्धमा दलित सभाषदहरुले विषेश समय लिदैं विरोध गरेपछि नेम्वाङले यस्तो निर्दैशन दिएका हुन् । प्रहरीले गरेको निर्मम दमन फोटोफिचर हेर्नुहोस् dalit-aandolan                     Daljit-Shripaili                       lathi03                     lathi01                   dalit_daman (1)                                                 dalit_daman (3)                                                 dalit_daman (2)
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page